एक्सक्लुसिभ समाचार

स्वास्थ्य सेवासम्बन्धी गुनासो सुन्न ‘हेल्लो स्वास्थ्य’ सुरु; प्रादेशिक अस्पतालमा सातै दिन शल्यक्रिया सेवा

काठमाडौँ, मङ्सिर २४ ते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका स्वास्थ्य संस्थाको सेवा सम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालय तथा मन्त्रालय मातहतका स्वास्थ्य संस्थाको सेवासम्बन्धमा गुनासो सम्बोधन गर्न हेल्लो स्वास्थ्य सुरुवात गरेको हो । यसको लागि मन्त्रालयले गुनासो पठाउनुहोस्, हामी समाधान खोज्छौँ भन्ने नारा सहित […]


प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन; दमक व्यापारिक कम्प्लेक्स विकासको नमुना हो : प्रधानमन्त्री ओली

झापा, मङ्सिर २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आइतबार उद्घाटन गर्नुभएको छ । मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र […]


दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य

काठमाडौँ, मङ्सिर २२ गते । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले चालु आर्थिक वर्षमा दुई लाख सेवाग्राहीलाई सेवा प्रदान गराउने लक्ष्य लिएको छ । गत आवमा एक लाख ६२ हजार बिरामीलाई सेवा उपलब्ध गराएको अस्पतालले चालु आवमा करिब ४० हजारभन्दा बढीलाई सेवा प्रवाह गर्ने लक्ष्य लिएको हो । आज आयोजित अस्पतालको २० औँ वार्षिक साधारणसभामा अस्पतालले गत […]


रविलाई अन्याय भएको भन्दै रास्वपाले गुहार्‍यो मानवअधिकारकर्मी; पूर्वप्रधानमन्त्री बाबुरामको आरोप– रविमाथि राजनीतिक प्रतिशोध साँधियो

काठमाडौँ , मङ्सिर २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीको घोर आपत्ति प्रकट गरेको छ । साथै रास्वपाले उक्त विषयमा अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी सङ्घ–संस्थाहरूको गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई दिनभर चितवन […]


प्रधानमन्त्री ओली चारदिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता; नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, मङ्सिर २० गते । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ । चिनियाँ समकक्षीको निमन्त्रणामा मङ्सिर १७ गते बेइजिङ जानुभएका प्रधानमन्त्री ओली काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभएको उहाँका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो । हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको […]


प्रधानमन्त्री चीन भ्रमण : संयुक्त वक्तव्यमा के छ ?; नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्रीको आग्रह

बेइजिङ, मङ्सिर १९ गते। नेपाल र चीनले दुवै देशबिच पारस्परिक सहयोग र आपसी हितका विभिन्न विषयमा भएको सहमतिबारे संयुक्त वक्तव्य जारी गरेका छन्। चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ र नेशनल पिपुल्स कङ्ग्रेस स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेट गर्नुभएको थियो। भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा दुई देशबिचको सम्बन्धलाई […]


चीनले नेपाललाई नौ अर्ब अनुदान दिने; औद्योगिक तथा पूर्वाधार विकासदेखि गरिबी निवारणसम्मको सम्झौतामा हस्ताक्षर

काठमाडौँ, मङ्सिर १८ गते। चिनियाँ राष्ट्रपति सी चिन फिङलेले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि चिनियाँ राष्ट्रपति सीले सहयोग रकम घोषणा गर्नुभएको हो। चिनियाँ पाँच सय मिलियन आरएमबी अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको हो। यो रकम नेपाली रुपियाँ नौ अर्ब हुन्छ। नेपालका […]


प्रधानमन्त्री ओली बेइजिङमा; उपमन्त्री सुन बेइदोङबाट स्वागत

बेइजिङ (चीन), मङ्सिर १७ गते । प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय चीन भ्रमणका क्रममा सोमबार बेइजिङ आइपुग्नु भएको छ । उहाँलाई यहाँस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभयो । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आज बेइजिङ आइपुग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका […]


उपनिर्वाचनमा ६२ प्रतिशत मतदान : निर्वाचन आयोग; वडा अध्यक्षमा नेमकिपाले खाता खोल्यो

काठमाडौँ, मङ्सिर १६ गते। निर्वाचन आयोगले आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको अहिलेसम्म प्राप्त विवरण अनुसार ६२ प्रतिशत मतदान भएको जनाएको छ। आइतबार साँझ विज्ञप्ति सार्वजनिक गर्नुहुँदै आयोगका प्रवक्ता नीता पोखरेल अर्यालयका अनुसार स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख ६२ हजार ७९९ मतदाता रहेकोमा हालसम्म प्राप्त विवरण अनुसार करिब […]


प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा

काठमाडौँ, मङ्सिर १५ गते । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही मङ्सिर १७ देखि २० गतेसम्म हुने चीनको औपचारिक भ्रमणको तयारी तीव्र गतिमा जारी छ । प्रधानमन्त्रीको यो भ्रमणले नेपाल र चीनबिच सरकारी र जनस्तरमा विद्यमान सुमधुर सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् । भ्रमणको पूर्वसन्ध्यामा […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter