
चितवन, माघ १२ गते । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले गैंडाको संरक्षणमा सबैले हातेमालो गर्नु आवश्यक देखिएको बताउनु भएको छ । शानिबार सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जको निरिक्षण र राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा वनमन्त्री शाहीले विश्वका मुलुकबाट पर्यटकहरु गैंडा अवलोकन गर्न चितवन राष्ट्रिय निकुञ्ज सौराहा आउने गरेको हुँदा गैंडा संरक्षण सबैले […]

मोरङ, माघ १२ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताउनुभएको छ । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उहाँको कथन छ । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले वर्तमान सरकार गठन भएयता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको […]

काठमाडौँ, माघ ११ गते । राप्रपाले आगामी फागुनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने प्रस्ताव गरेको छ । आन्दोलन परिचालन समितिका संयोजक तथा महामन्त्री डा. धवलशमशेर राणाले शुक्रबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा हिन्दुराष्ट्र पुनर्स्थापनासहितको पार्टीको एजेण्डा स्थापित गर्न फागुनबाट काठमाडौँ केन्द्रित आन्दोलन गर्ने प्रस्ताव गरेका हुन् । उनले बैठकमा फरक राजनीतिक विचार समेत प्रस्तुत गरेको […]

गजेन्द्र गुरुङ / खजुरा, माघ ११ गते। बाँके राष्ट्रिय निकुञ्जमा मृत अवस्थामा पाटेबाघ भेटिएको छ। राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिक्टास्थित निकुञ्जको कोर एरियामा शुक्रबार बिहान मृत अवस्थामा पाटेबाघ भेटिएको हो। बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पंगेनीले निकुञ्जको टोली गस्तीमा जाने क्रममा उक्त स्थानमा मृत अवस्थामा पाटेबाघ भेटिएको जानकारी दिनुभयो। “हाम्रो […]

काठमाडौं, माघ १० गते । सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो कुराको जानकारी गराउनुभएको हो । उहाँले वैदेशिक रोजगारीको व्यवस्थापनका लागि सरकार लागि परेको बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारमा जाने श्रमिकहरु ठगिने क्रम बढिरहेको […]

काठमाडौं, माघ १० गते । विशेष अदालतले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी बढुवा भएको सम्बन्धी एउटा मुद्दामा सम्बन्धित कर्मचारीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो । अदालतले बीपी मेमोरियल क्यान्सर […]

काठमाडौँ, माघ ६ गते। सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई रोक लगाउन माग गर्दै दायर गरेको रिट निवेदन खारेज गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले आज उक्त रिट खारेज गर्ने फैसला गरेको हो। अदालतले सो रिट खारेज गरेसँगै सरकारलाई काम अघि बढाउने बाटो खुलेको छ। सरकारले सामाजिक सुरक्षा […]

काठमाडौँ, माघ ६ गते । त्रिभुवन विश्वविद्यालय भद्रगोल तरिकाले चलाउन नहुनेमा सांसदहरूले जोड दिएका छन् । आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसदहरूले सही ढंगबाट कानुन बनाए कार्यान्वयन गरेको खण्डमा विश्वविद्यालय सुधार हुन समय नलाग्ने बताए । उनीहरुले लाखौँ युवाहरूको भविष्य जोडिएको संस्थालाई भद्रगोल बनाउन नहुने सुझाव […]

काठमाडौँ, माघ ६ गते । कान्तिपुर सिटी कलेजले आज अन्तर्राष्ट्रिय सम्मेलन “आर्टिफिसियल इन्टेलिजेन्स र इन्जिनियरिङ (ICAIE 2025): चुनौती र अवसरहरू” सफलतापूर्वक आयोजना गर्यो। सम्मेलनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को महत्त्व, यसको इन्जिनियरिङ क्षेत्रमा प्रयोग, तथा दिगो विकासमा यसले पुर्याउने योगदानका विषयमा चर्चा गर्यो। कार्यक्रमको उद्घाटन कान्तिपुर सिटी कलेजका प्रिन्सिपल तथा कार्यक्रम अध्यक्ष श्री राजु कट्टेलले गर्नुभयो […]

काठमाडौं, माघ ५ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख–उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव ऐनमा राखिएको बताउनुभएको छ। शनिवार धुलिखेलमा नेपालमा निर्वाचन सुधारः सुधारका पक्ष, औचित्य र सान्दर्भिकताबारे आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचनसम्बन्धी ऐनमा अबको निर्वाचनबाट […]