एक्सक्लुसिभ समाचार

गौरवका आयोजना निरीक्षण गरिने

ललितपुर, माघ १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजना निरीक्षण गर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताको टोलीसँग कुरा गर्दै उहाँले आफू छिट्टै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाको स्थलगत निरीक्षणमा निस्कने बताउनुभएको हो । उहाँले प्रदेशका मन्त्रालयको सङ्ख्या कम […]


‘सभ्य समाज निर्माणमा कलाकारको भूमिका महत्त्वपूर्ण’ : राष्ट्रपति भण्डारी

काठमाडौं, माघ ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली चलचित्रले समाजका बदल्नै पर्ने बालविवाह, दाइजो, बोक्सी लगायतका कुप्रथालाई अन्त्य गर्दै सभ्य समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गर्नुभयो । सोमबार राष्ट्रपति भवनमा भएको कार्यक्रममा चलचित्र क्षेत्र र चलचित्रकर्मीका समस्या र सम्भावनाका विषयमा राष्ट्रपति र कलाकारहरुबीच छलफल गरिएको हो । राष्ट्रपति भण्डारीले कलाकारहरूलाई राष्ट्रको […]


नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्य बनाउन सकिन्छ : डा रुइत

नेपालले गर्व गर्ने व्यक्तित्व हुनुहुन्छ डा. सन्दुक रुइत। मोतीबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका उहाँले विश्वका अन्य मुलुकमा पनि गएर सेवा गर्नुभएको छ। विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा प्रविधिमा उहाँको योगदानलाई सबैले उच्च प्रशंसा गर्नैपर्छ। मोतीबिन्दु उपचार गर्ने सरल विधि (इन्ट्राअकुलर लेन्स) हो विकास गरेर अन्धोपन […]


इन्दिरा राना प्रतिनिधि सभाको उपसभामुख निर्वाचित

काठमाडौं, माघ ७ गते। प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ। सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार बन्नुभएका मगर १६६ मत ल्याएर निर्वाचित हुनुभएको हो। यसैगरी, उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गर्नुभएको छ। प्रतिनिधि सभाको बहुमत मत ल्याएर रानामगर उपसभामुख पदमा निर्वाचित […]


ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैङ्क

काठमाडौं, माघ ६ गते । नेपाल राष्ट्र बैङ्कले ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैङ्कले आज ‘ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्था’को मस्यौदा सार्वजनिक गर्दै त्यसउपर माघ १३ गतेभित्र राय उपलब्ध गराइसक्न भनेको हो । कर्जा प्रवाह सुरु भएको मितिदेखि कर्जाको किस्ता भुक्तानी गर्न सुरु हुने मितिसम्मको समय ‘ग्रेस अवधि’ […]


सभामुख पदमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौं, माघ ५ गते । प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।उहाँले १६७ मत प्राप्त गर्नुभएको छ । उहाँले प्राप्त गर्नुभएको मत सभाको बहुमत भएकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति […]


मन्त्रिपरिषद् निर्णय : सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

काठमाडौं, माघ ४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । बुधबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले सञ्चारमन्त्री शर्मालाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिने औपचारिक निर्णय गरेको हो । मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय बैठकले गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो […]


राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

काठमाडौं, माघ ३ गते । आज (मङ्गलबार) मन्त्रीपरिषद् विस्तार भएको छ । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बन्नुभएको छ । उहाँले ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ । यसैगरी, सञ्चार […]


मृतकको शव आफन्तलाई बुझाउन सुरु, थप एक शव फेला

काठमाडौं, माघ २ गते । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा शव बुझ्न चाहने आफन्तलाई पोस्टमार्टम पश्चात शव बुझाउन सुरु गरिएको जानकारी गराएको हो । सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले कुल सवार ७२ मध्ये ६९ जनाको शव फेला परेको जनाएको […]


विमान दुर्घटना : ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

काठमाडौं, माघ १ गते । पोखराको सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो । प्रजिअ अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter