एक्सक्लुसिभ समाचार

रित्तिएको गाउँका भरिएका मन

कुश्मा, भदौ १७ गते । पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ छ, भुकदेउराली । आँखै अघि देखिने हिमालका मनोरम दृश्य र एकनासले लहरै मिलेर बसेका घरहरु देख्दा आँखै झिम्काउन मन लाग्दैन । प्रत्येक घरका झ्याल र ढोकामा निलो रङ लगाइएका छन् । यही रङले पनि भुक गाउँ भनेर चिनाएको […]


पश्चिमसेतीः स्थानीय भन्छन्, ‘४२ वर्षपछि पुनः आशा पलायो’

अत्तरिया, भदौ १६ गते । विद्यालय पढ्दै गर्दा पश्चिमसेतीको चर्चा सुनेका डोटी, आदर्शका नरी ओझा अहिले नाति नातिनीका हजुरबुवा भइसक्नुभएको छ । अहिलेसम्म पनि परियोजना बन्नु त कता हो कता कामै सुरु भएको छैन । आफ्नो बालापन सम्झिँदै उहाँ भन्नुहुन्छ, “विसं २०३७ मा पश्चिमसेती चर्चामा आएको हो, हामी त्यति बेला दिपायल स्कुलमा पढ्थ्यौँ । अहिले […]


प्रधानमन्त्रीद्वारा विश्वकप क्रिकेटको ट्रफी अवलोकन

काठमाडौं, भदौ १५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी अवलोकन गर्नुभएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले टी–ट्वान्टी विश्वकपकाे ट्रफी अवलोकन गर्नुभएको हो। बुधबार यसअघि ट्रफी भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीमा राखिएको थियो। टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको हो । विश्वकपको एक सय दिने टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो। […]


मन्त्रिपरिषद् बैठकका १२ निर्णय : विश्व बैंकबाट १७ अर्ब ऋण स्वीकार

काठमाडौं, भदौ १४ गते। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकका निर्णय सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार सार्वजनिक गर्नुभएको हो। सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। त्यसैगरी सरकारले भदौ […]


समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन आयोगमा ७६ दलको निवेदन

काठमाडौं, भदौ १३ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन विभिन्न ७६ दलका ६८ वटा निवेदन परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबार विज्ञप्ति प्रकाशित गरी सो जानकारी दिनुभएको हो । “आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन […]


सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव : प्रधानमन्त्री देउवा

काठमाडौं, भदौ ११ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव हुने बताउनुभएको छ । उहाँले नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को सामना गर्नुपरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन गर्नुहुँदै नेपालका अधिकांश सहर योजनाबद्धरुपले […]


सशस्त्र प्रहरीका व्यारकेमा अब विद्युतीय चुलो

काठमाडौं, भदौ १० गते । संस्थागतरुपमा नै विद्युतीय सवारी साधनको प्रवर्द्धन र चुलोको अभियान चलाउँदै आएको नेपाल विद्युत् प्राधिकरणले आज पुनःअर्को एक सङ्गठित संस्थासँग समझदारी गरेको छ । प्राधिकरण र सशस्त्र प्रहरीबलबीच विद्युतीय चुलो प्रयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका तर्फबाट महानिरीक्षक राजु […]


निर्वाचन आयोगद्वारा दल तथा निर्वाचन चिन्हको क्रम निर्धारण

काठमाडौं, भदौ ९ गते । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्हको क्रम निर्धारण गरेको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ८७ दल सहभागी हुने जनाएको छ । आयोगका सहायक प्रवक्ता एवम् सहसचिव सूर्यप्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो । […]


व्यापार घाटा १०.३८ प्रतिशतले कम

विश्वास रेग्मी / काठमाडौँ, भदौ ८ गते । केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धका कारण मुलुक भित्रिने वस्तुको आकार घटेको छ । वैशाख दोस्रो हप्तादेखि जारी त्यस्तो प्रतिबन्धले मुलुकको व्यापार घाटा कम गर्न पनि सहयोग पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को साउनको अन्तर्राष्ट्रिय व्यापार तथ्याङ्कअनुसार मुलुकमा एक खर्ब ३१ अर्ब […]


राजमार्गको हरेक ६० किलोमिटरमा चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य

काठमाडौं, भदौ ६ गते । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणले राजमार्गको हरेक ६० किलोमिटरमा एउटा चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै घिसिङले सो कुरा बताउनुभएको हो । […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter