धनगढी, असार २७ गते । कैलालीमा सोमबारसम्म ८५ प्रतिशत धान रोपाइँ पूरा भएको छ । यस वर्ष मनसुन असार १५ गते पछि मात्र सक्रिय हुँदा रोपाइँ ढिलो गरी सुरु भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत कोमल शाहीले बताउनुभयो । जिल्लामा ७२ हजार ४०० हेक्टर जग्गामा वर्षे धानबालीको खेती हुने गरेकामा आधा भन्दा बढी […]
भीमेश्वर (दोलखा), असार २६ गते । भूकम्पपछि बन्द भएका होमस्टे (घरबास) सञ्चालन नआउँदा भीमेश्वर मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकमा कमी आएको छ । भूकम्पले घरमा क्षति पु¥याएपछि ऐतिहासिक र धार्मिक महत्व बोकेको भीमेश्वर मन्दिरवरपर भएका ३० वटा होमस्टे सञ्चालनमा आउन सकेका छैनन् । सो मन्दिरमा शनिबार र मङ्गलबार भक्तजनको घुइँचो लाग्ने गर्दछ […]
चन्द्र पन्दाक / ताप्लेजुङ, असार २६ गते । ताप्लेजुङ जिल्ला अलैंचीको बिरुवामा आत्मनिर्भर बनेको छ । पछिल्लो वर्ष जिल्लाका किसान आफैँले नर्सरीमार्फत गुणस्तरीय बिरुवा उत्पादन गर्न थालेसँगै अलैंची बिरुवाका लागि जिल्ला आत्मनिर्भर बनेको हो । गएको वर्षदेखि बिरुवाका लागि आत्मनिर्भर मात्र नभई अलैंची बिरुवा जिल्ला बाहिर पठाउन सक्ने क्षमतासमेत ताप्लेजुङले बनाएको छ । करिब तीन […]
गोरखा, असार २२ गते । बाह्रसय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणबाट पानीको सतहले डुबाउने अनुमान गरिएका गोरखाका विभिन्न गाउँका प्रभावित बासिन्दालाई जग्गाको मुआब्जा वितरणका क्रममा ३१५ जना थपिएका छन् । मुआब्जा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार यसअघि ५८३ जनालाई मुआब्जा रकम दिइसकिएकामा ३१५ जना थपिएको हो। प्रभावितलाई राष्ट्रिय वाणिज्य बैंकमा […]
काठमाडौँ, असार २१ गते । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३०७ स्थानीय तहका मतपरिणाम घोषणा भएको छ । सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नम्बर १ का ११९, प्रदेश नम्बर ५ का […]
काठमाडौँ, असार २० गते । निर्वाचन आयोगले प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अत्यावश्यक पूर्वाधारका रूपमा रहेको कानुन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन सरकारलाई पत्राचार गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आयोगमा आज बसेको बैठकले गृह मन्त्रालयमार्फत सरकारलाई उक्त विषयको पत्र पठाउने निर्णय गरेको […]
काठमाडौँ, असार १९ गते । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये सोमबार साँझ ८ बजेसम्म २ सय ५७ तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ । चुनावी नतिजामा नेकपा एमालेले सुरूदेखिकै अग्रता कायमै राखेको छ । अहिलेसम्म ३५ मध्ये २० जिल्लाका सबै स्थानीय तहको मतणना सकिइसकेको छ । एमालेको फराकिलो […]
काठमाडौँ, असार १८ गते। नेपाल आयल निगमले आज (आइतबार) रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम प्रवक्ता सिताराम पोख्रेलका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समान २ रुपैयाँ प्रतिलिटर घटाइएको छ । हवाइ इन्धन प्रतिलिटर ४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ प्रतिसिलिन्डर घटाइएको छ । मूल्य घटेपछि […]
काठमाडौँ, असार १७ गते । काठमाडौँ उपत्यकाको एक तिहाई भन्दा बढी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने गरी धादिङमा भाँसिएको नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणाली पुनः निर्माण गरिएको छ । प्राधिकरणकाअनुसार मस्र्याङ्दी–काठमाडौँ १३२ केभी प्रसारण लाइनको टावर नं १७९ गोरखा भूकम्पको क्रममा भाँसिएको थियो । धादिङको नौबिसे र गजुरीका बीचमा पर्ने सो टावर पुनः निर्माणका लागि […]
काठमाडौं– बुधबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार साँझ बजेसम्मको मतगणना अनुसार ३१ स्थानीय तहको नतिजा प्राप्त भएको छ । जसमा एमाले १४ स्थानमा विजयी हुँदै शीर्ष स्थानमा रहेको छ भने कांग्रेस १० स्थानीय तहमा जित दर्ता गर्दै दोस्रो स्थानमा छ । यसैगरी माओवादी केन्द्र ६ स्थानमा जित हात […]