
काठमाडौँ, मङ्सिर १४ गते । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप सङ्कलन दर र बैंकदर यथावत राखेको छ । मौद्रिक सूचकहरू सकारात्मक देखिँदा राष्ट्र बैंकले विद्यमान व्यवस्थाहरु यथावत राखेको हो । “मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई पाँच प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाका रुपमा रहेको […]

काठमाडौँ, मङ्सिर १३ गते। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले मङ्सिर १७ देखि २० गतेसम्म चीनको भ्रमण गर्नेछन् । परराष्ट्रमन्त्री डा. राणा चीनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार […]

काठमाडौँ, मङ्सिर १२ गते । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेका छन् । प्राधिकरण सञ्चालक समिति र विद्युत् नियमन आयोगले लाइन नकाट्न निर्देशन दिएपछि घिसिङले महसुल उठाउने वैकल्पिक उपाय अपनाएका हुन् । उनले ३४ उद्योगको नाम र तिर्नुपर्ने बक्यौताको रकम लेखेर […]

काठमाडौँ, मङ्सिर ११ गते। पार्टी सभापति रवि लामिछानेले सहकारीको व्याज तिरेको भौचरसहित प्रमाण भेटिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जवाफ दिएको छ । पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफूहरूमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भएको बताएका छन् । ‘ब्याजै तिरेको भएपनि यसको सर्पोटमा डकुमेन्ट आएको छैन माइन्युटहरू बाहिर […]

काठमाडौँ, मङ्सिर १० गते । नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफीको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नुभएको छ । सुन्धारास्थित ऐतिहासिक धरहरा परिसरबाट सोमबार बिहान उहाँले ट्रफी अनावरण गर्नुभएको हो । यस्तो छ एनपिएल ट्रफीको विशेषता नेपाली क्रिकेटको विकासले बिस्तारै अन्तर्राष्ट्रिय मञ्चमा पाइला टेक्दैछ । कमजोर संरचनाबिच दुई पटक आइसिसी टी-२० विश्वकपको यात्रा तय गरेको […]

काठमाडौँ, मङ्सिर ९ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न निर्देशन दिनुभएको छ। गौरवका आयोजनाका कामको गतिलाई तीव्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफलका क्रममा प्रधानमन्त्री ओलीले कहाँ कहाँ के के अवरोध हो ? तिनको समाधानको उपाय के के हो भन्ने पहिचान गरेर कुन कुन […]

पोखरा, मङ्सिर ८ गते। पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ। प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्काइडाइभ, क्यानोइङ, र्यफ्टिङ, हट एयर बेलुनलगायत साहसिक गतिविधि पोखरामा सञ्चालित छन्। प्राकृतिक सौन्दर्य र साहसिक अनुभवमा एकसाथ रमाउन सकिने भएकाले पछिल्लो समय ‘हट एयर बेलुन’ प्रति भने सार्क मुलुकका पर्यटकको आकर्षण बढ्न थालेको […]

झापा, मङ्सिर ७ गते । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । “गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । […]

काठमाडौँ, मङ्सिर ६ गते। सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी किनारामा तोकिएको मापदण्डभन्दा थप २० मिटर जग्गा छोड्नुपर्ने फैसलाको पुनरावलोकन गर्न अनुमति दिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले सर्वोच्चकै न्यायाधीशहरू आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले पुस ३ गते गरेको फैसलाको पुनरावलोकन गर्न अनुमति दिएको हो। अब यो […]

काठमाडौं, मङ्सिर ५ गते । चालू आर्थिक वर्ष (आव) २०८१-८२ को पहिलो चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ, असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् […]