• Sunday, June 01, 2025

समाचार

तरकारी खेतीमा रमाउँदै युवा कृषक

रजनी योगी / सुर्खेत, जेठ १७ गते । वीरेन्द्रनगर नगरपालिका–९ की ३० वर्षीय आशा घिमिरे पाँच वर्षदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न हुनुहुन्छ। दुई बिघा जग्गामा गरिएको मौसमी र बेमौसमी तरकारी खेतीबाट घिमिरेले तरकारी बेचेर वार्षिक सरदर आठ लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ। आधुनिक तरिकाले खेती गर्न थालेपछि उत्पादन बढेसँगै आम्दानी पनि विगतको तुलनामा बढेको […]


सांसद कोषलाई व्यक्तिगत पैसा दिए जस्तो विश्लेषण नगरौँ : अर्थमन्त्री महत

काठमाडौं, जेठ १६ गते। अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदलाई व्यक्तिगत रूपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताउनुभएको छ। मंगलबार आर्थिक वर्षको २०८०/०८१ को बजेटका सम्बन्धमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो। मन्त्री महतले सरकारले अहिले जसरी व्यक्तिगत रूपमा सांसदलाई पैसा बाँड्नेको जस्तो प्रचार […]


नेपाली कांग्रेसको झण्डा र चुनाव चिह्न सगरमाथामा

काठमाडौं, जेठ १६ गते। सगरमाथा आरोहीद्वय ग्याल्जेन शेर्पा र पेमारिन्जी शेर्पाले सगरमाथाको चुचुरोमा नेपाली कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुख फहराउनु भएको भएको छ। उहाँहरूले जेठ १० गते सगरमाथा आरोहणको क्रममा झण्डा र निर्वाचन चिह्न फहराउनु भएको हो। सगरमाथा आरोहणपछि आज आज नाम्चे आइपुग्नु भएका आरोही शेर्पाद्वयले सो जानकारी दिनुभएको हो। आरोही ग्याल्जेन ओखलढुंगा […]


सुमन र मन्जुलाई एभरेस्ट म्याराथन उपाधि

काठमाडौं, जेठ १५ गते । १९औ तेन्जिङ हिलारी एभरेस्ट म्याराथन (४२ किमी) पुरुषतर्फको उपाधी सुमन कुलुङ राई र महिलातर्फ मन्जु रावतले जित्नुभएको छ । सगरमाथा आधार शिविरदेखि नाम्चे बजारसम्मको दुरी सुमनले ३ घन्टा ४८ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो । महिलामा मन्जुले ५ घन्टा २८ मिनेटमा दुरी पूरा गर्नुभयो । उपाधि विजेतादुवैले […]


सैँतिस लाखले पाउँछन् सामाजिक सुरक्षा

काठमाडौँ, जेठ १५ गते । नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्ष २०७९/८० पहिलो आठ महिनासम्म सरकारबाट मासिक भत्ता प्राप्त गर्नेको सङ्ख्या ३६ लाख ८३ हजार ६५८ रहेको छ । सरकारले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता […]


अडानद्वारा २१ बुँदे प्रस्ताव पारित

काठमाडौं, जेठ १४ गते । नेपाल अडिटर्स एसोसिएसन (अडान) केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठक २१ बुँदे प्रस्ताव जारी गर्दै सकिएको छ । शनिबार काठमाडौँको बानेश्वरमा बसेको संयुक्त बैठकले भुटानी शरणार्थी प्रकरणमा दोषीले सजाय पाउनुपर्ने, राष्ट्रिय उत्पादनको बजार सुनिश्चित गर्नुपर्ने तथा देशको वर्तमान आर्थिक स्थितिको सुधार र सत्य, तथ्य छानबिन बिना लेखापरीक्षकलाई प्रहरीद्वारा पक्राउ गर्ने काम […]


विद्युत् निर्यात सुरु खेर जाने जोखिम कायमै

काठमाडौँ, जेठ १४ गते । नेपाल विद्युत् प्राधिकरणले यो वर्षको विद्युत् निर्यात सुरु गरेको छ । वर्षासँगै खोलानालामा पानीको बहाव बढेर विद्युत् उत्पादन वृद्धि भएपछि प्राधिकरणले शनिबारदेखि विद्युत् निर्यात सुरु गरेको हो । प्राधिकरणले शनिबार राति छ सय मेगावाट आवर विद्युत् इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा निर्यात गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो […]


अलैँची निर्यात बढ्यो

लक्ष्मी सापकोटा / काठमाडौँ, जेठ १३ गते । मुलुकबाट कुल निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अलैँचीको निर्यात भने ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख) सम्म अलैँची निर्यात ७२ प्रतिशतले बढेर सात अर्ब २८ करोड १४ लाख २५ हजार रुपियाँ बराबरको ८९ लाख २१ हजार ६७९ केजी निर्यात […]


राष्ट्रको हितका लागि सबै दल एक ठाउँमा उभिनु जरुरी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, जेठ १३ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको हितका लागि काम गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ। शनिबार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भूमिका रहे पनि राष्ट्रिय […]


एसडिजी स्तरोन्नतिमा सहकार्य प्रस्ताव

काठमाडौँ, जेठ १२ गते । मुलुकको दिगो विकास लक्ष्य (एसडिजी) र विकासशीलमा स्तरोन्नतिको प्रयासमा नेपाल उद्योग वाणिज्य महासङ्घले पनि सहकार्य गर्ने चासो देखाएको छ । महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गर हमदीबिच आज महासङ्घ सचिवालयमा भएको भेटमा यसबारे छलफल भएको महासङ्घले जनाएको छ । उक्त भेटवार्तामा दुई संस्थाबीच […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter