भूपेन्द्रसिंह विष्ट / डडेल्धुरा, माघ २८ गते । अमरगढी नगरपालिका–१ तडिपाटाका प्रकाशबहादुर ऐर पेशाले सरकारी शिक्षक हुनुहुन्छ । उहाँले पढाउने विद्यालय घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम मावि भातकाँडा हो । उहाँ सो विद्यालयमा गणित र विज्ञान विषय अध्यापन गराउनुहुन्छ । उहाँ शिक्षण पेशामा आबद्ध भएको २२ वर्ष पुग्यो जसमा सात वर्ष करार र १५ […]
काठमाडौं, माघ २७ गते । नेपाल सरकारले वैशाख १७ गते चारवटा प्रदेशका ४० जिल्ला र वैशाख २७ गते ३७ वटा जिल्लामा प्रतिनिधिसभाको लागि निर्वाचन गर्ने निर्णय गरेको छ । माघ २६ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्ने सिंहदबारमा मगंलबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सो बारे जानकारी गराउनुभएको हो […]
सञ्चिता घिमिरे / काठमाडौँ, माघ २६ गते । सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरुपमा […]
काठमाडौं, माघ २५ गते । पहिलो चरणको कोभिड खोप कार्यक्रम शनिबार सम्पन्न भएको छ । १० दिनसम्म चलेको पहिलो चरणको खोप अभियानका क्रममा करिब एक लाख ८७ हजार जनाले खोप लगाएका छन् । ती मध्ये कसैमा पनि कुनै प्रकारको समस्या नदेखिएको कोभिड खोप विज्ञ सल्लाहकार समितिले जनाएको छ । समितिका संयोजक डा. श्यामराज उप्रेतीले पहिलो […]
अविनाश चौधरी / धनगढी, माघ २४ गते । कैलालीको धनगढीमा एकल महिलाले रासायनरहित सेनेटरी प्याडको उत्पादन थालेका छन् । महिलाका प्रजनन स्वास्थ्यलाई मध्यनजर गरेर रासायनरहित सेनेटरी प्याड उत्पादन गर्न थालेको जनाइएको छ । मानव अधिकारका लागि महिला एकल महिला सुदूरपश्चिम समितिमार्फत उपकरण भित्र्याएर ‘कम्पोष्टेबल’ सेनेटरी प्याड उत्पादन गर्न थालेको वेद अवस्थीले जानकारी दिनुभयो । ‘प्लाष्टिक […]
अमरराज नहर्की / तनहुँ, माघ २३ गते । तनहुँ सदरमुकाम दमौली निवासी ६९ वषर््िाया मिश्रीमाया जिसी बुढेसकालमा पनि जोस र जाँगरसाथ नियमित विद्यालय जानुहुन्छ । एसइई पास गर्ने धोको पुरा गर्न विद्यालयमा धाईरहेको उहाँ बताउनुहुन्छ । व्यास नगरपालिका–३ शान्तिनगर स्थित महर्षि वेदव्यास सस्कृत माध्यमिक विद्यालयमा ‘‘गृहिणी शिक्षा’’ कार्यक्रम सञ्चालनमा आएपछि उहाँको बुढेसकालमा पढ्ने धोको पुरा […]
इश्वरचन्द्र झा / काठमाडौं, माघ २२ गते । नेपालले विश्व स्वास्थ्य संगठनको प्रयासमा कोभिड १९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउने भएको छ । कोभ्याक्सले खोप वितरणको सुरुवात फेब्रुअरी अन्तिमबाट सुरु गर्ने जनाएको छ । कोभ्याक्सले बुधबार ‘अन्तरिम वितरण पूर्बानुमान’ शीर्षक राखेर जारी गरेको वक्तब्यमा १४० राष्ट्रलाई पहिलो चरण अन्तर्गत ३३ करोड ६० लाख […]
काठमाडौं माघ २१ गते ।विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा यसअघि संवैधानिक परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गर्नुभएको छ । राससका अनुसार राष्ट्रपति भण्डारीको समुपस्थितिमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा […]
सुशीला रेग्मी / रामपुर (पाल्पा), माघ २० गते । कोरोनाका कारण विश्वमा नै हरेक पेशा तथा व्यवसाय प्रभावित भएको अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक आलुखेती रोजेका छन् । रामपुर नगरपालिका–६ स्थित विजयपुरमा ट्वान्टी ट्वान्टी नामक समूह स्थापना गरी २० जना युवा सामूहिक आलुखेतीमा लागेका हुन् । वैदेशिक रोजगारमा रहँदा कोरोनाको महामारी खेपेका […]
काठमाडौं, माघ १८ गते । नेपालमा कोरोना भाइरसका एकसय पाँच जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ९५९ जना पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ३०८ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय पाँच […]