
ललितपुर, पुस २७ गते। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ। उक्त पार्टीको जिल्ला समन्वय समिति ललितपुरद्वारा आज यहाँ आयोजित प्रथम महालक्ष्मी नगरभेलामा उहाँले गरिब र अभावबाट उकास्नु नै अबको आवश्यकता भएकाले त्यसका लागि आर्थिक विकासलाई प्राथमितामा राख्नुपर्ने […]

काठमाडौँ, पुस २६ गते। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदाशयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ। नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अघिल्लो वर्ष सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिएको र हालसम्म २२ अर्ब भन्दा बढी रुपियाँ भुक्तानी भइसकेको जानकारी दिनुभयो। ‘भुक्तानी योग्य रकमको भुक्तानी प्रकृया निरन्तर जारी रहन्छ। तर […]

काठमाडौं, पुस २६ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभाको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चश्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने भएको उल्लेख गर्दैै उपचारसँग सम्बन्धित चश्माको […]

काठमाडौँ, पुस २५ गते । एमाले नेतृ विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेको ६ महिना पुगेको छ । उनले गत असार ३१ गते उक्त मन्त्रालय सम्हालेपछि यस अवधिमा विभिन्न काम गरेको सुनाएकी छन् । मन्त्री भट्टराईले अघिल्ला मन्त्रीका पालामा भएका कामलाई निरन्तरता दिँदै त्यसलाई सम्पन्न गरेकी छन् । आफ्नो कार्ययोजनाका केही काम सम्पन्न भएको […]

कोकिला ढकाल / इलाम, पुस २५ गते । इलाममा महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ । आगामी माघ २७ देखि फागुन २ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई यो खोप दिइन लागेको हो । कक्षा छदेखि दशसम्मका सबै किशोरीहरु र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका सबै किशोरीहरुलाई पाठेघरको […]

काठमाडाैं / पुस २४ गते । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मूलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणको लागि स्राेत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरु मूलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणका लागि स्राेत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन […]

काठमाडाैं, पुस २४ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सडकबाट दबाब नदिएसम्म शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो नलाग्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा शान्ति प्रक्रिया र बेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउन […]

अविनाश चौधरी / धनगढी, पुस २३ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कैलालीको गेटामा तीन सय शय्याको अस्पताल तत्काल सञ्चालन गर्न सकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमबीबीएस पढाई सञ्चालन गर्नका लागि तीन शय्याको अस्पताल तत्काल चलाउन सकिने बताउनुभएको हो । त्यसका लागि मन्त्रालयले […]

काठमाडौँ / पुस २३ गते। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भेट गर्नुभएको छ। सभापति देउवा निवास बूढानीलकण्ठमा मंगलबार भएको भेटवार्तामा उहाँबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो।

लक्ष्मण दर्नाल / काठमाडौँ, पुस २२ गते । शङ्कास्पद लागेर रोकिएका एक लाख दुई हजार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को वास्तविकतामाथि अध्ययन सुरु भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले मातहतका यातायात कार्यालयमार्फत लाइसेन्स सक्कली वा नक्कली हुन् भन्ने विषयमा अध्ययन सुरु गरेको हो । सम्बन्धित कार्यालयका ढड्डामा भएको रेकर्डलाई आधार मानेर अध्ययन सुरु गरिएको हो । बागमती […]