एक्सक्लुसिभ समाचार

कोशी करिडोर २२० केभी प्रसारण लाइन पहिलाे खण्ड निर्माण सम्पन्न

रमेश लम्साल / काठमाडौँ, साउन ३२ गते । पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ । कूल २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सुनसरीको इनरुवाबाट सङ्खुवासभाको तुम्लिङटारसम्मको कूल १०६ […]


कुखुराको सुलीबाट बिजुली ! ६२ केभिएको जेनेरेटर

नारायण अधिकारी / चितवन, साउन ३१ गते । कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वी चितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको सुरुआत गर्नुभएको छ । उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिइएको छ । उहाँका अनुसार सुलीबाट मासिक रु. एक […]


बीएससी एजी पढेर बाँस खेती, बाँस बेचेर करोडपति

अमरराज नहर्की / तनहुँ, साउन ३० गते । तनहुँका एक कृषक बाँस विक्री गरेर करोडपति बन्न सफल हुनु भएको छ । व्यास नगरपालिका–५ पाटन निवासी ८६ वर्षिय कृषक केबी गुरुङले बाँसका विरुवा र बाँस विक्री गरेर मनग्गे आम्दानी गर्नु भएको हो । कृषक गुरुङले १५० रोपनी जमिनमा वनस्पती उद्यान सञ्चालन गर्नु भएको छ । उद्यानको […]


मौद्रिक नीति सार्वजनिक; पुनर्कर्जाकाे विद्यमान व्यवस्थालाई निरन्तरता दिइने

काठमाडौं, साउन २९ गते । सरकारले अघिल्लाे आर्थिक वर्षमा व्यवस्था गरिए अनुसार पुनर्कर्जा रकमको अधिकतम सिमा नघट्ने गरी पुनर्कर्जा सुविधा निरन्तरता दिने व्यवस्था मिलाएको जनाएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कुरा बताउनुभएको हो । उहाँले कोभिड–१९ बाट प्रभावित उद्योग व्यवसायको शीघ्र पुनरुत्थानका लागि कार्यान्वयनमा ल्याइएको पुनःकर्जाको विद्यमान […]


लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीसहित सात मन्त्रिद्वारा सपथ

बुटवल, साउन २८ गते । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले विहीवार दिउँसो लुम्विनी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको तीन घण्टापछि केसीले सपथ लिनुभएको हो । यसैबीच […]


कार्यदलद्वारा साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तयार

काठमाडौँ, साउन २१ गते । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कार्यदलको बैठकले सो कार्यविधिको अन्तिम खाका तयार पारेको हो । उक्त कार्यविधि सत्ता साझेदार दलका शीर्ष नेतालाई छिट्टै बुझाइने छ । “चाँडै नै प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौँ”, कार्यदलका सदस्य सचिव […]


नेता खनालको मृगाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

काठमाडौं, साउन २० गते । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको मृगाैला प्रत्यारोपण सम्पन्न भएको छ । भारतको नयाँ दिल्लीस्थित एपाेलाे अस्पतालमा बुधबार विहान मृगाैला प्रत्यारोपण गरिएको उहाँको स्वकीय सचिव कृष्ण भट्टराईले बताउनुभयो । यसअघिसम्म नेता खनालको उपचार डा. अखिल मिश्रको नेतृत्वमा भइरहेको थियो । सचिवालयले दिएको जानकारीअनुसार डा. कन्दिप गुलेरियाको नेतृत्वमा खटिएको चिकित्सकको […]


युवाको बदलिँदो दैनिकी: खेर गइरहेको बाँसका सुन्दर सामग्री निर्माण

टीकाबहादुर बस्नेत / दाङ, साउन १९ गते । सीप र मिहिनेत खर्चने हो भने ढुङ्गामा फूल फुलाउन सकिन्छ भन्ने प्रमाण दाङको तुलसीपुरका स्थानीयले प्रस्तुत गरेका छन् । गाउँमा खेर गइरहेका बाँसबाट सुन्दर सामग्री निर्माण गरेर स्थानीयहरुले स्थानीय कच्चा पद्धार्थबाट सुन्दर सामग्री निर्माण गर्न सकिन्छ भन्ने प्रमाण प्रस्तुत गरेका हुन् । वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा […]


छ सय ६३ स्थानीय तहमा पुग्यो उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट

काठमाडौँ, साउन १८ गते । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गर्दै आएको हो । उक्त प्याजेक अन्तर्गत असार […]


झापामा प्रभावकारी बन्दै रबर जोन कार्यक्रम

विष्णुप्रसाद पोखरेल / दमक, साउन १७ गते । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तर्गत झापामा शुरु भएको रबर जोनमा रबरको विरुवाको अभाव हुन नदिनका लागि रबरका बिरुवाको नर्सरी स्थापना गरिएको छ । भारतको आसामबाट विरुवाहरु ल्याएर क्रस गराई नर्सरी स्थापना गरिएको छ । मेचीनगर नगरपालिकाको वडा नं. ३ मा निन्दा रिभर ल्याण्ड कल्चरल होमस्टे एण्ड एग्रो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter