एक्सक्लुसिभ समाचार

हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री प्रचण्डको आह्वान

दुबई, मङ्सिर १६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले मानव जातिलाई जोगाउनका लागि हिमाल जोगाउनुपर्ने भएकाले त्यसको बचाऔँ अभियानमा अन्तर्राष्ट्रिय समुदाय नै एक भएर लाग्नुपर्ने बताउनुभएको हो। शनिबार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा उच्चस्तरीय राउण्डटेबल बैठकको अध्यक्षता गर्दै उहाँले हिमाल बचाउनका लागि […]


नेपाल विश्व समुदायको प्राथमिकतामा परेको छ: प्रधानमन्त्री

दुबई, मङ्सिर १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई नेपालले अवसरको रुपमा प्रयोग गर्ने बताउनु भएको छ । संयुक्त अरब इमिरेट्सको दुबई आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) को उद्घाटन समारोहमा सहभागी भएपछि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा […]


मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक; विश्व बैङ्क र स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने अनुदान स्वीकार गर्ने

काठमाडौं, मङ्सिर १४ गते । सरकारले मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालययमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्सिर ७ र १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो। सरकारले मल्दिभ्सको […]


आठौं पर्वतीय महोत्सव २२ गतेबाट; कोप–२८ मा विश्व समुदायको ध्यानाकर्षण गराउन राष्ट्रपतिको सुझाव

लेखनाथ, मङ्सिर १३ गते । नेपाल पर्वतारोहण संघले बर्सेनी गर्दै आएको पर्वतीय महोत्सव यस वर्ष पाँच दिन हुने भएको छ । पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, रातोपैह्रामा आठौं संस्करणको महोत्सव मंसिर २२ गतेदेखि २६ गतेसम्म हुन लागेको हो । यसअघि यो महोत्सव तीन दिन हुने गरेको थियो । संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ मा अन्तर्राष्ट्रिय पर्वतीय दिवस […]


काठमाडौँ महानगरपालिकामा अब सुर्तीजन्य पदार्थ बेच्न नपाइने

काठमाडौँ , मङ्सिर १२ गते । काठमाडौँ महानगरपालिकामा सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिने भएको छ । महानगरले एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको सूचना प्रकाशित भएको मितिले १५ दिन पछि महानगरपालिका क्षेत्र भित्र बिक्री वितरणमा पूर्ण रूपमा […]


श्रमिकको ४४ अर्ब ८५ करोड रूपैयाँ सामाजिक सुरक्षा कोषमा; सामाजिक सुरक्षा कोषमा जम्मा हुने रकम ब्याज खान होइन : श्रममन्त्री

काठमाडौँ , मंसिर ११ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको ४४ अर्ब ८५ करोड १४ लाख रूपैयाँ जम्मा भएको छ। योजना सुरू भएदेखि हालसम्म कोषमा ९ लाख २८ हजार ४५३ श्रमिक सूचीकृत भइसकेका छन्। त्यस्तै १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन्। योगदानमा आधारित सामाजिक सुरक्षा योजना सरकारले २०७५ मंसिर ११ गतेबाट सुरू […]


जाजरकोट भूकम्प : स्थानीय तहले नै लाभग्राही पहिचान गर्ने, अनुकुल अस्थायी संरचना बनाउन पाइने

काठमाडौं, मंसिर १० गते । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा स्थानीय तहले नै लाभग्राही पहिचान गर्ने भएको छ । साथै प्रभावितहरुले अस्थायी आवास बनाउँदा आफ्नो आवश्यकता अनुसार बनाउन सक्ने भएका छन् । सरकारले १७ कात्तिकमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा निजी आवास पूर्ण रुपमा क्षति भएका वा आंशिक रुपमा क्षति भएपनि बसोबास […]


मधेसका ४३ प्रतिशत किसान परिवारलाई आफ्नै उत्पादनले पुग्दैन वर्षभरि खान

जनकपुरधाम, मंसिर ०९ गते । अन्नभण्डारका रूपमा रहेको मधेस प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ। राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेसमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको हो। नेपालको कूल जनसङ्ख्यामध्ये ६१ लख १४ हजार […]


प्रदेशले बाँड्यो ३३ करोड रूपैयाँ, पशुपालक किसानलाई मात्रै ९ करोड ६५ लाख अनुदान

अर्जुन आचार्य / विराटनगर । कोशी प्रदेश सरकारले महत्त्वका साथ घोषणा गरेको दूधमा प्रतिलिटर २ रूपैयाँ अनुदान दिने कार्यक्रम प्रभावकारी हुँदै गएको छ । आर्थिक वर्ष २०७९–८० मा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले ल्याएको बजेटमा दूधमा प्रतिलिटर दुई रूपैयाँ अनुदान दिने घोषणा गरिएको थियो । सो कार्यक्रमअनुसार गत वर्ष झन्डै २२ […]


चार महिनामा साढे १२ अर्ब रूपैयाँको विद्युत निर्यात, गत वर्षभन्दा ४ अर्ब ८६ करोड बढी

काठमाडौं, मंसिर ७ गते । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रूपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ। प्राधिकरणले चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रूपैयाँ आर्जन गरेको छ। विद्युत […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter