• Tuesday, May 13, 2025

एक्सक्लुसिभ समाचार

मन्त्रिपरिषदमा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको ‘ब्रिफिङ’

काठमाडौँ , कार्तिक ०२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन् । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गराइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति सामान्य प्रकारको हृदयाघात […]


नेपालमा मल कारखाना खोल्न भारतको चासो

काठमाडौँ , कार्तिक ०१ गते । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा मलेसियन कम्पनी रि–निकोला प्रा.लिले लगानी बोर्डसँग सम्झौता गरेसँगै भारतले पनि यसबारे चासो लिन थालेको छ । असोज १० गते बोर्ड र रि–निकोलाबीच सम्झौता भएको हो । यसैबिच भारतको रसायन तथा मल मन्त्रालयका प्रतिनिधि आएर नेपालका विभिन्न पक्षसँग छलफल गरेर फर्केका छन् । असोज […]


घरेलु उद्योगका सामग्रीहरुलाई आधुनिकताको नाममा हेलचेक्राँई नगरौँ : राजेश हमाल

काठमाडौँ , असोज २९ गते । कलाकार राजेश हमालले घरेलु उद्योगलाई बढावा दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रत्येक नागरिकले घरेलु उत्पादन र उद्योगलाई महत्त्व दिनुपर्ने बताए । उनले घरेलु उद्योग एउटा व्यवसाय मात्रै नभएको भन्दै यसले देश, संस्कृति र हाम्रो कलालाई […]


पार्टीभित्र विद्रोह गर्दै कोशीको छैटौँ मुख्यमन्त्री बनेका केदार कार्की; गठबन्धनले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छ : प्रधानमन्त्री

विराटनगर, असोज २७ गते ।मोरङ बुढीगंगाका ५० वर्षे केदार कार्की कोशी प्रदेशको व्यक्तिका रुपमा छैटौँ मुख्यमन्त्री बनेका छन् भने समग्रमा आठौँ मुख्यमन्त्री हुन् । यसअघि कोशी प्रदेशमा शेरधन राई, भीम आचार्य, राजेन्द्र राई, हिक्मतकुमार कार्की र उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन् । मोरङको क्षेत्र नम्बर ६ (२) बाट माओवादीसँगको गठबन्धन गरेर निर्वाचित कांग्रेस सांसद कार्कीको […]


दबाब, तनाव र चुनौतीमा छु, राजनीति बाहिर पनि समाज छ भन्ने बुझेँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ , असोज २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिकर्मीहरुलाई दबाब, तनाव र चुनौती धेरै हुने बताएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आफू अहिले दबाब, तनाव र चुनौतीको बीचमा रहेको बताए । उनले समाज भनेको राजनीतिमात्रै नभई अन्यत्र […]


कोशीको मुख्यमन्त्रीमा सत्तागठबन्धनका कार्की र आङ्बोको दाबी

काठमाडौं, असोज २५ गते । सत्तागठबन्धनका तर्फबाट मुख्यमन्त्री दाबी गरेका माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री नियुक्तिको विषयमा प्रदेश प्रमुखले निकास निकाल्ने विश्वास लिएका छन् । बिहीबार मुख्यमन्त्रीको दाबी पेस गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै संवैधानिक र कानुनी हिसाबले परामर्श गरेर निकाल्नेमा उनले विश्वास लिएका हुन् । ‘दुवै पक्षले बहुमत पुर्याएर पेस गरेको […]


इजरायलबाट फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने

काठमाडौं, असोज २४ गते । इजरायलबाट व्यवसायिक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने भएको छ । सरकारले चाटर्ड उडानमार्फत इजरायलमा रहेका विद्यार्थीहरूको उद्धार गर्दैछ । सोही आधारमा कोही व्यवसायिक उडानमार्फत आउन खोजेमा त्यसमा लागि लाग्ने हवाई टिकट सरकारले बेहोर्ने भएको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले व्यवसायिक उडानमार्फत आउन चाहने नेपालीको हवाई टिकट […]


राष्ट्र संघका महासचिव गुटेरसको नेपाल भ्रमण स्थगित

काठमाडौं, असोज २३ गते । काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको तीन दिने नेपाल भ्रमण स्थगित भएको छ । महासचिव गुटेरस नेपालको तीन दिने भ्रमणका लागि २६ गते काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको थियो । इजरायल र प्यालेस्टिन समूह हमासबीचको युद्धका कारण उनले नेपाल भ्रमण स्थगित गरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् […]


इजरायलबाट फर्कन चाहने नेपालीलाई ल्याउन गृह मन्त्रालयले प्रक्रिया अगाडि बढायो; ३२ नेपालीको सुरक्षित स्थानान्तरण

काठमाडौं, असोज २२ गते । गृह मन्त्रालयले इजरायलबाट फर्कन चाहने नेपालीहरुलाई ल्याउन प्रक्रिया अगाडि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायल भएको घटनामा परी मृत्यु भएकाको शव ल्याउने, निधन भएका नेपालीहरुको परिवारलाई राहत उपलब्ध गराउने, बेपत्ता भएका नेपालीको खोजीलाई तीव्रता दिने, फर्कन चाहनेलाई नेपाल ल्याउने निर्णय गरेको थियो । सोही निर्णयहरुलाई मन्त्रालयले कार्यान्वयन प्रक्रिया […]


इजरायलमा १० जना नेपाली मारिएको औपचारिक पुष्टि, १ जना अझै सम्पर्कविहीन

काठमाडौं, असोज २१ गते । इजरायलमा शनिबार भएको आतंककारी हमलामा १० जना नेपाली मारिएको तेल अविवस्थित नेपाली दूतावासले औपचारिक रुपमा पुष्टि गरेको छ । राजदूत कान्ता रेग्मीले शनिबारको घटनामा गोली लागेका १० नेपालीको मृत्यु भएको पुष्टि गरिन् । उनले अझै १ जना नेपाली सम्पर्कमा नरहेको रातोपाटीलाई बताइन् । उनका अनुसार दुई जना खतरामुक्त रहेका छन् […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter