काठमाडौँ , साउन ७ गते । आर्थिक वर्ष २०८०/८१ मा नेपाललाई वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा नेपाललाई झण्डै साढे १४ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । आर्थिक वर्ष २०८०/८१ मा नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात गरेको […]
काठमाडौँ, साउन ६ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ मत पाउनुभएको छ। प्रधानमन्त्री नियुक्त भएको एक सातामै उहाँले आइतबार प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको पक्षमा दुई तिहाइ मत पाउनुभएको हो। प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को […]
लक्की चौधरी / काठमाडौं, साउन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको सहयोगमा असार […]
काठमाडौँ, साउन ४ गते । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकार जिम्मेवारीपूर्वक एवम् गम्भीर रुपमा अगाडि बढ्ने बताउनुभएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेद्वारा प्रधानमन्त्री ओलीलाई सुझावसहितको प्रतिवेदन प्रस्तुत कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकार जिम्मेवारपूर्वक जान्छ, गम्भीर रुपमा जान्छ । यो सुझाव सरकारलाई नै […]
काठमाडौं, साउन ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताउनुभएको छ । बिहीवार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले देशको अवस्था अहिले राम्रो नभएको पनि बताउनुभयो । देश प्रशंसा गर्न लायक भए पनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताउनुभयो […]
काठमाडौं, साउन २ गते । प्रधानमन्त्री केपी शर्मा ओली साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने हुनुभएको छ । सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले अब बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुहुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई गत आइतबार असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । त्यसको भोलिपल्ट ३१ […]
काठमाडौँ, साउन १ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनले नागरिकमा आशा र भरोसा जगाएको बताउनुभएको छ। नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले मङ्गलबार बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो। ‘‘सरकार परिवर्तन हुनु धेरै ठुलो कुरा होइन, सरकार समय समयमा परिवर्तन भइरहन्छ। तर यस परिवर्तनले एउटा नयाँ आशा, […]
काठमाडौँ / असार ३१ गते । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठनका छन् । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । […]
काठमाडौँ, असार २९ गते । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३९ बुँदे सुझाव नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने गरी ३९ बुँदे सुझाव गभर्नर अधिकारीलाई बुझाउनुभएको हो । चेम्बर अफ कमर्सले गभर्नर अधिकारीको उपस्थितिमा […]
काठमाडौं, असार २८ गते । सत्ता सहकार्यमा जोडिनुभएका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) का नेता तथा सांसदहरुले नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार राति दावी पेश गर्नुभएको छ । राष्ट्रपति निवास पुगेर दुई दलका नेताहरुले सांसदहरुको हस्ताक्षरसहित सरकार गठनको दावी पेश गर्नुभएको हो । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाका अनुसार […]