एक्सक्लुसिभ समाचार

निर्वाचनबाट संविधानको भावना र जनताको चाहनाले मूर्तरुप लिने विश्वास

काठमाडौँ, भदौ २२ गते। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष स्थानीय तहको पहिलो र दोस्रो चरणमा भएको निर्वाचन तथा आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनको तयारीका बारेमा निर्वाचन आयोगका पदाधिकारीले अवगत गराउनुभएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको नेतृत्वमा गएको आयोग पदाधिकारी टोलीले निर्वाचन स्वच्छ र मर्यादित बनाउनका लागि आयोगले आचारसंहिता पालनामा […]


कृषि तथा वन विज्ञानको अध्ययन प्राथमिकतामा– प्रधानमन्त्री देउवा

काठमाडौँ, भदौ २१ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले कृषि तथा वन विज्ञानको अध्ययन, अध्यापन, अनुसन्धान र प्रसार राष्ट्रिय आवश्यकता एवं प्राथमिकताको विषय भएको बताउनुभएको छ । आज यहाँ आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको छैठौँ साधारण बैठकमा विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री देउवाले विश्वविद्यालयको विकास र विस्तारका लागि आंगिक कलेज र कृषि विज्ञान केन्द्र […]


उम्मेदवारी मनोनयन दर्तामा उत्साहपूर्वक सहभागी हुन आयोगको अपिल

काठमाडौँ, भदौ २० गते । निर्वाचन आयोगले प्रदेश नं २ का आठ जिल्लाका १३६ वटै स्थानीय तहमा बुधबार हुने उम्मेदवारी मनोनयन दर्ता कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन सबै राजनीतिक, उम्मेदवार र आम जनसमुदायलाई अपिल गरेको छ । तेस्रो चरणको स्थानीय तह निर्वाचन तयारीका विषयमा जानकारी दिन निर्वाचन आयोगमा आज आयोजित पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद […]


प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पारित; चुनावी गाँठो फुक्यो

काठमाडौँ, भदौ १९ गते । राज्य व्यवस्था समितिको आजको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा गठनसम्बन्धी विधेयक पारित गरेको छ । नेपालको संविधान, २०७२ को धारा १७६ ले प्रदेशसभा र धारा ८४ ले प्रतिनिधिसभा गठनसम्बन्धी व्याख्या गरेको छ । नेपाली काँग्रेसका राधेश्याम अधिकारी, शंकर भण्डारीलगायतका सांसदले भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने संशोधन प्रस्ताव फिर्ता लिएपछि विधेयक पास भएको […]


‘सरकारी अस्पतालको उपचारमा विश्वास गरौँ’

काठमाडौँ, भदौ १८ गते । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारी अस्पताललाई विश्वास गरी सबै खाले व्यक्तिले उपचार गराएर सक्षम बनाउनुपर्ने बताउनुभएको छ । मौसमी रुघाखोकीको समस्या देखिएपछि करिब एक साता वीर अस्पतालमा उपचार गराएर आज घर फर्किनुभएका मन्त्री पोखरेलले भन्नुभयो, ‘‘मन्त्री हुनु पहिले पनि मैले वीरमा भर्ना भएरै उपचार गराएको छु, सरकारी अस्पतालले गुणस्तरीय सेवा दिन्छन् […]


कर्णाली नदी बेसिनलाई ऊर्जा र पर्यटनको हब बनाउने सरकारको तयारी

काठमाडौँ, भदौ १७ गते । सरकारले कर्णाली र त्यसका सहायक नदीबाट विद्युत् उत्पादन गर्ने र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी संयुक्त कार्यक्रम अगाडि बढाउने भएको छ । मुलुकको जलविद्युत् विकासको प्रचूर सम्भावना भएका क्षेत्रमध्ये कर्णाली नदी र त्यसका सहायक नदी नै हुन् । सरकारले पहिचान गरेकै आधारमा हेर्ने हो भने दक्षिण एसियाली […]


मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचकः अर्थमन्त्री कार्की; लगानीको वातावरण बनेकोमा निजी क्षेत्र खुसी

काठमाडौँ, भदौ १६ गते । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेकाले सबै क्षेत्रबाटसहयोग एवं लगानीका क्षेत्रमा क्रियाशील हुन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “अर्थतन्त्र चुनौती र अवसरको दोसाँधमा छ । त्यसलाई कसरी सबल बनाउन सकिन्छ भन्नेमा हामी चिन्तनशील छाँै । उद्योग व्यवसायी एवं सञ्चार क्षेत्रले दिगो अर्थतन्त्रको विकासका लागि सहयोग गर्नु […]


महाकाली पुलले अर्थतन्त्र विकासमा मद्दत पुग्ने छ : प्रम

भीमदत्तनगर, भदौ १५ गते । प्रधानमन्त्रीसभापति शेरबहादुर देउवाले महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको आज शिलान्यास गर्नुभएको छ । शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पुल बनेपछि सुदूरपश्चिमको मुहार फेरिनाका साथै मुलुककै अर्थतन्त्र विकासमा मद्दत पुग्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले महाकाली नदी पारि दोधारा चाँदनीमा पनि सुख्खा बन्दरगाह निर्माण थालिने बताउँदै आफू […]


एक सय तेह्र विद्यालय पुनःनिर्माण; भूकम्प अनुदान रकम चोरी गर्ने दुईजना पक्राउ

गोरखा, भदौ १४ गते । फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका ११३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनःनिर्माण गरेको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, मसेल, बगुवा, ताप्ले, मान्वु, आरुघाटलगायत क्षेत्रका विद्यालयमा अर्धपक्की भवन निर्माण गरिएको फिन चर्च एडकी कार्यकारी व्यवस्थापक जेभिस रानाले जानकारी दिनुभयो । दुईकोठे एउटा भवन पुनः निर्माणलाई रु १० लाख ३८ हजार […]


जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढने

कञ्चनपुर, भदौ १३ गते । कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी अब सामुदायिक विद्यालयमा पढने भएका छन् । सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाइ शिक्षाको गुणस्तर खस्कन नदिनका लागि यो अभियान सञ्चालन गरिएको हो । नगरपालिकाले नीति तथा कार्यक्रममै राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, जननिर्वाचित प्रतिनिधि र राजनीतिक दलका नेताका छोराछोरीलाई सामुदायिक विद्यालयमा […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter