एक्सक्लुसिभ समाचार

स्थानीय तहको निर्वाचनलाई सरकारलाई १७ बुँदे निर्देशन

काठमाडौँ, भदौ २ गते । निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा हुने स्थानीय तहको निर्वाचनलाई कुशलतापूर्वक व्यवस्थापन गर्ने सिलसिलामा सरकारलाई १७ बँुदे निर्देशन दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले निर्वाचनको सन्दर्भमा आयोगबाट भएका निर्णय र मातहतका कार्यालयबाट भएका पत्राचारलाई […]


प्रधानमन्त्रीद्वारा बाढीग्रस्त क्षेत्रको अवलोकन, नगद सहयोग वितरण; राहत, उद्धार तथा पुनः स्थापनामा जुट्न प्रचण्डको आह्वान

नेपालगञ्ज, भदौ १ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँके जिल्लाका राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीनजना बालिकाका परिवारलाई आज नगद सहयोग वितरण गर्नु भएको छ । जिल्लाको सो गाउँपालिकाको कमैया डाँडामा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई रु छ लाखको चेक हस्तान्तरण गर्नुभयो । सरकारले बाढीपहिरोमा मृत्यु भएका […]


मंसिर दोस्रो साता भित्र संघ र प्रदेश निर्वाचन गर्न प्रमुख तीन दल सहमत

काठमाडौँ, साउन ३२ गते । प्रमुख तीन दलले आगामी मंसिरको दोस्रो साता भित्र प्रदेश र केन्द्रीय संसदको निर्वाचन सम्पन्न गर्ने सहमति गरेका छन् । माघ ७ गते भित्र संविधानको पूर्ण कार्यान्वयनको आधार तयार गर्ने गरी संघ र प्रदेश निर्वाचन गर्न दलहरु सहमत भएका हुन् । राजधानीको वालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ बसेको प्रमुख तीन दल नेपाली […]


प्राकृतिक विपतलार्इ ध्यान दिँदै डा. केसीको अनशन स्थगित

काठमाडौँ, साउन ३१ गते । बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएकाले देशको वर्तमान संकटलाई ध्यानमा राख्दै अनशन स्थगित गरेको डा. केसीले जनाएका छन् । पत्रकार सम्मेलनमा डा. केसीद्वारा हस्ताक्षरित विज्ञप्ति बाचन गरिएको थियो । विज्ञप्तिमा वर्तमानको संकट समाधान हुने बित्तिकै पुनः अनशन सुरु गर्ने जनाइएको छ । डा. केसीले आफ्ना माग पूरा गर्न पुनः आग्रह […]


प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण; धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

इटहरी, साउन ३० गते । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ । आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेना तथा स्थानीय प्रशासनबाट जानकारी लिनुभएपछि प्र्रधानमन्त्री देउवाले आपत्कालीन सहयोग उपलब्ध गराउन निर्देशन […]


बाढीका कारण प्राधिकरणको दुई अर्बभन्दा बढीको क्षति; सत्ताइस घण्टापछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

काठमाडौँ, साउन २९ गते । अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करिब रु दुई अर्बको हाराहारीमा हुन सक्ने देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज ऊर्जा मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा भन्नुभयो, “प्राधिकरणको संरचनामा अर्बौंको […]


बाढी पहिरोका कारण २९ जनाको मृत्यु;  कोसीको बाढी खतराको संकेतमाथि, ३७ ढोका खोलियो, थप ढोका खोल्न पहल

  काठमाडौँ, साउन २८ गते । शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट २९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार सुनसरीमा सात, झापा र सिन्धुलीमा चार÷चार जना, मोरङ, बाँके र पाँचथरमा तीन÷तीन, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा एक÷एक जना गरी २९ जनाको बाढी पहिरोका कारण मृत्यु भएको छ । […]


श्रम विधेयक २०७४ पारित, औद्योगिक वातावरण बन्ने विश्वास

काठमाडौँ, साउन २७ गते । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘श्रम विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले पेस गर्नुभएको उक्त विधेयकलाई आज पारित गरेको हो । श्रम ऐन, २०४८ लाई एकीकरण र संशोधन गर्न आएको विधेयक समय सापेक्ष र व्यावहारिक रहेको, सरकारले तोकेकोभन्दा कम पारिश्रमिक दिन नपाउने, समान कामको […]


कुरीति र परम्पराको अन्त्य गराँै – राष्ट्रपति

काठमाडौँ, साउन २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मिलेर नेपालमा विद्यमान बालविवाह, दाइजो प्रथा, बालश्रम, छाउपडीजस्ता विभिन्न प्रकारका कुरीति र परम्पराको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक संघ नेपाल र वल्र्ड भिजनले संयुक्तरूपमा शुरु गरेको बालविवाह अन्त्यको अभियानको यहाँ आज शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समाजमा व्याप्त कुप्रथाले देशको समग्र आर्थिक विकासमा नै […]


प्राधिकरणले आयात गर्ने विद्युत्को मूल्य तोकियो; थप विद्युत् आउने

काठमाडौँ, साउन २५ गते । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युत्को नयाँ मूल्य निर्धारण गरेको छ । भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल भारत विद्युत् आदानप्रदान समितिको बैठकले न्यूनतम रु ८.८८ देखि अधिकतम रु १०.३२ प्रतियुनिटमा विद्युत् खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको हो । नयाँदिल्लीमा रहनुभएका नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले टेलिफोनमा […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter