काठमाडौँ महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही सिफारिस
काठमाडौँ, पुस ५ गते। काठमाडौँ महानगरपालिकाले प्रमख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाहीका लागि सिफरिस गरेको छ।
महानगरले शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै काठमाडौँ टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि कारबारहीको सिफरिस गरेको जनाएको छ।
पत्रकार सम्मेलनमा महानगरका प्रवक्ता नवीन माननन्धरले महानगरको मापदण्डविपरित नक्शा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएकोले आवश्यक छानबिन गरि कारबाही गर्न सिफारिसस गरेको जानकारी दिनुभयो।
उहाँले अहिलेसम्म प्रसाशकीय अधिकृतलाई हटाउने कुनैपनि निर्णय नभएको पनि स्पष्ट पार्नुभयो।