घाइते उपचारबाट वञ्चित हुँदैनन् : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ, असोज १७ गते। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा घाइते भएकालाई सरकारले निःशुल्क उपचार गरिरहेको बताउनुभएको छ।

बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपदमा घाइते भएका बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुग्नुभएका उहाँले सो कुरा बताउनुभएको हो।

उहाँले उपचार आवश्यक भएका सबै नागरिकलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराइरहेको बताउनुभयो।

मन्त्री पौडेलले सरकारी अस्पतालमा विपदमा घाइते भएका बिरामीको निःशुल्क उपचार जारी रहेको र विपदमा घाइते भई उपचार नपाएका नागरिकले सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताउनुभयो।

उहाँले कतिपय नागरिकलाई सरकारले निःशुल्क उपचार गराएको बारेमा जानकारी नहुने भन्दै सञ्चारमाध्यमले सूचना संप्रेषणा गरिदिन आग्रह गर्नुभयो।उहाँले विपदमा भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले निःशुल्क गर्ने बताउनुभयो। उहाँले घाइतेलाई उपचारबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाउनुभयो।

मन्त्री पौडेलले विपद् कुनै पनि बेला आउनसक्ने भन्दै जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभयो। प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने काम भइरहेको उहाँको भनाइ छ।

उहाँले तीन तहकै सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter