एक्सक्लुसिभ समाचार

एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने नीति लिइनेः मन्त्री कोइराला

काठमाडौँ, भदौ १२ गते । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले गैरसरकारी संस्थाबाट प्रदान हुँदै आएको सेवा सुविधालाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने नीति सरकारले लिइने बताउनुभएको छ । रिपोर्टस क्लबले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो – “ऐन परिवर्तन गरेर भएपनि एकद्वार प्रणाली लागू गर्नेतर्फ सरकार अगाडी बढेको छ ।” मन्त्री कोइरालाले समाज […]


भरतपुर अस्पतालमा डायलायसिस सेवा

चितवन, भदौ ११ गते । भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो । आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थपलियाले चितवन मेडिकल कलेजमा तीन पटक डायलासिस गरिएको बताउँदै आठ उपकरणमध्ये पाँच बिग्रिएपछि […]


सात दिनभित्र ग्राहकले मिटर नपाए कर्मचारीमाथि कारबाही

काठमाडौँ, भदौ १० गते । नेपाल विद्युत् प्राधिकरणको मिटर सात दिनभित्र ग्राहकलाई उपलब्ध नगराइए सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारबाही हुने भएको छ । ऊर्जा मन्त्रालयले प्राधिकरण र मुलुकभरका प्राधिकरणका सबै शाखा कार्यालयलाई यही भदौ ८ गते एक निर्देशनात्मक परिपत्रमार्फत साधारण मिटर माग गर्ने ग्राहकलाई सात दिनभित्र मिटर उपलब्ध गराउन निर्देशन दिएको छ । मिटर नपाएका […]


प्रधानमन्त्री देउवासँग भारतीय नेताहरुको भेटघाट; डुबानबाट बच्नका लागि नेपाल र भारत दुवै ठाउँमा तटबन्ध बनाउनुपर्ने

एकराज पाठक, नयाँ दिल्ली, भदौ ९ गते ।। मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज राष्ट्रपति भवनमा भारतका प्रमुख राजनीतिक दलका विशिष्ट नेताहरुले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री देउवासँग भारतीय जनता पार्टीका महामन्त्री राम माधव र सुब्रमण्यम स्वामी, जनता दल युनाइटेडका नेताद्वय केसी त्यागी र शरद यादव, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का नेता […]


नेपाल छिमेकी मात्र होइन, असल मित्र पनि होः प्रम देउवा; प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट

नयाँदिल्ली, भदौ ८ गते । भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भारतको छिमेकी मात्र नभएर एक असल मित्र पनि भएको स्पष्ट गर्नुभयो । उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज नयाँ दिल्लीको हैदरावाद भवनमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुभएको हो । भारत भ्रमणका क्रममा आजै दुई देशका प्रधानमन्त्रीबीचको औपचारिक द्विपक्षीय भेटवार्तापछि सहमति र […]


प्रधानमन्त्री देउवालाई स्वागत; काँग्रेस नेता निधि कार्यबाहक सभापति

नयाँदिल्ली / भदौ ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणको क्रममा केही समयअघि नयाँ दिल्ली आइपुग्नुभएको छ । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा आउनुभएको थियो । प्रधानमन्त्री देउवालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय […]


नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने

काठमाडौँ, भदौ ६ गते । सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मुलुकमा स्तरोन्नति हुने बताइएको छ । सोमबार यहाँ कम विकसित मुलुकहरुको नागरिक निगरानी मञ्च (एलडिसी) ले आयोजना गरेको राष्ट्रिय परामर्श गोष्ठीमा राष्ट्रिय योजना आयोगका सहसचिव लालशंकर घिमिरेले उक्त कुरा बताउनुभएको हो । सहसचिव घिमिरेका अनुसार आयोगले आफ्नो १२औँ आवधिक योजनामा निर्धारित […]


संविधान संशोधन विधेयक फेल, दुई तिहाईलाई ४८ मत पुगेन

काठमाडौँ, भदौ ५ गते । व्यवस्थापिका–संसद्बाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ फेल भएको छ । संसद्को आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न नसकेपछि विधेयक अस्वीकृत भएको हो । संशोधन विधेयक पारित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्या ५९२ को दुई तिहाइ ३९५ मत हुनुपर्नेमा पक्षमा […]


देश निर्माणमा सञ्चार क्षेत्रबाट अझ बढी योगदान हुनुपर्नेमा प्रमको जोड; पत्रकार पुरस्कृत

काठमाडौँ, भदौ ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुृदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा पत्रकारिता जगत्को अत्यन्त महत्वपूर्ण […]


संविधान कार्यान्वयन गर्न सबैसँग आग्रह

काठमाडौं, भदौ ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले हालै देशमा गएको बाढी, पहिरो र समसामयिक विषयमा चासो व्यक्त गर्नुहुँदै उच्च राजनीतिक समझदारीका साथ संविधान कार्यान्वयन गर्न सबैसँग आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शनिबार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवम् प्रमुख राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरी यस्तो आग्रह गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ । […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter