• Tuesday, May 13, 2025

एक्सक्लुसिभ समाचार

सुशासन र जनमैत्री सेवा प्रवाहमा तल्लीन रहन निर्देशन

काठमाडौं, साउन २५ गते । नेपाल सरकारका प्रधानमन्त्री र सङ्घीय सरकारका मन्त्रीहरूबिच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजनाको समीक्षा तथा आ.व. २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धमा प्रधानमन्त्री र विभागीय मन्त्रीहरूबिच हुने कार्यसम्पादन सम्झौता हस्ताक्षर भएको हो । कार्यसम्पादन सम्झौता […]


वैदेशिक रोजगारीमा जाने श्रमिकको सेवा सुविधा वृद्धि गर्दै सरकार

काठमाडौं, साउन २४ गते । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ । वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिक विदेशमा नै मृत्यु वा अङ्गभङ्ग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई वि.स.२०६७ सालमा दिने सुविधा अहिले समयअनुकुल […]


सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, साउन २३ गते। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “सरकार अनुसन्धानमा केन्द्रित हुन्छ, सबैले सकारात्मक वातावरण बनाऔँ, […]


नागढुङ्गा सुरुङ : नरिवल फुटाएर आपत्कालीन मार्ग छिचोलियो

भउचप्रसाद यादव / धादिङ, साउन २२ गते । निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको आपत्कालीन मार्गको छिचोलिएको ‘ब्रेक थ्रु’ भएको छ । आज (सोमबार) नेपाली र जापानी संस्कृति अनुसार अन्तिम विस्फोट गराएर सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङ मार्ग छिचोल्ने कार्यक्रम गरिएको हो । कार्यक्रममा मन्त्री ज्वाला, नेपालस्थित […]


पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउँदै

कोकिला ढकाल / इलाम, साउन २१ गते । गाउँमा उत्पादित कृषिउपजलाई बजारसम्म लग्न सहज गराउने उद्देश्यले इलामका दुई पालिकाले यो वर्षदेखि कृषि एम्बुलेन्स सञ्चालमा ल्याउने तयारी गरेका छन् । इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाले चालु आर्थिक वर्षको कार्यक्रममा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेका हुन् । सूर्योदय नगरपालिकाले कृषि एम्बुलेन्सका लागि यो वर्ष २० […]


स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माण प्राथमिकतामा छ : मन्त्री बस्नेत

काठमाडौं, साउन २० गते। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभएको छ। भक्तपुर चाँगुनारायण नगरपालिका–१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तरक्रियामा उहाँले अस्पताल पूर्वाधार निर्माणका लागि गर्न पर्ने जग्गाको सीमाङ्कन, तारबार, संरक्षण, पहुँच मार्गलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, […]


प्रधानमन्त्री कार्यालयलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरौँ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ सहित)

काठमाडौं, साउन १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्नुहुँदै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘अहिले म प्रधानमन्त्री भएर आएको सात महिना बितिसकेको छ । प्रधानमन्त्री तथा […]


मन्त्रिपरिषद् बैठकका १६ निर्णय : खोकना जग्गा विवाद समाधान समितिको म्याद तीन महिना थप

काठमाडौँ, साउन १८ गते। सरकारले काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत ललितपुर जिल्लाको खोकना इलाकाको जङ्गा प्राप्ति सम्बन्धी समस्या समाधान गर्न गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले वैशाख ५ गते उपप्रधान एवम् रक्षामन्त्रीको संयोजकत्वमा […]


रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा

चितवन, साउनन १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले आज एक कार्यक्रमका बीच निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गर्नुभएको हो । घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन गर्ने उल्लेख […]


विश्व बैङ्कले सहयोगलाई निरन्तरता दिने

काठमाडौं, साउन १६ गते। नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैङ्कले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ। विश्व बैङ्कका देशीय निर्देशक फारिस हादाद जेरभोसले मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गर्दै सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको हो। स्वास्थ्यमन्त्री बस्नेतले नेपालको स्वास्थ्यलगायत क्षेत्रमा विश्व बैङ्कले गरिरहेको विभिन्न सहयोगको सराहना गर्दै आगामी दिनमा थप आर्थिक […]




TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter