एक्सक्लुसिभ समाचार

समानुपातिकको बन्दसूचीबाट २९ जनाको नाम फिर्ता

काठमाडौँ, असोज २० गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पेस गरिएको बन्दसुचीबाट विभिन्न दलका २९ उम्मेदवारले नाम फिर्ता लिएका छन् । यही असोज १६ गतेसम्म संशोधन पेस गर्न दिइएको समयमा सो बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा यही असोज १७ गते बिहान १० बजेदेखि […]


वर्षाको वास्ता नगरी शक्तिपीठमा भक्तजनको भिडभाड

काठमाडौं, असोज १८ गते । नवरात्र अर्थात् बडाददशैंको नवौँ दिन देशभरका देवी मन्दिरमा झरीका वास्ता नगरी भक्तजनको बिहानैदेखि भीड लागेको छ । दुर्गा पक्षसमेत भनिने यस अवसरमा नवरात्रको अन्तिम दिन परेकाले पनि आज बिहानैदेखि झरीको परवाह नगरी देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो। नवरात्रको अन्तिम दिन आज बिहानैदेखि राजधानीलगायत देशभर वर्षा भइरहेको छ। शक्तिपीठ र […]


निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने

काठमाडौं, असोज १७ गते। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरेर करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन्। आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिएर स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने आयोगका सह प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो। […]


दशैंघरमा फूलपाती भित्र्याइयो; दशैं मनाउन १७ लाखले छाडे काठमाडौं

काठमाडौं, असोज १६ गते। काठमाडौंको हनुमान ढोकास्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ। फूलपातीको अवसरमा हनुमानढोका मूल चोक, कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मखन हुँदै जलेश्वर महादेवमा फूलपातीको पूजा गरेर हनुमान ढोकास्थित दशैंघरमा फूलपाती भित्र्याइएको हो। गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारबाट पुजारीसहित आइतबार साँझ दशैंघरमा भित्र्याइएको हो।गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली […]


त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

काठमाडौं, असोज १५ गते । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ । विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्न/नगराउन प्राधिकरणले आग्रह गरेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन […]


स्वनियमन र स्वमूल्याङ्कन गर्न प्रमुख आयुक्त थपलियाको आग्रह

काठमाडौं, असोज १४ गते। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको समयमा आमसञ्चार माध्यमले प्रकाशन र प्रसारण गरेका समाचार सामग्रीको स्वनियमन र स्वमूल्याङ्कनका लागि आग्रह गर्नुभएको छ। आमसञ्चार माध्यमको अनुगमन निर्वाचन आयोग आफैंले नगर्ने स्पष्ट पार्दै प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘‘निर्वाचन आचार संहिताको पालना सञ्चार माध्यमले गरे नगरेको अनुगमन प्रेस काउन्सिल नेपालले गर्नेछ, आयोगले आमसञ्चार माध्यममा […]


निर्वाचन व्यवस्थापन प्रशिक्षण, १६५ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने

काठमाडौं, असोज १२ गते । निर्वाचन अयोगले आज (बुधबार) बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका आयोगले मुख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ समेतको निर्वाचन व्यवस्थापन प्रशिक्षण आजदेखि प्रारम्भ गरेको हो । आज नेपालगन्ज, ललितपुर, चितवन, […]


विश्व पर्यटन दिवसको अवसरमा कन्याममा फोटो प्रतियोगिता

प्रेम अधिकारी / इलाम, असोज ११ गते । विश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाको कन्याममा फोटो प्रतियोगिता सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको आयोजनामा एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर फोटो प्रतियोगिता सम्पन्न भएको हो । पर्यटकीय क्षेत्रमा प्रदेश १ को अब्बल मानिएको सूर्योदय नगरपालिकाले नगर क्षेत्रमा प्रचार नगरिएका धेरै गन्तव्यको पहिचानको उद्देश्य राखेर प्रतियोगिता […]


कागती खेतीमा भविष्य खोज्दै युवा

ढोरपाटन, असोज १० गते । “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आउनुभएको छ । करिब २४ वर्ष विदेशमा सङ्घर्ष गर्नुभएका उहाँले कागतीसँगै अन्य फलफूल पनि […]


व्यवसायीलाई बोलाएर प्रधानमन्त्रीले भने– दसैंमा मूल्य नबढाउनुहोस्

काठमाडौं, असोज ९: प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राखेका छन् । प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधि भेटेर मूल्यवृद्धिबारे चासो राखेका हुन् । प्रधानमन्त्री देउवालाई भेट्न महासंघका अध्यक्ष शेखर गोल्छासहितको टोली पुगेको थियो । यस्तै, चेम्बरबाट अध्यक्ष […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter