समाचार

वार्ताबाट समस्याको समाधान गर्न सरकार तयार – प्रम ओली

काठमाडौँ, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा आन्दोलनरत दलसँग सहमतिका आधारमा अगाडि बढ्न सरकार तयार रहेकाले सार्थक वार्ताका लागि आह्वान गर्नुभएकोे छ । मन्त्रिपरिषद्का सदस्यहरु र नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारबाट आज देशबासीका नाममा सम्बोधन गर्दै उहाँले जारी वार्तालाई सार्थक निष्कर्षमा पु¥याउन वार्ता र सम्वादका माध्यमबाट अगाडि बढ्न […]


ग्यासका बुलेट चीनबाट सिधै पाँचखाल ल्याउने चिनियाँ प्रस्ताव

काठमाडौँ, २९ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका लागि नेपाली राजदूत डा महेश मास्केले आज उपराष्ट्रपति कार्यालय बहादुर भवनमा भेटी चीनबाट इन्धन ल्याउन दुई देशबीच सैद्धान्तिक सम्झौता भइसकेकाले व्यापारिक सम्झौताको अन्तिम तयारी भइरहेको जानकारी गराउनुभयो । उहाँले चीनले अहिलेसम्म इन्धन निर्यात नगरेको र निर्यातसम्बन्धी नियम बनाउन लागिरहेकाले व्यापारिक सम्झौता हुन केही ढिलाइ भएको जानकारी गराउनुभएको उपराष्ट्रपति […]


सङ्क्रमित आमाबाट जन्मिने शिशुमा एड्स सर्न नदिन कार्यक्रम ; पाल्पामा १३६ जना सङ्क्रमितले एआरटी सेवा लिँदै

कञ्चनपुर, २९ कात्तिक । कञ्चनपुरमा सञ्चालनमा रहेका बर्थिङ सेन्टरमा सङ्क्रमित आमाबाट जन्मिने शिशुमा एचआइभी एड्सको सङ्क्रमण हुन नदिनका लागि कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाको बर्थिङ सेन्टरमा कार्यरत ८० जना स्वास्थ्यकर्मीलाई यसबारे तालिम प्रदान गरी दक्ष बनाइएको छ । एचआइभी एड्सबाट सङ्क्रमित आमा गर्भवती भएमा नियमित चेकजाँचका क्रममा औषधि सेवन गराई शिशुलाई […]


कृषकका लागि राम्रो आम्दानीको स्रोत बनेको छ सुगन्ध कोकिला

तुलसीपुर (दाङ), २९ कात्तिक । विश्वमै लोपोन्मुख प्रजाति मालागेडी (सुगन्धकोकिला) खेती दाङको बिजौरी गाविस वडा नं ९ छिल्लीकोटका किसानका लागि भने राम्रो आम्दानीको स्रोत बनेको छ । स्थानीयवासी कृषक चन्द्र खड्काका अनुसार अहिले सो खेती त्यहाँ ५० घरपरिवारले व्यावसायिक रुपमा गर्दै आएका छन् । एक घरले एक वर्षमा थोरैमा पनि छदेखि आठ क्विन्टल मालागेडी बिक्री […]


नेपालमा २.४९ प्रतिशत गरिबी न्यूनीकरणः केसी

 दाङ, २८ कात्तिक । गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले गरिबी निवारणका लागि कोषले ७५ वटै जिल्लामा कार्यक्रम लैजाने तयारी गरेको जानकारी दिनुभएको छ । रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले हाल ५५ जिल्लामा लागू भएको कार्यक्रम देशका सबै जिल्लामा लैजाने तयारी भएको बताउनुभयो । त्यसैगरी, उहाँले कोषले कार्यक्रम सुरु गरेसँगै […]


आततायी हमला खुला समाज, लोकतन्त्र र सभ्य समाजविरुद्ध छ : प्रम

काठमाडौँ, २८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति विभिन्न स्थानमा भएका आतङ्कवादी हमलाको निन्दा गर्नुभएको छ । फ्रान्सका राष्ट्रपति फ्रान्सिस होल्यान्डलाई आज शोक सन्देश पठाउँदै उहाँले शोकका यस घडीमा फ्रान्स सरकार र फ्रान्सेली जनताका पक्षमा नेपाल सरकार र नेपाली जनता रहेको बताउनुभएको छ । आततायी हमला फ्रान्सेली जनतामाथिको आक्रमण मात्र […]


आलेख समाचार : सहकारीको जगबाट आत्मनिर्भर बन्दैछन् म्याग्दीका महिला

कमल खत्री / म्याग्दी । घरायसी काममा सीमित रहने म्याग्दीका महिला पछिल्लो समय सामाजिक क्षेत्रको नेतृत्वदायी भूमिका लिन पनि अग्रसर बनेका छन् । आर्थिक रुपमा सक्षम भएर सामाजिक सङ्घसंस्थाको नेतृत्वसँगै सामाजिक विकृति न्यून गर्न उनीहरु सक्रिय भएको देखिएको छ । यतिमात्रै होइन, गाउँगाउँमा खुलेका महिला सहकारीमार्फत सङ्गठित बनेका महिला आजभोलि परिवारको दैनिकी चलाउने खर्च आफैँ जुटाउन […]


आमा समूहको सक्रियताले टोल उज्यालो

परासी, २८ कात्तिक । नवलपरासीको कावासोती नगरपालिका स्थित सामथ्र्य टोल सामथ्र्य आमा समूहको सक्रियतामा उज्यालो भएको छ । सामथ्र्य आमा समूहले अहिले कावासोती नगरपालिका–२ सामथ्र्य टोलमा रहेका १८ वटा विद्युत् खम्बामा बत्ती जडान गरेपछि टोल उज्यालो भएको हो । रातिको समयमा सडकका खम्बामा बत्ती नहुँदा हिँड्न पनि समस्या हुने तथा राति चोरीलगायत अवाञ्छित क्रियाकलाप हुन […]


विदेशी पाहुनालाई टीका

पोखरा, २७ कात्तिक । पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा आज लेकसाइडस्थित वटरफ्लाई फाउन्डेसनको भवनमा पोखरा घुम्न आएका विदेशी पाहुनालाई टीका लगाइदिने काम भयो । गएको वैशाख १२ गतेको भूकम्प र भारतले लगाएको नाकाबन्दीपछि पर्यटन व्यवसायमा आएको मन्दीलाई न्यून गर्न सङ्घले आज नवौं संस्करणको भाइटीका महोत्सवको आयोजना गरेको सङ्घका संस्थापक अध्यक्ष गोविन्द पहारीले बताउनुभयो । महोत्सवमा चीन, […]


महासचिव बानद्वारा सीमाअवरोधबारे चिन्ता व्यक्त

काठमाडौँ, २७ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि–मुनले नेपाली सीमामा भएको अवरोधबारे चिन्ता व्यक्त गर्नुभएको छ । महासचिव बानले पूर्वप्रधानमन्त्री सुशील कोइरालाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बानसंग बुधबार गर्नुभएको भेटवार्ताको अवसरमा सो चिन्ता व्यक्त गर्नुभएको हो । कोइरालाद्वारा बुधवार प्रकाशित एक वक्तव्यमा जनाइएअनुसार महासचिव बानले सो अवसरमा कोइरालाले संविधान निर्माण तथा नेपालको प्रजातान्त्रिकरणमा खेल्नुभएको […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter