प्रहरीका ८ सय २ युनिट शौचालयविहीन

काठमाडौँ, साउन ६ गते । नेपाल प्रहरीका ८ सय २ युनिट शौचालयविहीन अवस्थामा छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले देशभरका ८ सय २ युनिटमा शौचालय नभएको जानकारी दिए ।

२०८० साउनपछि २०८१ असार मसान्तसम्मका गरेका कार्य प्रगतिबारे जानकारी दिँदै डीआईजी कार्कीले शौचालय नभएका ठाउँमा ‘दुःख जिलो गरेर प्रहरी कर्मचारीहरू शान्ति सुरक्षामा खटिने गरेको’ बताए । देशभरका १ हजार ८५८ युनिटमा मात्र शौचालय रहेको उनले बताए ।

नेपाल प्रहरीमा ८३३ प्रहरी युनिटको मेस छैन । सरकारबाट स्वीकृत २ हजार ६६० स्थानमा अहिले प्रहरी युनिटहरूले शान्ति सुरक्षा र अपराध अनुसन्धानको काम गरिरहेका छन् । सुरक्षा कायम राख्न ९ सय २१ ठाउँमा अस्थायी प्रहरी पोस्ट माग भएको डीआईजी कार्कीले बताए । उनले भने– ‘माग अनुसार अस्थायी प्रहरी पोस्ट स्थापना गर्न २७ हजार जनशक्ति चाहिन्छ ।’

Related News

Comments are closed

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter