एक्सक्लुसिभ समाचार

एनआरएनले भूकम्प प्रभावित जिल्लामा एक हजार घर बनाउने

  काठमाडाँै, २२ मङ्सिर । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले आज भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सरकारी अधिकारीसँग पुनःनिर्माण योजनाबारे छलफल गर्नुभएको छ । भूकम्प प्रभावितलाई एक हजार घर निर्माण गर्ने तयारी गरिरहेको गैरआवासीय नेपाली सङ्घले सिन्धुपाल्चोकमा घर निर्माणस्थल छनौट गर्ने योजनासहित सरकारी अधिकारीलाई भेट गरेको हो । सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला […]


‘जनताको संविधान, जनताकै माझमा’ अभियानको प्रारम्भ

  काठमाडौँ, २१ मङ्सिर । सरकारले नेपालको संविधानका विशेषताका बारेमा जनतालाई सुसूचित गर्न ‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ । ‘नेपालको संविधान–जनताको संविधान’, ‘जनताको संविधानः जनताकै माझमा’ नारा दिइएको उक्त राष्ट्रिय अभियानको आज विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुभयो । समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएपछि सात […]


महानगरभित्रका नक्सा पास विद्युतीय प्रक्रियाबाट

  रमेश लम्साल काठमाडौँ, २० मङ्सिर । काठमाडौँ महानगरपालिका भित्र नयाँ घर तथा आवास गृह बनाउँदै हुनुहुन्छ भने अब तपाईले नक्सा पाससम्बन्धी सम्पूर्ण जानकारी अनलाइनमार्फत प्राप्त गर्न सक्नुहुनेछ । यसअघि हुँदै आएको परम्परागत नक्सा पाससम्बन्धी व्यवस्थालाई हटाएर अनलाइन प्रणालीमार्फत सबै प्रक्रिया अगाडि बढाउन लागिएको छ । अब घरमै बसेर नक्सा पासको प्रक्रिया कहाँ पुग्यो, कति […]


केसीसी मिडिया जर्नल बिमोचन

काठामाडौं, १९ मङ्सिर । पूर्वाञ्चल विश्वविद्यायलयका उपकुलपति प्रा डा. घनश्यामलाल दाशले कान्तिपुर सिटी कलेजको आमसञ्चार तथा पत्रकारिता विभागद्वारा प्रकाशित केसीसी मिडिया जर्नलको पहिलो अङ्कको आजयहाँ विमोचन गर्नुभयो । राससका कार्यकारी सम्पादक तथा पत्रकारिताका उपप्राध्यापक एकराज पाठक सम्पादक, केसीसीका लेक्चरर आभास राजोपाध्याय र जनार्दन विष्ट सहायक सम्पादक रहनुभएको सो जर्नलमा पत्रकारिताको उत्तरदायित्व, सञ्चार व्यवस्थापन, विकास पत्रकारिता, […]


दैनिक लाखौँं रुपैयाँ भारतीय बैँंकमा जम्मा

  वीरगन्ज, १८ मङ्सिर । औद्योगिक तथा व्यापारिक केन्द्र वीरगन्ज बैंक तथा वित्तीय संस्थाको प्रमुख आकर्षणको थलो भए पनि जिल्लाका सीमावर्ती ग्रामीण क्षेत्रमा बैंकिङ सेवा नपाएपछि त्यसक्षेत्रका स्थानीयवासी भारतीय बैंकमा कारोबार गर्न बाध्य भएका छन् । खुला तथा उदार आर्थिक व्यवस्थाका कारण मोफसलका ठूला सहरमा बैंँकहरु एकपछि अर्को सञ्चालनमा आएका छन् । तर नेपालको सीमावर्ती […]


प्रहरीद्वारा एक करोडको छात्रवृत्ति कोष स्थापना

काठमाडौँ, १७ मङ्सिर । प्रकोप पीडित प्रहरी कर्मचारीका सन्ततीको उच्च शिक्षाका लागि नेपाल प्रहरीले रु एक करोड आठ लाख त्रियासी हजार नौसय पाँच राशिको छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयमा आज बसेको बैठकले उक्त राशिको ‘प्रकोप पीडित प्रहरी सन्तती छात्रवृत्ति अक्षय कोष” स्थापना गर्ने निर्णय गरेको हो । गत वैशाख १२ […]


भरतपुरमा ५७४ घरमा डेंगु सार्ने लामखुट्टे फेला

  रत्ननगर (चितवन), १६ मंङ्सिर । यसपटक चितवनको भरतपुरका ५७४ घरमा डेंगु सार्ने लामखुट्टेका लार्भा र प्यूपा फेला परेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले हालै गरेको ‘लार्भा खोज र नष्ट गर’ अभियानका क्रममा २३ हजार ९३० घरघुरी मध्ये ५७४ घरमा डेंगु पोजिटिभ पाईएको हो । यहाँ कुल २३ हजार ९३० घरका ६० हजार ७२३ […]


रसुवागढीबाट चिनियाँ सामग्री भित्रिने क्रम बढ्यो

  धुन्चे (रसुवा), १५ मङ्सिर । उत्तरी नाका रसुवागढी भई चीनबाट नेपाल भित्रने सामग्रीको परिणाम दिनानुदिन बढ्दै गएको छ । रसुवा भन्सार कार्यालय, टिमुरेका अनुसार सयौँ कन्टेनर केरुङबाट फर्की भन्सार परीक्षणका लागि लाइनमा बसिसकेका छन् भने आयातित सामानमा इलेक्ट्रिक तथा तयारी कपडालगायत छन् । भूकम्पपछि बन्द रहेको नाका गत असोज २९ गतेदेखि सञ्चालनमा आएपछि पेट्रोलियम […]


रसुवा–केरुङ सडक खण्डको स्तरोन्नति गर्ने जिम्मा सेनालाई

काठमाडौँ, १४ मङ्सिर । सरकारले रसुवा–केरुङ सडक खण्ड स्तरोन्नति गर्ने जिम्मा नेपाली सेनालाई दिने भएको छ । भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन प्रभावित भएपछि वैकल्पिक उपाय खोज्ने उद्देश्यका साथ सो नाकालाई विस्तार गर्न लागिएको हो । अत्यावश्यकीय सामग्रीको आयात गर्नका लागि उत्तरको सबैभन्दा छोटो नाका भएकाले सरकारले सो मार्गलाई आगामी दुई वर्षभित्र दुई लेनको बनाउन […]


मेडिकल काउन्सिलको परीक्षामा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण

  काठमाडौँ, १३ मङ्सिर । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सकको प्रमाणपत्र (लाइसेन्स)को परीक्षामा आधाभन्दा बढी चिकित्सक विद्यार्थी अनुत्तीर्ण भएका छन् । काठमाडौँको स्वयम्भू सानो भ¥याङ्स्थित आर्मी प्रतिष्ठानमा शनिबार भएको परीक्षा ५१० जना चिकित्सक विद्यार्थीले परीक्षा दिएका थिए । जसमा २५२ विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । चिकित्सातर्फ ४६९ विद्यार्थीले परीक्षा दिएकामा २४६ विद्यार्थी उत्तीर्ण भएका […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter