एक्सक्लुसिभ समाचार

‘विज्ञान, प्रविधि र नवप्रवर्तनमा नामले उच्च प्राथमिकता दिनुपर्छ’; नामको १९ औँ शिखर सम्मेलनमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्य सहित

कम्पाला (युगान्डा), माघ ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्वमा ‘गेम चेन्जर’ का रूपमा देखा परेका ‘विज्ञान, प्रविधि र नवप्रवर्तनमा असम्लग्न आन्दोलन (नाम) ले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भन्नुभयो, “विकासशील र […]


नेपाललाई समृद्धिको बाटोमा लैजाने क्षेत्र जलविद्युत हो : अध्यक्ष कार्की; आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन हुन्छ : मन्त्री बस्नेत

काठमाडौं, माघ ४ गते । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युतको विकास भएमात्रै मुलुक समृद्ध हुने बताउनुभएको छ । बिहीबार इप्पानको २४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष कार्कीले मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउनका लागि जलविद्युत विकास पहिलो भएको बताउनुभएको हो । उहाँले सरकारले १० वर्षमा २८ हजारभन्दा बढी जलविद्युत उत्पादन […]


खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने मन्त्रिपरिषद्को निर्णय; यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ, माघ ३ गते । मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि (बिहीबार) युगाण्डा जाने भएपछि खड्कालाई कार्यवाहक तोकिएको हो । मन्त्रिपरिषद्मा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति […]


मौलिक खाना विश्वमाझ प्रवर्द्धन गर्न आवश्यक : राष्ट्रपति

काठमाडौं, माघ २ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठुलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्ग्यानिक खाद्य वस्तुहरू सिधै तारे होटलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गर्नुभएको छ । होटल सङ्घ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस २०२४’ मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रपति […]


लाङटाङ-भोटेकोशी आयोजनामा भित्रियो बिस अर्ब लगानी

काठमाडौं, माघ १ गते । रसुवामा निर्माणाधीन लाङटाङ–भोटेकोशी जलविद्युत् आयोजनाले रु बिस अर्ब बराबरको वैदेशिक लगानी भित्र्याएको छ । कूल एक सय २० मेगावाट क्षमताको सो आयोजना हाल निर्माणाधीन अवस्थामा छ । आयोजनाका प्रवर्द्धक रहनुभएका नेपाली कांग्रेसका नेता एवम् सांसद दीपक खड्काका अनुसार चीनको बैङ्क अफ चाइनाबाट झण्डै रु १९ अर्ब ८५ करोड ७० लाख […]


नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, पुस २९ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउनुभएको छ। चिनियाँ नयाँ वर्षको आज यहाँ उद्घाटन गर्दै उहाँले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध प्रगाढ रहेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘हामीले असल मित्रका रुपमा एकअर्काको संवेदनशीलतालाई नजिकबाट बुझेका छौँ। शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका […]


अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी

काठमाडौं, पुस २८ गते। मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ। विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाईयात्रा गरेका छन्। सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाईयात्रा गरेका थिए। जुन अघिल्लो वर्षको तुलनामा नौ […]


पृथ्वी जयन्तीमा राप्रपाको जलपान, प्रधानमन्त्री प्रचण्डसहित शीर्षनेता उपस्थित; नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्नुपर्छ: कमल थापा

काठमाडौं, पुस २७ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको चियापान समारोहमा शीर्षनेताले उपस्थिति जनाउनुभएको छ। शुक्रबार पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित चयापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा […]


मंसिरसम्म भित्रियो ६ खर्ब १३ अर्ब रुपैयाँ रेमिटेन्स, विदेशी मुद्राको सञ्चिति बढेको बढ्यै; मंसिर महिनामा महँगी ४.९५ प्रतिशत

काठमाडौं, पुस २६ गते । चालु आर्थिक वर्षको मंसिर महिनासम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। पोहोरभन्दा २७.६ प्रतिशतले रेमिटेन्स आय बढेको हो। नेपाल राष्ट्र बैंकले बिहीबार चालु बर्षको पहिलो पाँच महिना अर्थात मंसिरसम्मको तथ्यांक सार्वजनिक गर्दै अमेरिकी डलरमा पनि साढे २४ प्रतिशतले रेमिटेन्स बढेको छ। कुल ४ अर्ब ६२ करोड […]


नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ, पुस २५ गते । विश्व बैंकले आर्थिक वर्ष २०२४–२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter