समाचार

सरकारलाई संविधान कार्यान्वयनको अल्टिमेटम दिन काठमाडौं आयौं : मुख्यमन्त्री कार्की

काठमाडौं, पुस १४ गते। सातै प्रदेशका मुख्यमन्त्रीले सङ्घीय सरकारलाई संविधानको कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन्। शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा पुगेर संविधानको कार्यान्वयन गर्न सङ्घ सरकारलाई अल्टिमेटम दिएका हुन्। प्रधनमन्त्री प्रचण्डलाई भेटेपछि साँझ सञ्चारकर्मीसँग कुरा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान कार्यान्वनको लागि सबै प्रदेशका मुख्यमन्त्री एक भएर प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको […]


बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

काठमाडौं, पुस १३ गते । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । शुक्रबार जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको हो । अदालतले सन्दीपलाई कति समय जेल सजाय गर्ने भन्ने निर्णय भने गरेको छैन । उक्त निर्णय भने अर्को पेशीमा अदालतले गर्नेछ । इजलासले गौशाला […]


६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढ्यो : अर्थमन्त्री

काठमाडौं, पुस १३ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ […]


सुन्तलाखेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान

इलाम, पुस १२ गते । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् । माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाउनुभएको छ । “तीन वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन सुरु गरेको छ, दुई […]


बक्यौता नतिर्ने उद्योगको लाइन काट्दै जान्छौँ : कार्यकारी निर्देशक घिसिङ

काठमाडौं, पुस १२ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको महसुल नतिर्ने उद्योगको लाइन सामूहिक निर्णयबाट काटिएको दाबी गर्नुभएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्नुहुँदै कार्यकारी निर्देशक घिसिङले सरकार, अदालत र संसदीय समितिको निर्णय र निर्देशनमा काटेको महसुल नतिर्नेहरूको लाइन काटेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘२०७७ चैत्र […]


पर्यटक आगमनमा १० लाखको लक्ष्य पुरा

प्रयास श्रेष्ठ / काठमाडौँ । सन् २०२३ को पर्यटन आगमनको सरकारी लक्ष्य पुरा भएको छ । सरकारले यस वर्ष १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । डिसेम्बर अन्तिम साता आइपुग्दा १० लाख पर्यटक भित्र्याएर सरकारले आफ्नो लक्ष्य पुरा गरेको हो । पर्यटन बोर्डका अनुसार डिसेम्बर २७, २०२३ बिहानसम्म ९ लाख ९९ हजार १०९ […]


१०७ वर्षीय धनञ्जय घिमिरे ‘नगर पिता’ घोषित

विष्णुप्रसाद पोखरेल / दमक, पुस ११ गते। झापाको दमक नगरपालिकाले आफ्नो नगर भित्र जीवित रहेका सबैभन्दा ज्येष्ठ नागरिकलाई ‘नगर पिता’ को उपाधि दिन सुरु गरेको छ। ज्येष्ठ नागरिकको सम्मान स्वरूप यो उपाधि दिइएको हो। दमक नगर प्रमुख रामकुमार थापाका अनुसार बुधबार तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर दमक नगरपालिका वडा नम्बर १ का १०७ […]


थारु खानाको स्वाद चखाउँदै, मनग्य पैसा कमाउँदै

अविनाश चौधरी / धनगढी, पुस १० गते । थारु समुदायमा प्रचलित खानाका परिकारबाट राम्रो आम्दानी हुन थालेको छ । होटल व्यवसाय गर्नेहरूले परम्परागत थारु खानाबाट गतिलो आयआर्जन गर्न थालेका हुन् । ढिक्री, घोङ्घी, गँगटा, झिङ्गे माछा, बङ्गुरको मासु, अन्दिक भात लगायतका परिकार थारु समुदायको मौलिक परिकार हो । मेला, महोत्सवमा यस्तो परिकार गजबले बिक्नेगरेको छ […]


धूप बनाउने तालिम सम्पन्न

जयकृष्ण यादव / इनरुवा, पुस १० गते । सुनसरीको सदरमुकाम इनरुवामा महिलाहरुका लागि धूप बनाउने तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्च सुनसरीको सहकार्य तथा विन्दवासनि दाहाल दिदीबहिनी समूहको आयोजनामा धूप बनाउनेसम्बन्धी एकदिने तालिम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष विनीता दाहालका अनुसार इनरुवा नगरपालिका–३ र ५ नम्बर वडाका दाहाल गृहिणी दिदीबहिनी महिलाहरुलाई व्यावसायिक […]


रास्वपाको नारायणगढ-बुटवल दबाब यात्रा

नवलपुर, पुस ९ गते । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ-बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा सुरु गरेको छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटस्थित भृकुटीचोकबाट दबाबमूलक पदयात्राको सुरुवात गरिएको हो । दबाब यात्रा सुरु हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter