एक्सक्लुसिभ समाचार

मिथिलाञ्चलमा छठको तयारी पूरा; राजधानीमा पनि लोकप्रिय बन्दै छठ

महोत्तरी, कात्तिक १२ गते । मिथिलाञ्चलको महानपर्वको रूपमा चिनिएको छठ पर्वको तयारी पूरा भएको छ । चार दिवसीय यस पर्वको मुख्य आकर्षण अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्नु रहेको छ । यसको लागि पोखरी, तलाउ, नदीहरू सरसफाइ गरी ती स्थलहरूमा सजाइने काम पूरा भइसकेको देखिएको छ । चार दिवसीय यो पर्वको पहिलो दिन शुक्रबार अरबा […]


मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानी कार्य तीव्र

काठमाडौं, कात्तिक ११ गते । निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र तथा निर्वाचन सामाग्रीको ढुवानी कार्यलाई तीव्रता दिएको छ। हालसम्म समानुपातिकतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटा जिल्ला बाहेक सम्पूर्ण जिल्लामा ढुवानी भइसकेको छ भने केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध भएका कारण मतपत्र ढुवानीको […]


अञ्जली ‘दिदी’ को सामूहिक भाइटीका

मनोजरत्न शाही / काठमाडौं, कात्तिक १० गते । वि.सं. २०५५ सालदेखि निरन्तररुपमा सामूहिक भाइटीका लगाउँदै आउनुभएको अञ्जली दिदीले यस सामाजिक कार्यलाई यसपालि पनि निरन्तर दिनुभएको छ । भाइटीका भनेको लिनु र दिनु मात्र नभई श्रद्धा, माया र भावना साटासाट गरेको मनाउने उत्सव हो भन्नुहुने अञ्जली दिदी लामो समयदेखि सामूहिक भाइटिका लगाउँदै आउनुभएको हो । दशैं […]


नेपाल संवत्‌को महत्त्वलाई उजागर गर्न जरुरी छ : प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक ९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले धर्मसंस्कृति, इतिहास र परम्परासँग अभिन्नरूपमा जोडिएको नेपाल संवत्‌को जगेर्ना गर्दै यसको महत्त्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल संवत् ११४३ को अवसरमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले बुधबार वसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपालको मौलिक संवत्‌का रुपमा […]


प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल प्रेस युनियनले सोमबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रताको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले भन्नुभयो, “प्रेस स्वतन्त्रता प्रजातन्त्र र लोकतन्त्रको सुदृढीकरणका लागि आवश्यक […]


भाइटीका लाउन सार्वजनिक निम्ता

शिवा तामाङ / काठमाडौँ, कात्तिक ६ गते । आइतबारदेखि यमपञ्चक सुरु हुँदै छ। दिदीबहिनीहरू आफ्ना दाजुभाइलाई निम्ता गर्न व्यस्त छन् तर सबैका दाजुभाइका दिदीबहिनी नहुन सक्छन्। त्यस्ता दाजुभाइकी चेली हुनुहुन्छ– अञ्जली मास्के। अञ्जली मास्केले २४ वर्षदेखि भाइटीकामा दिदीबहिनी नहुने दाजुभाइको निधार खाली रहन दिनुभएको छैन। उहाँले यस पटक पनि सामूहिक भाइटीकालाई निरन्तरता दिने हुनुभएको छ। […]


समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी

काठमाडौं, कात्तिक ५ गते। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ। निर्वाचन आयोगका अनुसार तिहारअघि थप छ जिल्लाको मतपत्र ढुवानी गरिने छ। बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पाको मतपत्र भने तिहारपछि मात्र ढुवानी गरिनेछ। हालसम्म पहिलो […]


काठमाडौं महानगरका सामुदायिक विद्यालयमा डिजिटल शिक्षण हुने

काठमाडौं, कात्तिक ४ गते। सामुदायिक विद्यालयमा डिजिटल शिक्षणका लागि काठमाडौं महानगरपालिका र डिजिटल एण्ड वियोण्ड प्रालिबीच सम्झौता भएको छ। महानगर प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा शुक्रबार राष्ट्रिय सभा गृहमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। […]


खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक ३ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। बिहीबार साँझ पोखरा रङ्गशालामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो प्रतिबद्धता जनाउनुभएको हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको आर्थिक अवस्था सुधार गर्दै खेलाडीको ध्यान खेलकुदमा केन्द्रित गर्न सरकार प्रतिबद्ध […]


नारायणगढ–बुटवल सडक खण्डको ठेक्का सम्झौता तोडिँदै

विष्णु पाण्डेय / काठमाडौं, कात्तिक २ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ–बुटवल सडक खण्डको ठेक्का कात्तिक ५ गते तोडिँदै छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार यो सडक खण्डमा कामको गति ज्यादै कम भएको र पटक पटक आग्रह गर्दा पनि काममा कुनै प्रगति नभएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढेको बताउनुभयो । उहाँका अनुसार यो […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter