
काठमाडौँ, कात्तिक १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतमा आज सिंहदरवारमा रात्रिभोजको आयोजना गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउनुभएका महासचिव गुटेरेस रात्रिभोजमा सहभागी हुनुभयो । सो अवसरमा महासचिवको कार्यदलका सदस्यहरु, नेपाल सरकारका मन्त्री, राजनीतिक दलका नेता तथा उच्च पदस्थ कर्मचारीहरुको सहभागिता थियो । चार […]

काठमाडौँ , कात्तिक ११ गते । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ। शनिबार कोजाग्रत पूर्णिमाको अवसर पारेर कांग्रेसले चियापान आयोजना गरेको हो। उक्त चियापानमा प्रधानमन्त्रीसहित माओवादी, एमाले, एकीकृत समाजवादी लगायत पार्टीका नेता-कार्यकर्ताहरूको उपस्थिति थियो। बिपी कोइराला २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश […]

काठमाडौँ , कार्तिक १० गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आइतबारदेखि कात्तिक १५ गते सम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा महासचिव गुटेरेसले ३ अक्टोबर २०२३ मा सङ्घीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन् । उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन […]

लुम्बिनी, कार्तिक ०९ गते । भारतको हरिद्वारस्थित पतञ्जली योगपिठले रूपन्देहीमा योग प्रशिक्षण केन्द्र र वेलनेस सेन्टर स्थापना गर्ने भएको छ। पतञ्जलीले रूपन्देहीको धकधईमा एक अर्ब रूपैयाँको लगानीमा आयुर्वेदिक औषधि उद्योग पनि सञ्चालन गर्ने जनाएको छ। योगपिठका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जडिबुटीको भण्डार रहेको र तिनै जडिबुटीको सदुपयोग गर्दै आयुर्वेदिक […]

फुङ्लिङ, कार्तिक ०८ गते । नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै […]

काठमाडौं , कात्तिक ७ गते । नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ […]

तनहुँ, कार्तिक ०६ गते । तनहुँको मानुङकोटमा जाडो बढेसँगै पर्यटक पनि बढेका छन्। बिहानको घामको किरणसँगै कुहिरोले सर्लक्क ढाकेको दमौली बजार हेर्नका लागि पर्यटक बढेका हुन्। दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ। परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक […]

काठमाडौँ , कार्तिक ०५ गते । दुर्गा पक्षको आठौँ दिन अर्थात् नवरात्रको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । दसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन देशभरका शक्तिपीठमा भक्तजनको लर्को लागेको हो । नवरात्रको सुरुवात् अर्थात घटस्थापनादेखि नै नवदुर्गाको पूजा, आराधना सुरु हुने भएपनि महाअष्टमी, महानवमी र विजयादशमीका दिन […]

काठमाडौँ , कार्तिक ०४ गते । विवादका बीच गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिको शपथ ग्रहण सम्पन्न भएको छ । शनिबार राजधानीको होटल सोल्टीमा निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ दिलाएको हो । यसअघि निर्वाचनमा धाँधली भएको भन्दै अध्यक्षका प्रत्यासीद्वय आरके शर्मा र महेश श्रेष्ठले निर्वाचन परिणाम अस्वीकार गरेका थिए । शुक्रबार […]

भोजपुर,कार्तिक ०३ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले खादा–माला बापद उठेको रकम स्थानीय विद्यालयलाई हस्तान्तरण गरेका छन् । आफू मन्त्री बनेसँगै मन्त्री किरातीले खादा माला नलगाउने बरु सो बापतको रकम दानपेटीकामा हाल्न मन्त्रालयमा नै व्यवस्था मिलाएका थिए । सोही दानपेटीकामा जम्मा भएको ६ लाख २६ हजार रुपैयाँ शुक्रबार आफ्नो निर्वाचन क्षेत्र […]