एक्सक्लुसिभ समाचार

दोस्रो चरणको निर्वाचन जेठ ३१ गते; निर्वाचन दुई चरणमा गर्नाको कारणबारे परामर्श

काठमाडौँ, वैशाख १० गते । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनमा आबद्ध दलसँग भएको समझदारीअनुसार निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । प्रदेश नम्बर ३, ४ र ६ मा पहिलो […]


सरकार र मोर्चाबीचको बैठक सकियो : निर्वाचन दुई चरणमा गर्ने सहमति

काठमाडौँ, वैशाख ९ गते । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजेदेखि बसेको सरकार र मधेसी मोर्चाको बैठक सकिएको छ । बैठकले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति गरेको छ । पहिलो चरणको चुनाव वैशाख ३१ गते र दोस्रो चरणको चुनाव जेठमा गर्ने सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले बताए । निर्वाचनको […]


प्रधानमन्त्री तथा संयुक्त राष्ट्र सङ्घ सम्बद्ध विभिन्न विकास सङ्गठनका कार्यकारी प्रमुखहरुबिच भेटवार्ता; निर्वाचन तयारीबारे नियोग प्रतिनिधिलाई जानकारी

काठमाडौँ, वैशाख ८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र सङ्घ सम्बद्ध विभिन्न विकास सङ्गठनका कार्यकारी प्रमुखहरुले संयुक्त रुपमा शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री र कार्यकारी प्रमुखहरुबीच समसामयिक राजनीतिक परिस्थिति र संयुक्त राष्ट्र सङ्घको संलग्नतामा निर्माणाधीन विकास आयोजनाका बारेमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपाल संविधान […]


आगामी दशवर्षभित्र दश लाख रोजगारी सिर्जना गरिने : मन्त्री जोशी

काठमाडौँ, वैशाख ७ गते । औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले यहाँस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिसँग आज आयोजना गरेको छलफलमा स्वदेशभित्र रोजगारीका विविध अवसर जुटाउन सो योजना सार्वजनिक गरेको हो । दश वर्षभित्र नेपाली युवा […]


स्थानीय तह निर्वाचनः १०,६४० मतदानस्थल र १८,५७२ मतदान केन्द्र निर्धारण 

काठमाडौँ, वैशाख ६ गते । निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि सात प्रदेशका ७५ जिल्लामा रहने मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता […]


अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि बाह्रबुँदे निर्देशन

सिबी अधिकारी / काठमाडौँ, ५ वैशाख । मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान अवस्था सुधारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विशेष चासो देखाएको छ । पर्यटनमन्त्री दिलनाथ गिरीले आज विमानस्थलको स्थलगत अवलोकन गरी सेवा, गुणस्तर र व्यवस्थापनका लागि तत्कालीन, अल्पकालीन तथा मध्यकालीन सुधारका बाह्रबुँदे निर्देशन दिनुभयो । मन्त्री […]


मैना सुनुवार हत्याकाण्ड : दश वर्षपछि जन्मकैदको फैसला

बनेपा, वैशाख ४ गते । सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले आइतबार वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन शाही नेपाली सेनाका महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिल अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी […]


मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै; मतदाता शिक्षामा खटिए २१ हजार कार्यकर्ता

काठमाडौँ, वैशाख ३ गते । स्थानीय तह निर्वाचनका लागि आइतबार देशका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । आयोगका सचिव गोपीनाथ मैनालीले गोरखापत्रसँग कुरा गर्दै स्थानीय तह निर्वाचनका लागि ७५ जिल्लामा […]


संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता; सरकारले फिर्ता लियो प्रक्रियामा रहेको संशोधन विधेयक

काठमाडौँ | सरकारले संविधानको नयाँ संशोधन विधेयक व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा विधेयक शाखामा ‘नेपाल संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको हो । विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ । यसअघि संसदमा विचाराधीन रहेको सिमाना हेरफेरसहितको संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो […]


नेपाल उद्योग वाणिज्य महासङ्घको ५१औँ साधारणसभा; सङ्घीय प्रणालीमा दोहोरो कर लाग्दैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा मुलुकभित्र वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै प्रकारको दोहोरो कर नलाग्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५१औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो – “मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउन सङ्घीय प्रणालीमा मुलुकभित्रै वस्तु, सेवा र पुँजीको आवतजावतमा कुनै पनि प्रकारका दोहोरो कर नलाग्ने […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter