एक्सक्लुसिभ समाचार

गाईपालनसँगै सहकारी सञ्चालन

भक्तिविलास पोखरेल / गाईघाट, वैशाख २८ गते । व्यावसायिक गाईपालन गर्दै आएका यहाँका किसानले सहकारी संस्था र डेरी व्यवसाय सञ्चालन गर्न थालेपछि उनीहरूको आम्दानी बढेको छ । दुई वर्षअघिसम्म फाटफुट रूपमा एक÷दुईवटा गाई पालेर प्रत्येक बिहान आफै दूध बोकेर बजार र घरघर पुग्ने गरेका ती किसान हिजोआज घरैपिच्छै चार÷पाँच माउ जर्सी गाई पाल्न थालेका छन् […]


विस्थापित भयो भारतीय खरबुजा

वसन्त गिरी / कपिलवस्तु, वैशाख २७ गते । वाणगङ्गा नदी किनारमा उत्पादन भएको खरबुजाले भारतबाट आयातित खरबुजालाई विस्थापित गरेको छ । बुद्धभूमि नगरपालिका मोतिनगरका कृषकले वाणगङ्गा नदी किनारको बगरमा लगाएको खरबुजा खेतीबाट राम्रो उत्पादन भएपछि यसले सदरमुकाम र जिल्लाका मुख्य बजारमा राम्रो दाम पाएका छन् । यहाँको भन्दा भारतीय खरबुजा महँगो पर्छ भने धेरै दिनअघि […]


काठमाडाैंवासीलार्इ नै थाहा छैन मत हाल्ने तरिका !

काठमाडौँ, वैशाख २६ गते । स्थानीय तहको निर्वाचन आउन पाँच दिन मात्र बाँकी हुँदा पनि मतदाता शिक्षा प्रदान गर्ने व्यक्ति नभेटिएको काठमाडौँको उत्तर पूर्वी भेगका मतदाताको गुनासो छ । संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी दुई मतपत्रमा मत दिएकाहरु अहिले एउटै मतपत्रमा सात मत दिन पाइन्छ भन्दा अन्योलमा पर्ने गरेका छन् । प्रचारप्रसारका लागि छोटो […]


महिलाको उम्मेदवारी ३९ प्रतिशत; स्थानीय निर्वाचनले महिलामा उत्साह जगाए पनि उपप्रमुख र उपाध्यक्षमै सीमित

काठमाडौँ, वैशाख २५ गते । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कुल उम्मेदवार ४९ हजार ३३७ जना रहेकामा महिला उम्मेदवारको सङ्ख्या ३९ प्रतिशत रहेको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख, वडाअध्यक्ष र सदस्य गरी १९ हजार ३३२ महिला उम्मेदवार रहेका छन् । अध्यक्ष÷प्रमुखमा एक हजार आठ सय ८० उम्मेदवार रहेकामा महिलाको सङ्ख्या […]


ट्याक्सी नम्बर वितरण जेठको दोस्रो साता

लक्ष्मण दर्नाल / काठमाडौँ, वैशाख २३ गते । भूकम्प प्रभावित परिवारलाई जेठको दोस्रो साता ट्याक्सी वितरण गरिने भएको छ । जेठ १३, १४ र १५ गते गोलाप्रथाद्वारा एक हजार पाँच सयवटा ट्याक्सी नम्बर वितरण गरिने यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले गत साउन ५ देखि भदौ ५ गतेसम्म १० जिल्लाका भूकम्पबाट अतिप्रभावित परिवारका लागि […]


सरकारको अर्जुनदृष्टि निर्वाचन र संविधान संशोधन

काठमाडौँ, वैशाख १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको प्राणवायु निर्वाचनलाई जसरी पनि सफल पारेर संविधान कार्यान्वयन र गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्न अहोरात्र खटिइरहनुभएको छ । पछिल्ला एक साताभित्र उहाँले गरेको उच्चस्तरीय राजनीतिक भेटवार्ता, छलफल र बहसले गणतन्त्रप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित मात्रै गरेनन्, तराई मधेश पहाड र त्यहाँका नेतृत्व पङ्क्तिलाई चुनावमा होमिन अभिपे्ररित गर्दै सहमति, […]


‘सरकारले हैन, आफैँ घर बनाउने हो, बरु ऋण चाहियो’

कालिञ्चोक (दोलखा), वैशाख १५ गते । सरकारबाट अनुदान पाएपछि घर आफैँ निर्माण गर्नुपर्छ भनी कालिञ्चोक गाउँपालिका–३, लामिडाँडाका ६० वर्षीय दिलबहादुर शिवाकोटीले पुनःनिर्माण सुरु गर्नुभएको छ । जिल्लाका अधिकांश पीडितमा सरकारले घर बनाइदिने भ्रम परेको उहाँको भनाइ छ । आफू यस्तो भ्रममा नपरेपनि पुनःनिर्माणका लागि दिइने भनिएको अनुदान सहयोग आउन ढिला भएकाले दुई वर्षसम्म पुनःनिर्माण गर्न […]


बजारमा विषालु आँप : उपभोक्ता मन्द विषको सिकार

वीरगन्ज, वैशाख १४ गते । रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् । खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन/भदौ महिनाको समय भएपनि स्थानीय बजारमा भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ । बिक्रीका लागि राखिएका यस्ता भारतीय आँपको […]


१२ सय छोराछोरी हुर्काउँदै एसओएसका आमाहरु

काठमाडौँ, वैशाख १३ गते । आफ्ना छोराछोरी हुर्काउन धौधौ मान्ने वर्तमान नेपाली समाजमा ५२ वर्षीया अविवाहिता गोमा गुरुङले आठ जना छोराछोरी हुर्काइरहनुभएको छ । उहाँले उनीहरुलाई माया र कर्म दिइराख्नुभएको छ । त्यतिमात्रै होइन गुरुङले अरु १७ जना छोराछोरीलाई उचित शिक्षादीक्षा दिएर हुर्काइसक्नुभएको छ । शिक्षा र रोजगारी पाएपछि समाजमा पुनःस्थापित भएका छोराछोरीमध्ये केहीका त […]


गोरखा भूकम्पको दुई वर्ष क्षति धेरै, लगानीअनुसार उपलब्धि थोरै; राष्ट्रपतिद्वारा भूकम्पले भत्काएको सम्पदाको अवलोकन

प्रशन्न पोखरेल / गोरखा, वैशाख १२ गते । बारपाकलाई केन्द्र बनाएर ‘गोरखा भूकम्प’ गएको दुई वर्ष पुगेको छ । भूकम्प गएदेखि अहिलेसम्मका गतिविधिलाई हेर्दा भूकम्पबाट अथाह क्षति भएको छ भने उपलब्धि निकै थोरै देखिन्छ । गोरखामा भूकम्पले ७० हजार निजी घर, सार्वजनिक, सरकारी, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदालाई बिगार्नुका साथै ४७२ जनाको ज्यान लिएको थियो […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter