एक्सक्लुसिभ समाचार

एक वर्षमा ७० हजार ९१५ जना नेपाली स्थायी बसोबासका लागि बिदेसिए

काठमाडौं, माघ २८ गते । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासका लागि गएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो । विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोबास गर्नका लागि विदेश जाने नेपालीको सङ्ख्या ७० हजार ९१५ जना […]


एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडाविरुद्ध नेपालको दोस्रो जित; तीन कीर्तिमान

काठमाडौँ, माघ २७ गते । क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले हराएको हो । नेपाली टोलीको जितमा तीन ब्याट्सम्यान कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतक बनाए । जितसँगै नेपालले तीन खेलको शृंखलामा २–० ले […]


आजदेखि इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

काठमाडौँ, माघ २६ गते । अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गर्नुभयो । विभागका महानिर्देशक रुद्रसिंह तामाङले फागुन १ गतेदेखि बिहान ८ देखि बेलुकी ८ बजेसम्म सेवा सुरु हुने बताउनुभयो । “हाल बिहान १० बजेदेखि […]


क्यानडामाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ, माघ २५ गते । क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल सात रनले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार जितका लागि दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रनमा समेटिएको थियो । क्यानडाका लागि निकोलस किर्तनले ६८ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो […]


गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी जग्गा अन्यत्र सट्टापट्टा गर्ने मन्त्रिपरिषको स्वीकृति सर्वोच्च अदालतद्वारा बदर

काठमाडौँ , माघ २४ गते। गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी मन्त्रिपरिषद्बाट दिइएको स्वीकृति सर्वोच्च अदालतले बदर गरिदिएको छ । बुधबारको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णय बदर गरिदिएको हो । बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले अधिवक्ता ओमप्रकाश अर्याल लगायतबाट दायर रिटकै पक्षमा फैसला […]


विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

काठमाडौँ, माघ २३ गते । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । गत असार मसान्तसम्ममा रु […]


आपत्कालीन सेवाका लागि एकीकृत प्रणाली बनाइँदै

काठमाडौं, माघ २२ गते । अफ्ठेरोमा परेका व्यक्तिले मोबाइल वा टेलिफोनबाट सूचना पठाएपछि सो सूचना केन्द्रीय प्रणालीमा पुग्ने र आवश्यक आपत्कालीन सेवा लिन सक्नेगरी एकीकृत प्रणाली विकास गरिने भएको छ। सो प्रणाली अन्तर्गत एम्बुलेन्स, दमकल, प्रहरी सेवा, प्रारम्भिक स्वास्थ्यजस्ता सेवा एकीकृत रूपमा उपलब्ध गराइने छ। तर तत्कालका लागि भने एम्बुलेन्स, दमकल र प्रहरी सेवा समावेश […]


नेपालमा ११ प्रतिशतको मृत्युको कारण क्यान्सर

सिर्जना खत्री / काठमाडौं, माघ २१ गते । नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मानिसको मृत्यु क्यान्सरले हुने गरेको एक अध्ययनले देखाएको छ । विश्व क्यान्सर दिवसको अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ११.११ प्रतिशत मानिसको मृत्युको कारण क्यान्सर बनेको जानकारी दिनुभएको हो । नेपालमा ४० प्रतिशत भन्दा […]


रुग्ण उद्योग सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

भक्तिविलास पोखरेल / गाईघाट, माघ २० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण उद्योगलाई पुनःसञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।उहाँले रुग्ण उद्योग सञ्चालन गर्नु वर्तमान सरकारको नीति रहेको प्रष्ट पार्नुभयो। शनिबार उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको प्लान्ट क्षेत्रको स्थलगत निरीक्षणपछि उद्योगका कर्मचारीलाई निर्देशन दिँदै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले धेरै ठूलो चुनढुङ्गाको खानी सुरक्षित […]


तरकारी बेचेर पढाइ खर्च जुटाउँदै

गजेन्द्र गुरुङ / खजुरा, माघ १९ गते । नेपालगन्ज उपमहानगरपालिका –१ स्थित जिल्ला प्रहरी कार्यालय पछाडि बस्ने १७ बर्षीय किशोर निडर कठायतलाई दिउँसो २ बजेपछि तरकारी बेच्न सुर्खेतरोड पुग्न हतार हुन्छ । दिउँसो २ बजे उहाँ घरमा राखेका तरकारी ठेलामा मिलाउन व्यस्त हुनुहुन्छ । तरकारी ठेलामा मिलाइ सकेपछि उहाँ घरबाट ठेलामा राखेको तरकारी लिएर बिक्री […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter