एक्सक्लुसिभ समाचार

इन्धन अभावका कारण बन्द भएका विद्युत् आयोजनालाई इन्धन उपलब्ध गराइने

(रमेश लम्साल) काठमाडौँ, १२ मङ्सिर । सरकारले इन्धन अभावका कारण निर्माण अवरुद्ध भएका जलविद्युत् आयोजनालाई अगाडि बढाउन कार्यविधि बनाएर इन्धन उपलब्ध गराउने भएको छ । ऊर्जा सङ्कटका कारण मुलुक चरम सङ्कटमा परेको अवस्थालाई मध्यनजर गर्दै निर्माणाधीन आयोजनालाई केहीमात्रामा इन्धन उपलब्ध गराएको खण्डमा अगाडि बढ्न सक्ने अवस्था देखिएपछि सरकार त्यसतर्फ लागेको हो । नेपाल विद्युत् प्राधिकरणले […]


बाँच्न र पढ्न पाउनुपर्ने भन्दै चक्रपथमा विद्यार्थीको मानवसाङ्लो

  (अन्जली रम्तेल) काठमाडौँ, ११ मङ्सिर । विद्यार्थीको बाँच्न पाउने र पढ्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ भन्दै काठमाडौँको २७ किलोमिटर लम्बाईको चक्रपथमा विद्यार्थीसहितको मानवसाङ्लोले घेरी आज प्रदर्शन गरियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार चक्रपथलाई मानवसाङ्लो बनाई विद्यार्थी, अभिभावक र सरोकारवाला सबैले घेरेका थिए । बिहान ११ देखि १ बजेसम्म दुई घन्टा मानवसाङ्लोमा बसेको देख्दा लाग्दथ्यो उनीहरु आफ्नो […]


ऊर्जा दक्षता प्रवद्र्धनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

ललितपुर, १० मङ्सिर । मुलुकले ऊर्जा सङ्कट भोगिरहेका बेला उपलब्ध ऊर्जा स्रोतको किफायती उपयोगका सम्बन्धमा विभिन्न देशमा भएका अभ्यासको आदानप्रदान गर्ने उद्देश्यले आजदेखि यहाँ ऊर्जा दक्षताको संस्थागत विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । ऊर्जा दक्षताको प्रवद्र्धनको निमित्त यस क्षेत्रको संस्थागत विकासका लागि ठोस नीति तथा प्रभावकारी संरचना स्थापना गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ । […]


केन्द्रीय अस्पताललाई औषधि वितरण

काठमाडौँ, ९ मङ्सिर । स्वास्थ्य मन्त्रालयले प्रथम चरणमा उपत्यकाका तीन अस्पताललार्ई आवश्यक औषधि वितरण गरेको छ । केन्द्रीय अस्पतालले बुझाएका आवश्यक औषधिको सूचीअनुसार औषधि वितरण गरिएको औषधि व्यवस्था विभागका महानिर्देशक तथा औषधि सहज बनाउन गठित कार्यदलका संयोजक बालकृष्ण खकुरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “दातृ निकाय, नाकाबाट आएका औषधि तथा विभिन्न संस्थाबाट प्राप्त औषधि डा […]


ऋण कि राहत : भूकम्पपीडितलाई छान्न दिइने

नारायण न्यौपाने र रमेश लम्साल / काठमाडौँ, ८ मङ्सिर । सरकारले भूकम्पपछिको घर तथा आवास निर्माणका लागि रु दुई लाख सरकारी राहत अनुदान लिनेले ऋण नपाउनेसम्बन्धी कार्यविधिलाई अन्तिम रुप दिन लागिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास र सहरी विकास मन्त्रालयले संयुक्त रुपमा तयार पारिरहेको सो कार्यविधिलाई केही समयभित्रै पूर्णता दिएर पारित गरिने छ […]


अन्तर्राष्ट्रिय हात्तीपोलोःनेपालसहित चार देश विजयी

परासी, ८ मङ्सिर । नवलपरासीमा जारी ३४ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपालसहित चार देश विजयी भएका छन् । जसमा टाइगर टप्स टस्कर नेपाल, दि रस्टी कुर्किस युके, गोल ओए श्रीलङ्का र इएचफजी स्विट्जरल्याडका खेलाडी विजयी भएका छन् । पहिलो खेल सिआइएच सेन्टपल गिरिपिन्स अमेरिका र नेपालको टाइगर टप्स टस्कर बीच भएको थियो । […]


बसाइँसराइका लागि नेपाल आउन थाले पाहुना चरा

भीष्मराज ओझा / काठमाडौँ । हिउँदको चिसो बढेसँगै न्यानो बासस्थान, आहार र प्रजननका लागि पन्छीहरु यो वर्ष उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धमा बसाइँसराइ गर्ने क्रम सुरु भएको छ । एक थरी चराले अन्तरदेशीय सीमाको लामो दूरी पार गरी जलवायु अनुकूलतानुसार विभिन्न मुलुकमा बसाइँसराइ गर्छन् । केही चराले भने नेपालकै उच्च पहाडी भूभागबाट तराईमा छोटो दूरीको बसाइँसराइ गर्ने […]


अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगिता सुरु

परासी, ७ मङ्सिर । नवलपरासीमा पहिलो पटक ३४औँ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता – २०१५ सुरु भएको छ । यो खेल नेपालमा मात्र हुने अन्तर्राष्ट्रियस्तरको खेल हो । सन् १९८२ देखि चितवनको मेघौलीमा सुरु भएको यो खेल पहिलो पटक नवलपरासीको पर्यटकीय गाउँ थारु होमस्टे नजिकै भएको हो । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर अमलटारीस्थित मध्यवर्ती सामुदायिक वनको […]


दक्षिण एसिया चलचित्र महोत्सवः राज्यले नरुचाएका चलचित्र पनि

अञ्जलि रम्तेल / काठमाडौँ । कास्मिर क्षेत्रमा दिनहुँ कैयौँ युवा सरकारी पक्षले गायब बनाइरहेको छ । तिनका आफन्त एक न एक दिन उनीहरु फर्कने आशामा कुरिरहेका हुन्छन् । केहीका आशा पूरा हुन्छन् भने केहीका आफन्तका लास भेटिन्छन् कोही भने जीवनभर प्रतीक्षा गरिरहन्छन् । यो अहिले काठमाडौँमा चलिरहेको दक्षिण एसिया चलचित्र–२०१५ मा देखाइएको एक वृत्तचित्र ‘ब्लड […]


नीति र कार्यक्रम भए सम्भव छ एक वर्षमा विद्युत्भार कटौती (विश्लेषण)

रमेश लम्साल / काठमाडौँ, ५ मङ्सिर । मुलुक ऊर्जा सङ्कटमा नराम्ररी फसेको छ । सरकारले पटक पटक ऊर्जा सङ्कट समाधानका लागि प्रभावकारी कदम चाल्ने बताउँदै आएको छ । तर प्रभावकारी योजना, कार्यक्रम र लगानीको अभावमा सरकारले घोषणा गरेका योजना पनि सम्पन्न हुन सकेका छैनन् । विद्युत्भार कटौतीका कारण नागरिकको दैनिकी प्रभावित भएको छ । पछिल्लो […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter