
काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट हालै जारी भएको नेपालको संविधान मुलुकको राजनीतिक र संवैधानिक इतिहासमा अद्भूत सुरुवात भएको बताउनुभएको छ । एसियाली राजनीतिक पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) ले आज यहाँ आयोजना गरेको ‘नेपालमा प्रजातान्त्रिक सङ्क्रमण’ विषयक विशेष कार्यशालामा उहाँले नेपालको संविधान पूर्ण समावेशी भएको र यसमा महत्वपूर्ण मौलिक हकहरुको […]

पथरी (मोरङ), माघ । कृषकका लागि निवृत्तीभरण(पेन्सन) को व्यवस्था गर्न लागिएको कृषि विकास मन्त्री हरिबोल गजुरेलले बताउनुभएको छ । विराटनगरमा सुरु भएको नवाँै राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०७२ को आज उद्घाटन गर्दै मन्त्री गजुरेलले कृषिको विकासका लागि मन्त्रलायले किसानको वर्गीकरण गरेर पेन्सनको व्यवस्था गर्ने आश्वासन दिनुभयो । उहाँले किसान व्यवसाय नै छाडेर विदेश पलायन […]

पोखरा, २१ माघ । उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अबको दुई दशकलाई ऊर्जा उत्पादन दशकका रुपमा लिएर पहिलो दशकमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढ्ने बताउनुभएको छ । रामबजारस्थित कालिका उमाविको स्वर्ण महोत्सव समापन समारोहलाई आज सम्बोधन गर्दै ऊर्जामन्त्री रायमाझीले देशलाई ऊर्जा सङ्कटकाल घोषणा गरेर अबको पाँच वर्षमा विद्युत् उत्पादन तीव्र गतिमा […]

इलाम, १९ माघ । उपप्रधानमन्त्री सिपी मैनालीले सरकारले राष्ट्रलाई अहित हुने गरी कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । पाँचथरको फिदिममा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने क्रममा आज बिहान यहाँ रासससँग कुराकानी गर्दै उहाँले अर्काे मुलुकको इच्छाबमोजिम वर्तमान सरकारले सम्झौता नगरेकाले नाकाबन्दी नहटेको विचार राख्नुभयो । “वर्तमान सरकार देशलाई अहित हुने कुनै पनि […]

चौतारा, १७ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुदले अनुशासन र आत्मबल बढाउनुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपाललाइ चिनाउने काम गरेकाले युवा खेलाडीलाइ प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । विश्व तेक्वान्दो महासङ्घको तत्वाबधानमा नेपाल तेक्वान्दो सङ्घ तथा सिन्धुपाल्चोक तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा भूकम्पपीडित तेक्वान्दो खेलाडी बालबालिकालाई सहयोग र विभिन्न प्रशिक्षण तथा तालिमको आज सिन्धुपाल्चोकको खाडीचौरमा उद्घाटन गर्दै […]

काठमाडौँ, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा स्थिरता, शान्ति, विकास, अग्रगमन कायम गर्न सकेमा मात्र सहिदप्रति सच्चा सम्मान र श्रद्धाञ्जलि हुने भएकाले यसतर्फ सबै नेपाली एकताबद्ध भएर लाग्न जरुरी रहेको बताउनुभएको छ । सहिद दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रपतिले राष्ट्रनिर्माणको महायज्ञमा स्वतःस्फूर्तरूपले समाहित भई ज्ञातअज्ञात सहिदको सपना साकार […]

काठमाडौँ, १५ माघ । नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मानव सभ्यताको विकासक्रममा शैव परम्पराको विशिष्ट महत्व रहेको बताउनुभएको छ । पशुपति क्षेत्र विकास कोष कर्मचारी सङ्गठन नेपालको चौथो अधिवेसनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले पशुपति क्षेत्रको संरक्षण गरी त्यहाँ धार्मिक पर्यटकलाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । नेता खनालले संविधानले सबैका […]

विराटनगर, १३ माघ । उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय निकायको निर्वाचन चाँडोभन्दा चाँडो गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा पूर्वाञ्चल विकास क्षेत्रको आव २०७२÷०७३ को अर्धवार्षिक समीक्षा गोष्ठीको विराटनगरमा आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले स्थानीय निकायको निर्वाचनका लागि सरकार […]

काठमाडौँ, ११ माघ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाली चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गरी मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा अगाडि बढाइने बताउनुभएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाली कथानक चलचित्र ‘आवेग’ को अडियो विमोचन गर्दै मन्त्री राईले नेपाली चलत्रित्र क्षेत्रलाई व्यवस्थित गर्नेबारे विगतका दिनमा सरकार र राज्य चुक्दै आएको हुँदा अबका दिनमा […]

काठमाडौँ, ९ माघ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले कुनै पनि समस्या समयमै समाधान गर्न सकिएमा विवाद आफँैमा खतरनाक नहुने बताउनुभएको छ । नेपाल मध्यस्थता परिषद् (नेप्का)को २४ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले विकास, लगानी तथा आर्थिक क्रियाकलापका गतिविधि बढ्दै जाँदा विवाद आउँछन्, विवाद आउँदैमा सबै सिद्धियो भन्ने मानसिकता त्याग्नुपर्ने बताउनुभयो । […]