
बर्दिया / साउन २८ गते । गुलरिया नगरपालिका-२ को खैरापुरको (पटाहा)मा कृष्णसारको सङ्ख्या बढेको छ । गत वर्षसम्म एक सय ९७ वटा कृष्णसार रहेकामा २७ वटा थपिएर यस वर्ष २२४ पुगेको कृष्णसार संरक्षण कार्यालयले जनाएको छ । नियमित गस्ती, प्रभावकारी अनुगमन, घाँसे मैदानको व्यवस्थापन, तारजाली तथा मर्मतका कारण कृष्णसारको सङ्ख्या बढेको कृष्णसार व्यवस्थापन परिषद्का अध्यक्ष […]

काठमाडौं, साउन २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनु भएको छ । शिष्टाचार भेटका लागि नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको हो । प्रधानमन्त्री ओलीसमक्ष नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आइतबार […]

काठमाडौँ । मल कारखाना स्थापनामा चीन सरकारले सघाउने भएको छ । आगामी एक वर्षभित्रमा कारखाना स्थापनासम्बन्धी सम्पूर्ण काम पूरा गर्न चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन् सङले बताएका छन् । मूलधारका सञ्चारमाध्यमका सम्पादकहरुसँग बिहीबार साँझ आफ्नो निवासमा आयोजना गरिएको छलफलमा चिनियाँ राजदूतले लगानी बोर्डले कारखाना स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत गर्नेबित्तिकै काम थालिने बताए […]

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले स्थानीय सरकारको माध्यमबाट स्थानीय विवाद निरूपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएकी छिन् । आज काठमाडौँमा स्थानीय (वडा स्तरीय) विवाद र निरूपणका विषयमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा बोल्दै उपप्रमुख डङ्गोलले यस्तो बताएकी हुन् । उनले महानगरपालिकाले मेलमिलाप केन्द्रबाट स्थानीय विवाद टुङ्ग्याउँदा मेलमिलापलाई पहिलो प्राथमिकतामा राखेर विवाद निरूपण गरिरहेको जिकिर […]

तिलाचन पाण्डे / तम्घास, साउन २४ गते । गुल्मीमा चिया खेतीको परीक्षणका लागि १० हजारभन्दा बढी बिरुवा लगाइने भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–७, भुर्तुङको धुँवाखोलामा १० हजारभन्दा बढी बिरुवा लगाउनका लागि खाडल खनेर तयार गरिएको छ । इलामबाट १० हजारभन्दा बढी बिरुवा परीक्षणका ल्याइने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।अहिले […]

काठमाडौँ, साउन २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ । उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग बुधबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले ‘कोभन्दा को ठूलो’ भन्ने ढङ्गले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्नेमा […]

अनिल पराजुली / हेटौँडा, साउन २२ गते । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. १ बाट निर्वाचित सांसद एवम् पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले हेटौँडा सामुदायिक आँखा अस्पताललाई ९ लाख ९९ हजार सहयोग गर्नुभएको छ । उहाँले एक वर्षको तलब रकममा आफ्नो तर्फबाट थप रकमसहित हेटौँडा आँखा अस्पताललाई सहयोग गर्नुभएको हो । सेवा सुविधा सहितको […]

मकवानपुर / साउन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढङ्गले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्त्वपूर्ण कार्य भएको बताउनुभएको छ । राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)स्थित घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेकाले अब यो विकास निर्माणको गति नरोकिने दृढता व्यक्त […]

काठमाडौँ, साउन २० गते। प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो दशकलाई नेपालको आर्थिक विकास र उन्नतिको दशको रूपमा चित्रण गर्नुभएको छ। मुलुकमा केही पनि भएन भन्ने भाष्य निर्माण गर्न खोजिएको उल्लेख गर्दै उहाँले पछिल्लो ७० देखि ८० को दशकमा नेपालमा राजनीतिक परिवर्तनको दशक मात्रै नभएर आर्थिक विकास र उन्नतिको दशकको रूपमा रहेको दाबी गर्नुभयो। आइतबार ललितपुरमा […]

काठमाडौँ, साउन १८ गते । कक्षा १२ को नतिजामा एक लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान सार्वजनिक गरेको कक्षा १२ को नतिजामा तीन लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी रहेकोमा दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका हुन् । २.८१ देखि ३.२० जीपीए प्राप्त […]