समाचार

‘दधिराज पुरस्कार’ रेग्मी र न्यौपानेलाई प्रदान गरिने

काठमाडौं, कात्तिक १३ गते । ‘दधिराज सुवेदी’ पुरस्कार प्रतिष्ठान विराटनगरले यस वर्षको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७९’ वरिष्ठ कथाकार सनत रेग्मीलाई प्रदान गर्ने भएको छ । विगत लामो समयदेखि नेपाली भाषा साहित्यको क्षेत्रमा ६ दशकभन्दा बढी रेग्मीले दिनुभएको योगदानका लागि यस पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यस पुरस्कारको राशि ५१ हजार रुपियाँ […]


नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान सङ्ख्या कटौती

काठमाडौं, कात्तिक १३ गते । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार बिहान तय भएको दिल्ली उडान कटौती गरेको हो । भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाहीस्वरुप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले […]


अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा मतदान गर्ने व्यवस्था

काठमाडौं, कात्तिक १३ गते । निर्वाचन आयोगले अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त मतदान प्रक्रियाका लागि विशेष व्यवस्था गरेको छ । आइतबार सूचना निकाल्दै मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताको आधारमा मतदान गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको हो । आयोगले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अन्य कुनै […]


प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ

काठमाडौँ, कात्तिक १२ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार […]


दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला सुरु

काठमाडाैँ, कात्तिक १२ गते । काठमाडौंमा दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला सुरु भएको छ । भर्चुअल रूपमा मेला एक हप्तासम्म चल्ने भए पनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो । मेला काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दूतावास परिसरमा सञ्चालन भइरहेको छ । जर्मन राजदूतावास र नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको […]


महँगिँदै छठमा प्रयोग हुने सामग्री

ललिता साह / सप्तरी कात्तिक ११ गते । हिन्दु धर्ममा आस्थाको पर्व मानिने छठ पर्व विधिवत् रूपमा सुरु भएसँगै बजार भाउ आकासिएको उपभोक्ताहरूको भनाइ छ । पोहोर परारको छठ पर्वको बेला सय र दुई सय रुपियाँमा पाइने नाङ्लो र ढक्की अहिले चार सयदेखि हजार रुपियाँसम्म पर्ने स्थानीयले बताउनुभयो । छठ पूजाका लागि अनिवार्य मानिने केरा […]


पोखरेलको संयोजकत्वमा महोत्तरी घटना छानबिन समिति गठन

काठमाडौं, कात्तिक ११ गते । महोत्तरीको भंगाहा नगरपालिका वडा नं ८ मा कात्तिक १० गते भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सो दिन छठपर्वको अवसरमा आयोजित कलश यात्राको सिलसिलामा भएको विवादमा असामान्य स्थिति सिर्जना […]


समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन

काठमाडौं, कात्तिक १० गते । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगले समानुपातिकतर्फको बन्दसूची रहेकामध्ये नाम हटाइएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो । प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २१९९ उम्मेदवार रहेका छन् । यसैगरी, प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं.१ का लागि ६१६ […]


धान काटेर खुवाउने परम्परा धान्दै ९० वर्षीया गङ्गादेवी

रामपुर, कात्तिक १० गते । तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ । पाल्पा नगरपालिका–६ मिलनचोककी ९० वर्षीया गङ्गादेवी पराजुलीले भने पूरानो परम्परालाई धान्दै हुनुहुन्छ । उहाँ तातोपानीधाम गौशालामा रहेका गाईलाई हरियो धान काटेर खुवाउने संस्कृति जोगाउने अभ्यासमा हुनुहुन्छ । पहिलादेखि नै चलिआएको […]


तिहारमा किसानलाई अलैंची थन्क्याउन चटारो

चन्द्र पन्दाक / ताप्लेजुङ, कात्तिक ९ गते । ताप्लेजुङका किसानलाई यतिबेला अलैंची थन्क्याउने चटारो छ । दशैँ पर्व सकिएलगत्तै यहाँका किसान अलैंची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन् । यो समय अर्थात् असोज र कात्तिक महिना मुख्य मौसम भएकाले किसानलाई अलैंची टिप्न र थन्क्याउने चटारो भएको हो । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैंची तल्लो […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter