दुई हजार ७५३ सङ्क्रमित थपिए, दुई हजार २०६ सङ्क्रमणमुक्त
काठमाडौं, कात्तिक २२ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ७५३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार २०६ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ७५३ जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९१ हजार ६३६ पुगेको छ । हाल ३५ हजार ४३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा दुई हजार २०६ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५५ हजार ११४ जना निको भएर घर फर्केका छन् । पछिल्लो चौबीस घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ ।
काठमाडौं उपत्यकामा एक हजार ५१२ मा सङ्क्रमणको पुष्टि
काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ५१२ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १० हजार ४२३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ५१२ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ६२५ महिला र ८८७ पुरुष छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार ७५३ सङ्क्रमित थपिएका छन् । जसमध्ये एक हजार ७७ महिला र एक हजार ६७६ पुरुष छन् । दुई हजार २०६ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।
मन्त्रालयले काठमाडौं जिल्लामा हाल १५ हजार ४५५, ललितपुरमा दुई हजार २२६ र भक्तपुरमा एक हजार २१६ जनामा सङ्क्रमण सक्रिय छ । उपत्यकामा हालसम्म कुल ४०६ जना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकामा नौ जना सङ्क्रमितको मृत्यु भएको हो । काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ७० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । काठमाडौंमा पछिल्लो चौबीस घण्टामा मात्रै आठ सङ्क्रमितको मृत्यु भएको हो ।