एक्सक्लुसिभ समाचार

सिंहदरबार अब स्थानीय तहमा

डम्बरजंग डाँगी / काठामाडौँ, जेठ १६ गते । चालू आर्थिक वर्षको बजेटले संविधानमा उल्लेख भएका स्थानीय तहका अधिकार र जिम्मेवारी सम्पादन गर्न ठूलो मात्रामा स्रोत साधन विनियोजन गरेको छ । भर्खरै स्थानीय तहको पुनः संरचना भई स्थानीय तहका ७४४ एकाइ बनेको र तीमध्ये २८३ एकाइमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले कार्यभार लिइसकेको तथा बाँकी ४६१ एकाइ […]


आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षका लागि रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारका राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४/७५ का लागि उक्त रकमको बजेट प्रस्तुत गरेका हुन। विनियोजित रकममध्ये र आठ खर्ब तीन […]


भूकम्पबाट क्षतिग्रस्त आठ लाखमध्ये चौवालिस हजार घरको पुनःनिर्माण सुरु

काठमाडौँ, जेठ १४ गते । भूकम्पले क्षति भएका आठ लाखमध्ये ४४ हजार ४५७ घरको पुनःनिर्माण सुरु भएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण आव २०७३÷७४ मा १७ हजार २४० लाभग्राहीले आफ्नो घर आफैँ निर्माण गरेको उल्लेख छ । पहिलो किस्ताको रु ५० हजार लिएका पाँच लाख ३३ हजार ६९१ लाभग्राहीमध्ये २५ हजार […]


सक्कली मतपत्र देखाएरै मतदाता शिक्षा

काठमाडौँ जेठ १३ गते । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षालाई अझै प्रभावकारी र घनिभूत तुल्याउने भएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा आयोगले दोस्रो निर्वाचनमा नमुना मतपत्रबाट मतदान गर्न सिकाउनुका साथै मतदाता केन्द्रहरुमा सक्कली मतपत्रका आधारमा मतदान चिह्नका बारेमा जानकारी दिने व्यवस्था समेत गरिने आयोगका सहसचिव नवराज ढकालले […]


स्थानीय तहमा खटिने कर्मचारीको समायोजनमा ध्यान दिन आग्रह

काठमाडौँ, जेठ १२ गते । स्थानीय तहमा आवश्यक कर्मचारीको खटनपटन गर्न र ती तहमा खटिने कर्मचारीको समायोजनसम्बन्धी मापदण्ड बनाउन माग सरकारसित माग गरिएको छ । सरकारी कर्मचारी समायोजनसम्बन्धी विधेयक द्रुतमार्गबाट ल्याउन, समायोजनसम्बन्धी मापदण्ड बनाउँदा कर्मचारीका सेवा सुविधालाई पहिलो ध्यान दिनसमेत सरकारलाई सुझाव दिइएको छ । सामान्य प्रशासन मन्त्रालय र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन […]


सरकारको नीति कार्यक्रम : पुरानै निरन्तरता, विकास र निर्वाचन प्राथमिकता

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रपतिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् । सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम ल्याएको हो । पहिलो चरणको स्थानीय तहको निर्वाचन सकिए पनि दोस्रो चरणको निर्वाचन बाँकी रहेकाले निर्वाचन आचारसंहिता लाग्ने हुँदा […]


प्रचण्डद्धारा प्रधानमन्त्री पदबाट राजीनामा; सम्वोधनमा के भने प्रधानमन्त्री प्रचण्डले ? (पूर्णपाठसहित)

काठमाडाैं , जेठ १० गते । प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिएका छन् । उनले जनताको नाममा सम्वोधन गर्दै प्रधानमन्त्रीको कार्यालय सिंहदरवारबाट राजीनामा दिएको घोषणा गरे । उनले आफ्नो सम्वोधनमा भनेका छन,‘एकथरी निराशावादीले अब नेपाल राजनीतिक र संवैधानिक शून्यतामा जाने भविष्यवाणी गरिरहेका थिए र अर्काथरीले राष्ट्रिय अखण्डतामै आशंका गरिरहेका थिए । सबै आर्थिक सूचकांकहरु निराशाजनक थिए […]


जनप्रतिनिधिलाई जेठ अन्तिम सातादेखि प्रशिक्षण; ‘आयोगलाई थप जिम्मेवारी’

काठमाडौँ, जेठ ९ गते । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित नगर तथा गाउँपालिका प्रमुखलगायतका पदाधिकारीलाई नयाँ संरचनाअनुसार स्थानीय अधिकारकाबारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही जेठको अन्तिम सातामा विज्ञबाट उपलब्ध गराइने सो अभिमुखीकरण नगर तथा गाउँपालिका उपप्रमुख तथा प्रमुख कार्यकारी अधिकृतलाई समेत प्रदान गरिनेछ । स्थानीय विकास, कानुन तथा योजना निर्माणमा […]


बयालिस स्थानीय तहको मत परिणाम औपचारिक रुपमा आउन बाँकी;  निर्वाचन नतिजा अपेक्षाकृतः माओवादी केन्द्र

  काठमाडौ: गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट १० हजार ६४० प्रतिनिधि निर्वाचित भएका छन्। संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार आज साँझ ५ बजेसम्ममा २८३ स्थानीय तहमध्ये २४१ स्थानीय तहको मतगणना समाप्त भई उम्मेदवारको विवरण प्राप्त भएको निर्वाचन आयोगले औपचारिक रुपमा आज जानकारी गराएको छ । अझै ४२ स्थानीय तहको […]


निर्वाचन आयोगलाई धन्यवाद; मतदाता शिक्षाका लागि स्वयंसेवक घरदैलोमा

काठमाडौँ, जेठ ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोग र निर्वाचनमा संलग्न सम्पूर्ण व्यक्तिलाई धन्यवाद दिनुभएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव तथा आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह र आयोगका सचिव गोपीनाथ मैनालीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफूसँग गर्नुभएको भेटमा प्रधानमन्त्री […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter