सहरबाट गाउँ फर्केर व्यावसायिक गाईपालन

उर्लाबारी / असार ३० गते । गाउँबाट सहर पसेपछि धेरै मानिसहरू पुनः गाउँ फर्कन चाहँदैनन् । सहरबाट गाउँ फर्कनुलाई हाम्रो समाजले त्यति राम्रो मान्दैन । तर मोरङको रतुवामाई –५ परेवाखोपीका लीलानाथ श्रेष्ठ सहरबाट गाउँ फर्केर कृषि तथा पशुपालन व्यवसाय बाट लाखौँ कमाइ गरिरहनु भएको छ ।

श्रेष्ठले २०७० देखि २०७५ सम्म पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको उर्लाबारी –७ स्कुलडाँडामा होटल सञ्चालन गर्नुभयो । नजिकै अस्पताल, मिडिया हाउस, सरकारी र निजी विद्यालय भएकाले उहाँलाई ग्राहकको समस्या थिएन ।

होटल गज्जब चलेको थियो । पत्नी र साना बच्चा भए पनि छोराछोरीका साथ सहयोग थियो उहाँलाई छ । पाँच वर्ष भाडामा बसेर होटल गर्दा लीलानाथको कमाइ नभएको होइन । तर कमाई खातामा मात्र भयो ।

हातमा नगद हुनै छोड्यो । आफूले साहुलाई तिर्नुपर्ने तर ग्राहकबाट आफूले प्राप्त गर्न समस्या । लगातार बाँकी बढेपछि श्रेष्ठ होटल बिक्री गरेर गाउँ फर्किनुभयो । २०७५ सालको मङ्सिरमा पाँचवटा गाई पालेर श्रेष्ठले व्यवसाय सुरु गर्नुभयो । सहरको ओभानो ठाउँमा बसेर आएको शरीरलाई ग्रामीण परिवेशमा बदल्न उहाँलाई केही समय लाग्यो ।

मनमा इच्छा र पाखुरामा बल भएपछि श्रेष्ठलाई कृषि तथा पशुपालनमा फर्किन कुनै टाउको दुखाइ भएन । ६ वर्षभयो उहाँले व्यवसाय सुरु गरेको । अहिले नगरकै नमुना गाई फर्म सञ्चालन गरेर मान र दाम बटुलिरहनु भएको छ । श्रेष्ठको खेमु गाई फर्ममा यतिबेला १८ गाई छन् । जसमध्ये १४ वटा लैना छन् ।

दैनिक एकसय ५० लिटर दुध बिक्री भइरहेको श्रेष्ठले बताउनुभयो । सहरबाट गाउँ आएर गाईपालन सुरु गर्दा छिमेकी र आफन्तले नेवार माइलो सकिने भयो भनेर खिसीटिउरी गरेको उहाँले स्मरण सुनाउनुभयो ।

हाल दैनिक एकसय ५० लिटर दुध सहकारीमा बिक्री भइरहेको उहाँले बताउनुभयो । सामान्यतया प्रतिलिटर ६० रुपियाँमा दुध बिक्री हुने गरेको उहाँको भनाइ छ । श्रेष्ठले भन्नुभयो, “मासिक सरदर दुई लाख हजार रुपियाँ आम्दानी हुन्छ । खर्च कटाउँदा ८० हजार रुपियाँ बचत भइरहेको छ ।”

लीलाले हालसम्मको सबै आम्दानी गाईपालन फर्म विस्तारमा खर्च गरिरहनुभएको छ । चार लाख रुपियाँमा सुरु गरेको फर्ममा हालसम्म ६० लाख लगानी भइसकेको उहाँको भनाइ छ । बैङ्कले सहुलियत दरमा कर्जा दिएपछि उहाँले व्यवसाय सुरु गरेको बताउनुभयो । सरकारले एक पटक घाँस खेतीका लागि ४० हजार र अर्को पटक गाई पालनका लागि दुई लाख ४० हजार अनुदान दिएको उहाँले स्मरण गर्नुभयो ।

श्रेष्ठले तीन बिघा खेतमा लगाएको परालले नपुगेर थप डेढ बिघा जग्गा ठेक्कामा लिएर घाँस लगाउनुभएको छ । उन्नत जातका ५० माउ गाई पुगाउने लक्ष्य राख्नुभएका श्रेष्ठले पशुको औषधी र प्राविधिकहरू गाउँ–गाउँमा उपलब्ध हुनुपर्ने बताउनुभयो ।

ठुला गाई फर्मलाई दक्ष पशु प्राविधिक आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, ‘सरकारले दाना र चोकरको मूल्य वृद्धिसँगै दुधको मूल्य पनि बढाउनुपर्छ । अन्यथा किसानहरू पेसाबाट विमुख हुनेछन् ।’

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter