विचार / अन्तर्वार्ता

कपिलवस्तुलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्छ : ओली

नारद कोहार / तौलिहवा, पुस ६ गते । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले कपिलवस्तुलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । मंगलबार कपिलवस्तुको बहादुरगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टी प्रवेश तथा बृहत जनसभामा बोल्दै उहाँले भन्नुभयो, ‘यस क्षेत्रमा धेरै उद्योग रहेका छन् । अब हामीले कपिलवस्तु जिल्लालाई औद्योगिक […]


कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा

काठमाडौं, मङ्सिर २० गते । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उहाँले नेपाली कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा जनतालाई दुःख दिने गरी भिडभाड नगर्ने बताउनुभएको हो । कांग्रेसको […]


गठबन्धन पूरै समय रहन्छ, त्यसमा कुनै शंका छैन : प्रधानमन्त्री

सिबी अधिकारी / काठमाडौँ, कात्तिक १८ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताउनुभएको छ । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० मा भाग लिएर आज बिहान स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले वर्तमान सत्तारुढ गठबन्धन […]


अयोध्यापुरीले चितवनको विकासमा नमूना काम गर्नेछ : अध्यक्ष ओली

काठमाडौं, कात्तिक १६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चितवनको अयोध्यापुरीमा राम मन्दिरको निर्माण भएसँगै सो क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास हुने बताउनुभएको छ । मंगलबार चितवनमा अयोध्या क्षेत्र र चितवन माडी क्षेत्रको अवलोकन तथा सम्बोधन कार्यक्रममा एमाले अध्यक्ष ओलीले माडीमा राम मन्दिर क्षेत्र दुनियाँकै लागि ध्यान गर्ने तपोभूमि बन्ने […]


प्रसारण लाइनको अभावमा विद्युत् खेर जाँदैछ – निर्देशक घिसिङ

कावासोती, असोज ३ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताउनुभएको छ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर आइपुग्नु भएका निर्देशक घिसिङले प्रसारण लाइन नभएकै कारण विद्युत् खपत बढाउन नसकेको बताउनुभयो । “उद्योगीले बत्ती नपाउने, अर्कोतिर खेर जाने भएको छ, यसैले खपत बढाउन […]


योजना कार्यान्वयनमा विभेद हुँदैन : प्रधानमन्त्री

काठमाडौँ, भदौ ५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमलाई बजेट बाँडफाँट तथा विकास निर्माणसम्बन्धी योजना कार्यान्वयनमा कुनै किसिमको विभेद नहुने बताउनुभएको छ । नेपाली काँग्रेसबाट निर्वाचित सुदूरपश्चिम क्षेत्रका स्थानीय नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरूसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो । सुदूरपश्चिम क्षेत्रलाई विकास निर्माणको मूल प्रवाहमा समेट्न आग्रह गर्दै स्थानीय जनप्रतिनिधिहरूले शुक्रबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका […]


सरकारले जनताले देख्ने गरी काम गर्छ : प्रधानमन्त्री देउवा; अर्थतन्त्रको यर्थाथ तस्बिर सार्वजनिक गर्छौ : अर्थमन्त्री

काठमाडौं, साउन ८ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दलका नेताहरुलाई संसदमा उपस्थितिको लागि ह्वीप नगलाएको तर अनुरोध मात्र गरेको बताउनुभएको छ । साउन ३ गते बसेको प्रतिनिधिसभा बैठकमा सहभागी हुन दलका सांसदहरुलाई अनुरोध मात्र गरिएको उहाँले प्रष्ट पार्नुभयो । प्रतिनिधिसभा बैठकमा शुभकामना दिने क्रममा उठाइएको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो […]


सर्वाेच्चको फैसलाको असर नेपाली राजनीतिमा लामो समयसम्म रहिरहन्छ : ओली

काठमाडौँ / २९ असार : निवर्तमान प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वाेच्च अदालतले गरेको फैसलाको असर मुलुकको लोकतान्त्रिक प्रणाली, दलीय व्यवस्था र राजनीतिमा लामो समयसम्म रहिरहने बताएका छन् । मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सर्वोच्च अदालतको फैसलाले के–कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै फैसला पालना गर्ने बताए । नेपालको संविधान […]


एक हजार ७४५ सङ्क्रमण पुष्टि, दुई हजार २११ जना सङ्क्रमणमुक्त

काठमाडौं, असार २१ गते । पछिल्लो २४ घण्टामा थप एक हजार ७४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ४९८ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, चार हजार २८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो […]


बजेट सुनाउन मात्र होइन कार्यान्वयन गर्न ल्याइएको हो : अर्थमन्त्री

काठमाडौं, जेठ १६ गते । अर्थमन्त्री विष्णु पौडेलले अहिलेको बजेट कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गर्नुभएको छ । शनिवार सार्वजनिक गरिएकाे बजेटबारे आइतबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, धेरैले बजेट सकारात्मक भएको तर कार्यान्वयन कस्तो हुन्छ भन्ने प्रतिक्रिया दिएको आफू पाएको बताउँदै थप्नुभयो, यो बजेट सुनाउन मात्र […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter