समाचार

सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन निर्माणमा जोड : मन्त्री शर्मा

काठमाडौं, भदौ २२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार क्षेत्रको पुनर्संरचनाका लागि कानुन र नीति निर्माणमा जोड दिएको बताउनुभएको छ । जनपत्रकार संगठनका केन्द्रीय पदाधिकारीहरुसँगको भेटमा उहाँले नीतिगत परिवर्तनविना परिवर्तनको अनुभूति नहुने भएकाले आफू पुराना कानुनको परिमार्जन र आवश्यक कानुन निर्माणको गृहकार्यमा रहेको बताउनुभयो । सञ्चार, सूचना प्रविधि, चलचित्र सबै क्षेत्रमा पुराना […]


साक्षरता दिवसमा विद्यार्थीलाई सम्मान

गोकर्ण पौडेल / तुलसीपुर, भदौ २२ गते । ५७ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । पालिकाले सामुदायिक विद्यालयतर्फ गुरुजजुर माध्यमिक विद्यालयका सुनिल न्यौपाने, बालमितेरीका बासुदेव […]


लुम्बिनी विकास कोषमा आर्थिक पारदर्शिता छैन : उपाध्यक्ष डा. लामा

लक्ष्मण पौडेल / भैरहवा, भदौ २१ गते । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको बताउनुभएको छ । बिहीबार लुम्बिनीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारसँगको अन्तरक्रियामा उपाध्यक्ष लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको विषय स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत सन्देश पुगेको बताउनुभयो । आफू कमाउनका लागि लुम्बिनी नआएको र लुम्बिनीको विकासमा योगदान गर्न […]


काठमाडौँबाट साउदी अरेबियाको दमाममा निगमको नियमित उडान

काठमाडौं, भदौ २१ गते । नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले बुधबारदेखि साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने प्रवक्ता पौडेलले बताउनुभयो । उहाँका अनुसार रातिको १०ः४० मा उडान […]


बिपन्नका लागि निःशुल्क स्वास्थ्य बीमा

राजन रावत / हुम्ला, भदौ २० गते । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका बिपन्न वर्गका लागि निःशुल्क स्वास्थ्य बीमा गरेको छ । आर्थिक अवस्था कमजोर भएको परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा सहयोग गर्न निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले स्वास्थ्यक्षेत्र सम्वेदनशील भएकाले सहजरुपमा स्वास्थ्य उपचार बिपन्न बर्गका मानिसले पनि […]


अतिक्रमित जग्गाको खोजबिन सुरु

दोलखा, भदौ १९ गते । जिल्ला प्रशासन कार्यालय दोलखाले अतिक्रमित जग्गाको खोजबिन सुरु गरेको छ । गृह मन्त्रालयले अतिक्रमित जग्गाको अभिलेख राखी विवरण पठाउन निर्देशन दिएपछि खोजबिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्देशनलगत्तै सम्बन्धित निकायमा अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार गरिएको छ । मालपोत, नापी र वन […]


जापान-नेपाल विकास मञ्चको स्थापना

काठमाडौँ, भदौ १९ गते । नेपाली राजदूतावास र जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको प्रयासमा जापानको राजधानी टोकियोमा जापान–नेपाल विकास मञ्चको स्थापना भएको छ । जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानी र जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले मञ्चको शनिबार संयुक्त रुपमा उद्घाटन गर्नुभएको जापानस्थित नेपाली दूतावासले जनाएको छ […]


सरकारसँग एक लाख ७० हजार क्विन्टल बढी खाद्यान्न मौज्दात

काठमाडौं, भदौ १९ गते । सरकारले एक लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको जनाएको छ । सरकारले कुल खाद्यान्न मौज्दात एक लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी गराएको छ । मङ्गलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले […]


प्रधानमन्त्रीद्वारा हेलो सरकारमा आएको गुनासो सम्बोधन

काठमाडौं, भदौं १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखाको बिगु गाउँपालिका–४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ढुङ्गाको जोखिम हटाउन निर्देशन दिनुभएको छ । हेलो सरकारमार्फत जनगुनासो सुन्नुहुँदै प्रधानमन्त्री प्रचण्डले रक्षा सचिव किरणराज पौडेललाई उक्त निर्देशन दिनुभएको हो । दोलखामा उक्त ढुङ्गाका कारण ३२ घरधुरी जोखिममा परेको जनगुनासो आएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि आइतबार बेलुका […]


बिजुलीको पन्ध्र अर्ब अझै उठेन

काठमाडौँ, भदौ १८ गते । लोडसेडिङ कालमा विशेष सुविधाका रूपमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई विद्युत महसुल बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले सक्रियता देखाएको छ । विभिन्न समयमा अदालतको आदेश मन्त्रीपरिषद्का निर्णय तथा निर्देशन प्राधिकरण सञ्चालक समितिका निर्णय भइसके पनि प्राधिकरणले सो रकम असुलउपर गर्न सकिरहेको छैन । प्रसारण […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter