Archive for: July, 2017

विदेशबाट फर्केका युवाले गरे माछापालन

गोरखा, असार २० गते । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा बसेर फर्किएका युवाले गोरखाको देउरालीस्थित तीन किलोमा र मनकामनाको कल्लेरीमा व्यावसायिक माछापालन सुरु गरेका छन् । तीन किलोमा ‘सहारा कृषक समूह’ र मनकामनामा ‘लाफा नमुना’ कृषक समूह गठन गरी युवाले माछापालन, सुँगुरपालन, केराखेती र तरकारीखेती गर्दै आएका छन् । सो¥हजना युवक मिलेर सहारा कृषक समूहमार्फत […]


२ सय ८८ स्थानीय तहको नतिजा सार्वजनिक (सूचिसहित)

काठमाडौँ, असार २० गते । स्थानीय तहको दोस्रो चरणमा असार १४ गते सम्पन्न ३ सय ३४ स्थानीय तहमध्ये २ सय ८८ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमध्ये एमाले पहिलो स्थानमा छ भने नेपाली काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । सार्वजनिक नतिजाअनुसार एमालेले हालसम्म एक उपमहानगरपालिका र २८ नगरपालिकासहित […]


मन्त्रिपरिषद्मा महिलाको सहभागिता एक तिहाइ पु¥याउन माग

काठमाडौँ, असार २० गते । अन्तरपार्टी महिला सञ्जालले मन्त्रिपरिषद्मा महिलाको सहभागिता एक तिहाइ पु¥याउन माग गरेको छ । सञ्जालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझाउँदै निकट भविष्यमा विस्तार हुने मन्त्रिमण्डलमा संविधानको भावना र मर्मबमोजिम महिलाको न्यूनतम एक तिहाइ प्रतिनिधित्व सुनिश्चितता गर्न माग गरेको हो । संवैधानिक आयोग, कूटनीतिक निकाय र अन्य सरकारी निकायमा […]


निजी वायु कम्पनीले आन्तरिक भाडा घटाए

काठमाडौँ, असार २० गते । हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन् । नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो । निगमले हवाई इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको सङ्घका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिनुभयो । निगमले हवाई […]


ऐन, कानुन उपलब्ध गराउन र निर्वाचनको मिति तोक्न सरकारलाई आयोगको आग्रह

काठमाडौँ, असार २० गते । निर्वाचन आयोगले प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अत्यावश्यक पूर्वाधारका रूपमा रहेको कानुन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन सरकारलाई पत्राचार गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आयोगमा आज बसेको बैठकले गृह मन्त्रालयमार्फत सरकारलाई उक्त विषयको पत्र पठाउने निर्णय गरेको […]


सुदूरपश्चिममा विकासका पूर्वाधार तयार गर्न विशेष कार्यक्रम ल्याइने – प्रम

धनगढी,असार १९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले बाटो, बिजुली, सिँचाइलगायतका पूर्वाधार पर्याप्त रुपमा जुटाउन सके विकास र समृद्धि हासिल हुने बताउनुभएको छ । आज यहाँ आयोजित प्रदेश नं ७ (सुदूरपश्चिम)को सामाजिक आर्थिक विकास व्यवस्थापन तथा मार्गचित्र तयारीसम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै सुदूरपश्चिम विकास परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाले ७ नं प्रदेशको विकासका लागि बजेट वृद्धि […]


राष्ट्रिय स्वार्थलाई ध्यान दिनुस् : गृहमन्त्री शर्मा

काठमाडौँ, असार १९ गते । गृहमन्त्री जनार्दन शर्माले नेपाल भित्रिनेका लागि पहिलो र नेपाल छाड्नेका लागि अन्तिम ढोका अध्यागमन विभाग भएकाले यसमा कार्यसम्पादन गर्नेले राष्ट्रिय स्वार्थलाई ध्यान दिन निर्देशन दिनुभएको छ । विभागद्वारा तयार गरी आजदेखि कार्यान्वयनमा ल्याएको ‘इमिग्रेसन मोबाइल एप’को विभागको सभा हलमा सार्वजानिक गर्दै उहाँले भन्नुभयो, “यहाँका केही कर्मचारीले मिलेमतो (सेटिङ)मा व्यक्तिगत स्वार्थमा […]


कृषकले पाए लप्सी प्रशोधन गर्ने आधुनिक उपकरण

फलेवास (पर्वत), असार १९ गते। आधुनिक उपकरणकोे अभावमा जिल्लामा उत्पादित लप्सी खेर गइरहेका बेला पहिलोपटक पर्वतमा आधुनिक उपकरण भित्रिएको छ । नेपालमा मात्र पाइने र सबैभन्दा बढी पर्वत जिल्लामा उत्पादन हुने लप्सीको उचित रुपमा प्रशोधन हुन नसक्दा जिल्लाका अधिकांश स्थानमा उत्पादित लप्सी कुहिएर जाने गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको एक गाउँ एक उत्पादनमा […]


निगमको बोइङ मर्मत गर्न सिङ्गापुर लगिँदै

काठमाडौँ, असार १९ गते । अन्तर्राष्ट्रिय उडान भर्दै आएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का एक मात्र बोइङ कलसाइन ९ एनएसिबी मर्मत गर्न सिङ्गापुर लगिने भएको छ । एक साता बढीदेखि ग्राउन्डेड रहेका उक्त बोइङको मर्मत गर्न करिब ४५ देखि ६० दिन लाग्न सक्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार […]


२५७ स्थानीय तहमा नेकपा एमालेको सुरूदेखिकै अग्रता कायमै —कसले कति जिते (सूचीसहित)

काठमाडौँ, असार १९ गते । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये सोमबार साँझ ८ बजेसम्म २ सय ५७ तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ । चुनावी नतिजामा नेकपा एमालेले सुरूदेखिकै अग्रता कायमै राखेको छ । अहिलेसम्म ३५ मध्ये २० जिल्लाका सबै स्थानीय तहको मतणना सकिइसकेको छ । एमालेको फराकिलो […]




TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter