विचार / अन्तर्वार्ता

जातीय र क्षेत्रीय राजनीतिले मुलुक अस्थिरतातर्फ–नेता डा महत

  त्रिशूली (नुवाकोट), ८ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले जातीय र क्षेत्रीय भावनालाई उचालेर राजनीति गर्नेहरुका कारण मुलुक अस्थिरतातर्फ गएको बताउनुभएको छ । आज विदुरमा नेपाल प्रेस युनियन नुवाकोटले गरेको पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “जातीय र क्षेत्रीय भावनालाई उचालेर राजनीति गर्न थालियो, यसले मुलुकलाई अस्थिरतातर्फ धकेल्न थालेको छ, मुलुकका लागि दुर्भाग्य […]


संविधानप्रति रचनात्मक सोच जरुरी ः प्रधान न्यायाधीश श्रेष्ठ

    भद्रपुर, ७ पुस । प्रधान न्यायाधीश कल्याण श्रेष्ठले वर्तमान संविधानप्रति रचनात्मक सोच र विचारको विकास हुनुपर्ने बताउनुभएको छ । नेपाल वार एसोसिएसन झापा शाखा स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा जिल्ला अदालत झापाको परिसरमा आज आयोजित बार स्वर्ण महोत्सव वर्ष–२०७२ को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको न्याय पद्धतिमा गरिब र शोषित […]


राष्ट्रपतिमाथि गरिएको दुव्र्यवहार मानव सभ्यताकै कलङ्क–आयोग

काठमाडौँ, ६ पुस । राष्ट्रिय महिला आयोगले विवाह पञ्चमीका दिन जनकपुरस्थित जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताद्वारा गरिएको आक्रमण, दुव्र्यवहार तथा अपमानजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महिला भएकै कारण उहाँमाथि गरिएको यस प्रकारको विभेदपूर्ण, अमानवीय, अमर्यादित व्यवहारले सम्पूर्ण महिला जगत्को अपमान गरेको आयोगको ठहर छ । आयोगले […]


संविधानले सबैलाई समान व्यवहार गरेको छ – नेता खनाल

  इलाम, ४ पुस । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले नयाँ संविधानले कसैलाई काखा र कसैलाई पाखा नगरेको बताउनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज इलामको २८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले संविधानले दलित, महिला, आदिवासी जनजाति, मधेसीलाई धेरै हक, अधिकार दिएको बताउँदै यसको सफल कार्यान्वयनमा जोड दिनुभयो । “मधेसमा केही […]


सात वर्षभित्र पूर्वको सबै क्षेत्रमा सिँचाइ सुविधा – मन्त्री यादव

    इनरुवा, २ पुस । सिँचाइमन्त्री उमेश यादवले सुनसरी, मोरङ र सप्तरीका सबै क्षेत्रमा आगामी सात वर्षभित्र सिँचाइ सुविधा पुग्ने दाबी गर्नुभएको छ । आज सुनसरीको चतरा र उदयपुरको मैनामैनीसम्मको कोसीको मुहानदेखि आयोजना नहरको मूलसम्मको अवलोकन गर्दै मन्त्री यादवले सिँचाइ विकासका लागि सुनसरी, मोरङ सिँचाइ आयोजनाको स्तरोन्नतिका लागि रु १० अर्बको लागतमा सात वर्षभित्र […]


व्यावहारिक शिक्षा अहिलेको आवश्यकता – प्रधानमन्त्री

बनेपा, २९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अवस्थामा व्यावहारिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो – “दीक्षित विद्यार्थीले शैक्षिक प्रमाणपत्र ग्रहण गरेर मात्रै पुग्दैन । शिक्षालाई व्यवहारमै उतारेर सार्थक बनाउनुपर्छ ।” विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले व्यवहारमा कार्यान्वयन हुने शिक्षाबाट मात्रै मुलुकको आवश्यकता […]


सर्वोकृष्ट संविधान भन्न हिच्किचाउनु हुँदैन ः राष्ट्रपति भण्डारी

  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई सर्वोत्कृष्ट भन्न हिच्किचाउन नहुने बताउनुभएको छ । नवलपरासीको प्रगतिनगरस्थित जनज्योति नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उहाँले यस्तो कुरा बताउनुभयो । मानव अधिकारको विश्वव्यापी मान्यतासँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै जारी भएको संविधान नेपालको संवैधानिक इतिहासकै अग्रगामी र सर्वोत्कृष्ट प्रयोग भएको उहाँले बताउनुभयो । राजधानी बाहिरको पहिलो कार्यक्रममा प्रगतिनगर […]


नयाँ संविधान नेपालको इतिहासमा कोशेढुङ्गा–बेलायती राजदूत

  काठमाडौँ,  मङ्सिर । सभामुख ओनसरी घर्ती र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच गत २३ गते शिष्टाचार भेटवार्ता भएको छ । सो अवसरमा राजदूत रिचार्डले घर्तीलाई सभामुख पदमा निर्वाचित भएकोमा बधाई र शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्वमा दुई देशबीचको आपसी सहयोग र मित्रता बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको संसद सचिवालयले जनाएको छ । सो अवसरमा […]


चेलीबेटी बेचबिखनको गन्तव्य ‘सीमापारिदेखि समुद्रपारि’सम्म

(कुमारप्रसाद चौलागाईँ) काठमाडौँ । केही वर्षअघिसम्म गाउँका सोझासाझा चेलीबेटी फकाएर सीमापारि बम्बईको कोठीमा लगेर बेच्ने दलालको पछिल्ला दिन चेलीबेटी बेचबिखनको गन्तव्य फेरिएको छ । अहिले उनीहरू नेपाली चेलीलाई आकर्षक रोजगारीको प्रलोभनमा पारेर खाडी मुलुक, भारतका पर्यटकीय सहर गोवा, पुणे, आसाम तथा तेस्रो मुलुक नैरोबी, तान्जानिया, किर्गिजस्तान, लेवनान र सिरियासम्म बेच्ने गरेको तथ्य बाहिर आएको छ […]


विज्ञान तथा प्रविधिको प्रयोगबिना देश विकास असम्भव ः प्रम ओली

  काठमाडौँ, । प्रधानमन्त्री एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कुलपति केपी शर्मा ओलीले विज्ञान प्रविधिको प्रयोगबिना देशको विकास असम्भव रहेको बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ३३औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले अहिलेको आधुनिक युगमा विज्ञान र प्रविधिको प्रयोग गर्नसके देश विकास गर्न धेरै समय […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter