एक्सक्लुसिभ समाचार

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा गर्न परामर्श

काठमाडौँ, पुस १८ गते । निर्वाचन आयोगले आउँदो माघ २५ गते बुधबार राष्ट्रिय सभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिएको छ । सरकारले तोकेको मितिमा आयोगले सो सभाको उपनिर्वाचन गराउनुपर्ने व्यवस्थाअनुसार मिति तोक्न आयोगले सरकारलाई आज लिखित परामर्श दिएको हो । आयोगका प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीले […]


प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाडौँ / पुस १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । आइतबार पोखरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले दीप बालेर विमानस्थलको उद्घाटन गरेका हुन् । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देश बाहिर समेत सन्देश दिन जनवरी १ मा उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा […]


नेपालको सार्वजनिक ऋण २० खर्ब सात अर्ब; सबैभन्दा ठूलो ऋणदाता विश्व बैंक

काठमाडौं, पुस १६ गते । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण रु २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा असोज मसान्तसम्ममा सार्वजनिक ऋण शून्य दशमलव २७ प्रतिशतले घटेको हो । गत असार मसान्तसम्ममा नेपालको कूल सार्वजनिक ऋण रु […]


जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, पुस १५ गते। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभइ उपस्थित प्रहरी कर्मचारीलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनुभएको छ। उहाँले प्रहरी कर्मचारीको मनोबल उच्च पारी नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने वातावरण सिर्जना गराउन तालुक मन्त्रालयबाट सहयोग र सहजिकरण गर्न सदैव तत्पर रहेको समेत बताउनुभयो। गृहमन्त्री लामिछानेले […]


कागती खेतीबाट मनग्य आम्दानी

डुम्रे, पुस १४ गते । सरकारी सेवाबाट निवृत्त भएपछि बाँझो जमिनको उपयोग कसरी गर्न सकिन्छ भन्ने उदाहरण धनबहादुर रानाले प्रस्तुत गर्नुभएको छ । क्षेत्रीय बाली संरक्षण प्रयोगशालाबाट उपसचिव तहबाट निवृत्त हुनुभएका उहाँले अध्ययन एवं जागिरका क्रममा सिकेको सीपलाई व्यावसायिक कागतीखेती मार्फत प्रयोगमा ल्याउनुभएको छ । तनहुँ बन्दीपुर गाउँपालिका–१ तल्लोटारका राना भन्नुहुन्छ“बाँझो जमिनको उपयोग र जागिरका […]


सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, पुस १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीसँग खुमलटारस्थित निवासमा बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबारे आफू जानकार रहेको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘मुलुकको अर्थतन्त्र जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको […]


रेल सेवाको सम्भाव्यता अध्ययन गर्न चिनियाँ टाेली नेपालमा

काठमाडौँ, पुस १२ गते । नेपाल र चीनबीच रेल सेवा सञ्चालन सम्भाव्यता अध्ययन तथा सर्भे गर्न एक चिनियाँ समूह नेपाल आइपुगेको छ । नेपालस्थित चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिङले एक ट्वीटमार्फत् सो समूह नेपाल आइपुगेको बताउँदै स्वागत गर्नुभएको हाे । ट्वीटमा उहाँले लेख्नुभएको छ ‘भूपरिवेष्ठित देश नेपाललाई रेल सेवाको माध्यमबाट भूजडित देश बनाउने दुई […]


आठ सदस्यीय मन्त्रिपरिषद् गठन, राष्ट्रपतिसमक्ष शपथ ग्रहण

काठमाडौं, पुस ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिहरुलाई आज सोमबार शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ लिनुभयो । त्यस्तै, अन्य सात जना मन्त्रीहरूले पनि शपथ लिनुभयो । प्रधानमन्त्रीमा दाहालले शपथ लिनुभएपछि […]


राष्ट्रपतिद्वारा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त; प्रधानमन्त्रीको शपथग्रहण भोलि ४ बजे

काठमाडौं, पु्स १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मङ्सिर ४ मा भएको सङ्घीय निर्वाचनमा प्रतिनिधि सभामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान भए अनुसार […]


भन्सार घोषणा नभएका मोबाइल बन्द हुने

काठमाडौं, पुस ९ गते। नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ। प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गरी यही पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याउने जनाएको छ। मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter