चार हजार १४२ परीक्षण गर्दा ६०८ सङ्क्रमित

काठमाडौं, पुस १० गते । नेपालमा कोरोनाभाइरसका ६०८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५७ हजार २०० पुगेको छ । हालसम्म १९ लाख ३९२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चार हजार १४२ जनाको आरटीपीसीआर परीक्षण गर्दा ६०८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार हाल सात हजार ९२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा ८९२ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ४८ हजार २९२ पुगेको छ । पछिल्लो चौबीस घण्टामा नौ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८१६ जनाको मृत्यु दत्र्ता गरिएको छ । हाल सात हजार ९२ जना आइसोलेशनमा र तीन सय ६९ जना क्वारेन्टिनमा छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter