एक्सक्लुसिभ समाचार

१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

काठमाडौं, असोज ८ : १० बुँदे सहमतिपछि डा. गोविन्द केसीले अनसन तोडेका छन्। सरकारसँग शनिबार साँझ १० बुँदे सहमति गरेपछि डा. केसीले अनसन तोडेका हुन्। कैलालीबाट अनसन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। केसीले त्रीवि शिक्षण अस्पतालमा उपचारत एक बिरामीको हातबाट जुस पिएर १३ ‌औं दिनमा अनसन तोडेको उनका […]


‘खोल्सीको सुन’ अलैँचीले मूल्य पाएन

नारायण तुम्बापो / फिदिम, असोज ७ गते । महँगोमा बिक्न थालेसँगै खोल्सीको सुनको परिचय पाएको अलैँचीको मूल्यमा यो वर्ष ह्रास आएको छ। नयाँ उत्पादन बिक्री सुरु हुने यो सिजनमा गत साल अलैँचीको मूल्य फिदिममा सुख्खा प्रतिमन (४० किलो) ३८ हजार रुपियाँ रहेकोमा अहिले २८ हजारमा झरेको छ। यो वर्ष उत्पादन बढे पनि अन्तर्राष्ट्रिय बजारमा कम […]


सूर्यबहादुर थापाको आत्मकथा युवा पुस्ताका लागि यादगार बन्ने प्रधानमन्त्रीको विश्वास

कठमाडौं, असोज ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री स्व. सूर्यबहादुर थापालाई नेपाली राजनीतिक इतिहासका सुप्रसिद्ध व्यक्तिको रूपमा स्मरण गर्नुभएको छ। बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको ‘मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री देउवाले स्व. थापाले आफ्नो जीवनकालमा मुलुकको राजनीतिलाई सु–सञ्चालन […]


बिहीबारदेखि अस्थायी मतदाता नामावली सङ्कलन हुने

काठमाडौं, असोज ५ गते । निर्वाचन आयोगले भोलिदेखि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गतका समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका […]


जनतालाई महामारीबाट जोगाउन सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

सिर्जना खत्री / काठमाडौं, असोज ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई महामारीबाट जोगाउन सरकार गम्भीर रहेको बताउनुभएको छ । मङ्गलबार चिकित्सकको छाता संस्था नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको उक्त सम्मेलन दुई दिनसम्म चल्ने छ […]


उपत्यका प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना तयार

दीपा चाैधरी / काठमाडौं, असोज ३ गते । उपत्यका प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना तयार गरेको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना तयार गरेको बताएको छ । काठमाडौं महानगरपालिका लक्षित सुरक्षा योजना असोज ४ गते अर्थात् मंगलबारदेखि लागू हुने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो । उहाँका अनुसार […]


संविधान दिवस तीन दिन हर्षोल्लासपूर्वक मनाइँदै

काठमाडौं, असोज २ गते । संविधान दिवस, २०७९ राष्ट्रिय दिवसको रूपमा देशव्यापीरुपमा विभिन्न कार्यक्रम गरेर हर्षोल्लासपूर्वक मनाइँदै छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असोज २, ३ र ४ गते तीन दिन मन्त्रालय एवम् मन्त्रालय अन्तर्गतका निकायमा दीपावली लगायतका कार्यक्रम गरेर राष्ट्रिय दिवसका रूपमा संविधान दिवस मनाउने निर्णय यसअघि नै गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत […]


टीकाको उत्तम साइत असोज १९ गते ११ बजेर ५१ मिनेटमा

काठमाडौं, भदौ ३१ गते । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले […]


उखुको अनुदान रकम व्यवस्था, कृषकहरु खुशी

जनार्जन खत्री / सर्लाही, भदौ ३० गते । सर्लाहीको चिनी उद्योगमा गएको वर्ष उखु बिक्री गरेका किसानका लागि सरकारी अनुदानको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा आइपुगेको छ । सरकारले उखु किसानको २२ करोड ९८ लाख रुपियाँ अनुदान रकम पठाएको कोलेनिका मलङ्गवाका प्रमुख जीवन पुरीले जानकारी दिनुभयो । बुधबार मात्रै कोलेनिकाको खातामा आएको […]


बन्द सूचीमा नाम भएका व्यक्तिको पद स्वतः रद्द हुने : प्रमुख आयुक्त थपलिया

काठमाडौं, भदौ २९ गते । निर्वाचन आयोगले निर्वाचनको नयाँ प्रक्रिया सुरु हुनुअघि २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको बन्द सूचीमा नाम भएका व्यक्तिहरूको पद स्वतः रद्द हुने गरी कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । बुधवार राजनीतिक दलका प्रतिनिधिहरूसँगको परामर्शपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले असोज २ गतेअघि नै २०७४ सालमा प्रतिनिधि […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter