एक्सक्लुसिभ समाचार

काठमाडौँको विद्युत् प्रणाली भूमिगत गरिंदै

काठमाडौँ, फागुन १२ गते । विद्युतीय दुर्घटनाको जोखिम न्यून गर्दै, शहरको सौन्दर्य बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको प्रशारण प्रणालीलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न निर्माण व्यवसायी छनोट गरेको छ । ती वितरण केन्द्रअन्तर्गतको विद्युत्को […]


प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम; धमाधम थपिँदै सवस्टेशन

डोटी, फागुन १० गते । जिल्ला प्रहरी कार्यालय डोटीले जिल्लामा सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उक्त अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विद्यानन्द माझीले बताउनुभयो । उहाँले भन्नुभयो, […]


राष्ट्रपतिबाट छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ

वीरगञ्ज, फागुन ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको आज शुभारम्भ गर्नुभएको छ । प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ । ७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ । वीरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित […]


नौ हजार परिवारलाई खानेपानी योजना

काभे्रपलाञ्चोक, फागुन ७ गते । तेमाल क्षेत्रमा नौ हजार ३१० परिवारका लागि खानेपानी आयोजना सञ्चालन भइरहेको छ । कूल रु एक अर्ब २७ करोडको लागतको सञ्चालन गरिएको आयोजनाको ४० प्रतिशत काम सकिएको तेमाल बृहत् सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष सङ्ग्रामजित लामाले जानकारी दिनुभयो । उहाँका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी […]


मनकारी डा जोशीको अभिनन्दन गरिँदै

धनगढी, फागुन ६ गते । संयुक्त राज्य अमेरिकाको पश्चिम भर्जिनियाको फेयरमण्ट निवासी प्रा डा तुलसीराम जोशीले धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयलाई रु ८० लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ । यो सहयोगसँंगै श्री राष्ट्रिय माध्यामिक विद्यालयको नाम परिवर्तन भई ‘श्री राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालय’ हुने विद्यालयका प्रधानाध्यापक गणेशराज भट्टले जानकारी […]


प्रजातन्त्र दिवस भव्यताका साथ मनाइँदै

काठमाडौँ, फागुन ५ गते । आगामी ६९ आँै प्रजातन्त्र दिवस भोलिदेखि तीनदिनसम्म भव्यताका साथ मनाइँदैछ । यसै अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर सञ्चालनमा रहेका सरकारी तथा निजी छापामाध्यम, एफएम रेडियो, टेलिभिजनलगायत अन्य सञ्चारमाध्यमहरूलाई प्रजातन्त्र दिवसको विषयलाई उच्च प्राथमिकता दिई समाचार प्रसारण, बुलेटिन, परिसम्बाद, अन्तरक्रिया आदि कार्यक्रम सञ्चालन गर्न आह्वान गरेको हो । प्रजातन्त्र […]


बैंकलाई ब्याजदर लचिलो बनाउन आग्रह : प्रधानमन्त्री ओली

काठमाडौँ, फागुन ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा उहाँले बैंकलाई ब्याजदरमा लचिलो हुन आग्रह गर्नुभएको हो । उहाँले बैंकलाई उत्पादनमूलक, रोजगारीका अवसर सिर्जना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरूमा लगानी गर्न सुझाव […]


सरकारको एक वर्ष: सङ्घीयता कार्यन्वयनमा सफलता

काठमाडौँ, फागुन ३ गते । संविधानसभाबाट जारी गरिएको संविधानमा मुलुक सङ्घीय संरचनामा जाने भनिएको थियो । सङ्घीय संरचनाअनुसार अहिले मुलुक सङ्घसहित ७ प्रदेश र ७५३ स्थानीय तह रहेका छन् । संविधान जारी भएपछिको दुई वर्षमा मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भएर मुलुकमा सङ्घमा २२ जनाको मन्त्रालय सात प्रदेशमा सात÷सातका दरले सरकार र […]


रेडियो बन्द गर्न नजान्ने सुनिता भइन् रेडियो सञ्चालिका

महोत्तरी, फागुन १ गते । ससुराली घरमा रहेको सानो रेडियो बन्द गर्न नसिकेकी महोत्तरीकी सुनिता अहिले रेडियो सञ्चालिका भएकी छिन् । गौशाला नगरपालिका– ११ का ३८ वर्षीया सुनिताकुमारी अहिले गौशालास्थित रेडियो रुपान्तरणकी सञ्चालिका बनेकी छिन । विसं २०५६ मा विवाहबन्धनमा बाँधिएकी सुनितालाई त्यसवेलासम्म रेडियो बन्द गर्न पनि नजान्दा आफू हीनतावोध महसुस भएको बताईन् । जनकपुर […]


इण्टरनेटबाटै सवारी जाँच !

बाँके, माघ २८ गते । अब तपाईँको गाडी इण्टरनेटबाटै जाँच हुनेछ । लामो दूरीका गाडीमा दुई चालक भए नभएको, चालकले कति दूरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए नभएको लगायत जाँच इण्टरनेटबाटै हुनेछ । तपार्इँ गाडी चलाउँदै हुनुहुन्छ अथवा गाडीको मालिक हो भने अब तपाईँ ट्राफिक पुलिसको आँखाबाट टाढा रहन सक्नुहुनेछैन । ट्राफिक पुलिसले यसका लागि […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter