उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा; गृह मन्त्रालयद्वारा छानबिन समिति गठन


काठमाडौँ, फागुन ४ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर अस्पतालमा पुगेर जलनबाट घाइते हुनुभएका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरपालिकाका नगर प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।

प्रधानमन्त्री ओलीसँगै उहाँहरुको स्वास्थ्य अवस्था बुझ्न प्रथम महिला राधिका शाक्यसमेत कीर्तिपुर अस्पताल पुग्नुभएको थियो।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले भन्नुभयो, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली र र प्रथम महिला राधिका शाक्यले कीर्तिपुर अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।’’

अहिलेलाई घाउको अवस्था सामान्य भए पनि सङ्क्रमको जोखिम रहेको भन्दै अस्पतालले विज्ञप्तिमार्फत भेटघाट बन्द गरिएको जानकारी गराएको हो।

शनिबार पोखरा पर्यटन महोत्सवको उद्घाटनको अवसरमा उडाउने क्रममा बेलुन पड्किँदा उहाँहरु दुवैजना घाइते हुनुभएको हो। उहाँहरुलाई पोखराबाट शनिबार नै उपचारका लागि कीर्तिपुर अस्पताल ल्याइएको हो।

यसैगरी, प्रधानमन्त्री ओलीले केही दिनअघि कमलपोखरीस्थित शानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भएर उपचाररतको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिनुभएको छ ।

बेलुन विस्फोट घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन गरेका छन् । आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन् । साथै समितिमा एक जना विस्फोटक पदार्थ विज्ञ समेत हुनेछन् ।

समितिले आइतबारदेखि नै बेलुन विस्फोट घटनाको के कसरी भयो? त्यसको विस्तृत छानबिन र आगामी दिनमा यस प्रकारका कार्यक्रम गर्दा पूर्वसतर्कता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter