
काठमाडौँ, माघ २६ गते । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले काँग्रेसले आगामी पाँच वर्षसम्म सत्ता मोह त्याग्नुपर्ने धारणा राखेका छन् । नेकाका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको दोस्रो स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै केन्द्रीय सदस्य प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, चन्द्र भण्डारी , प्रदीप पौडेल र गुरुराज घिमिरेले सो धारणा राखेका हुन् । उनीहरुले […]

काठमाडौँ, माघ १५ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा वाम गठबन्धनका तर्फबाट गरिएका प्रतिबद्धता पूर्णरुपमा लागू गरेरै छाडिने दृढता व्यक्त गर्नुभएको छ ।प्रेस सेन्टर नेपालको १४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनताका सामु गरिएका प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन गरेर छाडिने र कुनै पनि प्रकारको […]

काठमाडाैँ, ४ माघ | एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताएका छन् । आफ्नो नियमित स्वास्थ्य परीक्षण गराई आज थाइल्याण्डको राजधानी बैंककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेश प्रमुख ढिलै भए पनि तोक्ने काम हुनु सरकारको जिम्मेवारी भए पनि कहाँ […]

काठमाडौँ, पुस १ गते । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेपछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसले प्रतिपक्षमा बसेर संगठन सुदृढ गर्ने तयारी गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा आफूनिकटस्थ नेताहरूसँगको छलफलपछि पार्टी हारेकाले सरकार निर्माणको खेलोफड्कोमा नलागेर प्रतिपक्षमा बस्दै संगठन सशक्त बनाउने निष्कर्षमा पुगेका हुन् । कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २३ र […]

काठमाडौँ, मङ्सिर २९ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको सहभागिताले मात्र दिगो विकास सम्भव हुने बताउनुभएको छ । तेइसौँँ महानगर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नागरिकको सहभागितामा मात्र अपेक्षा अनुरुप विकास गर्न सकिने भएकाले उनीहरूको प्रत्यक्ष सहभागिताको आवश्यकता औँल्याउनुभएको हो । महानगरको संवृद्धिमा महानगरवासीलाई अपनत्व बोध गर्न आग्रह गर्दै महानगर प्रमुख […]

काठमाडौँ , मंसिर २१ गते । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले मुलुक राजनीतिक स्थिरता र आर्थिक समृद्धिको चरणमा प्रवेश गर्ने भन्दै उद्योगी तथा व्यवसायीले खुसी व्यक्त गरेका छन् । राजनीतिक संक्रमणकालको अन्त्य भएर मुलुकमा अमनचयन कायम हुने र त्यसले एकाध वर्षमा आर्थिक उन्नतीको मार्ग प्रशस्त गर्ने उनीहरुको भनाइ छ । प्रमुख राजनीतिक दलले राजनीतिक क्रान्तिको युग […]

बाँके, मंसिर १५ गते । निर्वाचनमा मतदान कसरी गर्ने थाहा छ भन्ने जिज्ञासामा नेपालगन्ज उपमहानगरपालिका–८ घसियारन टोलकी किरण केवटले भन्नुभयो, “तीन पर्चा (मतपत्र) पाइन्छ भन्ने सुनेको छु, अरू थाहा छैन् ।” “विभिन्न दलका नेता–कार्यकर्ता आउँछन्, आफ्नो पार्टीको चुनाव चिह्नमा भोट हाल्न भन्छन् तर कसरी भोट हाल्ने कोही सिकाउँदैनन्”, उहाँको गुनासो थियो। सो क्षेत्रमा मतदाता शिक्षाका […]

काठमाडौँ, मंसिर १ गते । नेपालका लागि चिनियाँ राजदूत यु होङले चीनको विकास र समृद्धिबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताउनुभएको छ । चीनको बृहत् आयोजना ‘वन बेल्ट वन रोड’ (ओबिओआर) अवधारणामा नेपाल पनि सहभागी भइसकेकाले आगामी दिनमा यसबाट लाभान्वित हुन नेपालले व्यापार, लगानी तथा सम्पर्क सञ्जाललगायत अरु पनि क्षेत्रमार्फत लाभान्वित हुनुपर्नेमा धारणा उहाँले राख्नुभयो । […]

धनगढी, कात्तिक २९ गते । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा लोकतन्त्र वा अधिनायकबाद कसलाई रोज्ने भन्ने निर्णय गर्ने अधिकार जनतालाई रहेको बताउनुभएको छ । कैलाली निर्वाचन क्षेत्र नं २ को लम्कीमा आज आयोजित काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमा मात्र व्यक्तिको स्वतन्त्रता हुने भएकाले एकदलीय कम्युनिष्ट व्यवस्थामा यो अधिकार हुँदैन […]
काठमाडौँ, कात्तिक २७ गते । ‘अवको आशा, विवेकशील साझा’ भन्ने नाराका साथ रवीन्द्र मिश्र तथा उज्ज्वल थापा नेतृत्वको विवेकशील साझा पार्टीले आउँदो बीस वर्षभित्र नेपाललाई मध्यम आयको मुलुकमा रुपान्तरण गर्ने महत्वाकांक्षी लक्ष्यसहितको घोषणापत्र सार्वजनिक गरेको छ । क्षतिग्रस्त धरहरा परिसरबाट गत शुक्रबार सार्वजनिक गरिएको घोषणापत्रमा राष्ट्रिय पूँजीको निर्माण र परिचालन, नागरिकमा रहेको उद्यमशीलताको प्रवद्र्धन, आन्तरिक […]