• Tuesday, May 13, 2025

एक्सक्लुसिभ समाचार

क्यानडामाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ, माघ २५ गते । क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल सात रनले विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार जितका लागि दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १७ रनमा समेटिएको थियो । क्यानडाका लागि निकोलस किर्तनले ६८ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो […]


गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी जग्गा अन्यत्र सट्टापट्टा गर्ने मन्त्रिपरिषको स्वीकृति सर्वोच्च अदालतद्वारा बदर

काठमाडौँ , माघ २४ गते। गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी मन्त्रिपरिषद्बाट दिइएको स्वीकृति सर्वोच्च अदालतले बदर गरिदिएको छ । बुधबारको संवैधानिक इजलासले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को निर्णय बदर गरिदिएको हो । बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले अधिवक्ता ओमप्रकाश अर्याल लगायतबाट दायर रिटकै पक्षमा फैसला […]


विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

काठमाडौँ, माघ २३ गते । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ । गत असार मसान्तसम्ममा रु […]


आपत्कालीन सेवाका लागि एकीकृत प्रणाली बनाइँदै

काठमाडौं, माघ २२ गते । अफ्ठेरोमा परेका व्यक्तिले मोबाइल वा टेलिफोनबाट सूचना पठाएपछि सो सूचना केन्द्रीय प्रणालीमा पुग्ने र आवश्यक आपत्कालीन सेवा लिन सक्नेगरी एकीकृत प्रणाली विकास गरिने भएको छ। सो प्रणाली अन्तर्गत एम्बुलेन्स, दमकल, प्रहरी सेवा, प्रारम्भिक स्वास्थ्यजस्ता सेवा एकीकृत रूपमा उपलब्ध गराइने छ। तर तत्कालका लागि भने एम्बुलेन्स, दमकल र प्रहरी सेवा समावेश […]


नेपालमा ११ प्रतिशतको मृत्युको कारण क्यान्सर

सिर्जना खत्री / काठमाडौं, माघ २१ गते । नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मानिसको मृत्यु क्यान्सरले हुने गरेको एक अध्ययनले देखाएको छ । विश्व क्यान्सर दिवसको अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ११.११ प्रतिशत मानिसको मृत्युको कारण क्यान्सर बनेको जानकारी दिनुभएको हो । नेपालमा ४० प्रतिशत भन्दा […]


रुग्ण उद्योग सञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

भक्तिविलास पोखरेल / गाईघाट, माघ २० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण उद्योगलाई पुनःसञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।उहाँले रुग्ण उद्योग सञ्चालन गर्नु वर्तमान सरकारको नीति रहेको प्रष्ट पार्नुभयो। शनिबार उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको प्लान्ट क्षेत्रको स्थलगत निरीक्षणपछि उद्योगका कर्मचारीलाई निर्देशन दिँदै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले धेरै ठूलो चुनढुङ्गाको खानी सुरक्षित […]


तरकारी बेचेर पढाइ खर्च जुटाउँदै

गजेन्द्र गुरुङ / खजुरा, माघ १९ गते । नेपालगन्ज उपमहानगरपालिका –१ स्थित जिल्ला प्रहरी कार्यालय पछाडि बस्ने १७ बर्षीय किशोर निडर कठायतलाई दिउँसो २ बजेपछि तरकारी बेच्न सुर्खेतरोड पुग्न हतार हुन्छ । दिउँसो २ बजे उहाँ घरमा राखेका तरकारी ठेलामा मिलाउन व्यस्त हुनुहुन्छ । तरकारी ठेलामा मिलाइ सकेपछि उहाँ घरबाट ठेलामा राखेको तरकारी लिएर बिक्री […]


गोबरसँगै खेल्ने कृषक भन्नुहुन्छ, ‘वर्षमा एक करोडको दुध बेच्छु’

ठाकुरप्रसाद आचार्य / बागलुङ, माघ १८ गते । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यतालाई बागलुङका कृष्णप्रसाद पौडेलले गलत साबित गर्नुभएको छ । पौडेल व्यावसायिक पशुपालनबाट वार्षिक एक करोड रुपियाँभन्दा बढीको दुध बिक्री गर्नुहुन्छ । बागलुङ नगरपालिका–४ ओडारचौरका ६० वर्षीय पौडेलले मेहनत गरी स्वदेशमै पनि मनग्य पैसा कमाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ । […]


हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न प्रधानमन्त्रीको सक्रियता

काठमाडौँ, माघ १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययनको बिफ्रिङ लिनुभएको हो। नेपाल सरकारको आर्थिक वर्ष २०८०।०८१ को […]


प्रहरी समायोजन अगाडि बढाउने निर्णय

काठमाडौं, माघ १४ गते। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्रीसँग प्रहरी समायोजनको विषयमा छलफल गर्नुभएको छ। गृहमन्त्री श्रेष्ठले आइतबार सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन (गृह) मन्त्रीसँग प्रहरी समायोजन, सङ्घीय प्रहरी विधेयक र देशको शान्ति सुरक्षाको सम्बन्धमा छलफल गर्नुभएको हो। सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter