समाचार

किशोर किशोरी मैत्री सूचना कर्नर सञ्चालन नमूना कार्यविधि स्वीकृत

काठमाडौँ, माघ ३ गते । विद्यालयका पुस्तकालय अथवा छुट्टै कोठामा किशोरकिशोरी मैत्री सूचना कर्नर सञ्चालन गर्नेगरी सरकारले किशोरकिशोरी मैत्री सूचना कर्नर (कक्ष) सञ्चालन नमूना कार्यविधि २०७७ लाई स्वीकृत गरेको छ । विद्यालयमा किशोरकिशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य शिक्षालाई व्यवस्थित बनाउन सहयोग पु¥याउने उदेश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले […]


कोरोना भाइरसका २४० सङ्क्रमित थपिए

काठमाडौं, माघ ३ गते । नेपालमा कोरोना भाइरसका २४० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ८१९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २४० जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ४७७ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई […]


निकाे हुने दर बढ्याे, पछिल्लाे २४ घण्टामा २७० सङ्क्रमित थपिए

काठमाडौं, माघ २ गते । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका २७० जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ३९० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लाे २४ घण्टामा तीन हजार ८४ वटा पीसीअार परीक्षणमा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । नेपालमा अहिलेसम्म बीस लाख पाँच हजार १२५ पीसीअार परीक्षण भैसकेकाे छ । स्वास्थ्य तथा […]


नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौँ, माघ २ गते । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद हाउसमा आज बिहान भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै समसामयिक क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विविध विषयमा विचारविमर्श भएको थियो । बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका […]


चौबीस घण्टामा ४०३ जना सङ्क्रमित थपिए, ४०५ जना निको भए

काठमाडौं, माघ १ गते । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका ४०३ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ४०५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६६ हजार ५४६ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । यसैगरी हालसम्म दुई लाख ६० […]


परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने

काठमाडौँ, माघ १ गते । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । आजैदेखि प्रारम्भ हुने उक्त बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुने छ […]


मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस् : निर्वाचन आयोग

काठमाडौं, पुस २९ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि पूर्वशर्तका रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरवलोकन गर्न सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रुपमा सम्पादन गर्नुपर्ने बताउनुुभएको छ । मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र पुनरवलोकन कार्यक्रम, कार्यान्वयनसम्बन्धी अनलाइन […]


चौबीस घण्टामा ४४५ जना सङ्क्रमित थपिए, ४१४ जना निको भए

काठमाडौं, पुस २९ गते । पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ४४५ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ४१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६६ ह्जार १४३ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । यसै गरी हालसम्म दुई लाख ५९ […]


देशभर जागरण फैलाउन सफल, बाग्मती सफाइ महाअभियान

काठमाडौँ, पुस २८ गते । ‘मेरो वासस्थान र वरिपरि, कार्यस्थल र सार्वजनिकस्थल वरिपरि तथा नदीनाला सफा राख्छु । वाग्मती नदीको स्वच्छता र पवित्रता कायम राख्न मन, वचन र कर्मले लाग्नेछु’ । प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा बाग्मती नदी किनारमा उपस्थित भएर सफाइ अभियानकर्मीले उल्लेखित शपथ लिएसँगै बाग्मती सफाइ महाअभियान शुरु हुन्छ । यसरी सफा […]


चौवीस घण्टामा ४३० नयाँ संक्रमित थपिए, ३९० निको भए, पाँचको मृत्यु

काठमाडौं, पुस २८ गते । पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ४३० जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ३९० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६५ ह्जार ६९८ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । यसै गरी हालसम्म दुई लाख ५९ […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter