• Sunday, June 01, 2025

समाचार

सभापति देउवासँग अध्यक्ष लिङ्देनको भेट

काठमाडौँ / पुस २३ गते। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भेट गर्नुभएको छ। सभापति देउवा निवास बूढानीलकण्ठमा मंगलबार भएको भेटवार्तामा उहाँबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो।


शङ्कास्पद लाइसेन्स परीक्षणमा

लक्ष्मण दर्नाल / काठमाडौँ, पुस २२ गते । शङ्कास्पद लागेर रोकिएका एक लाख दुई हजार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को वास्तविकतामाथि अध्ययन सुरु भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले मातहतका यातायात कार्यालयमार्फत लाइसेन्स सक्कली वा नक्कली हुन् भन्ने विषयमा अध्ययन सुरु गरेको हो । सम्बन्धित कार्यालयका ढड्डामा भएको रेकर्डलाई आधार मानेर अध्ययन सुरु गरिएको हो । बागमती […]


बादलका छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश

काठमाडौँ, पुस २२ गते । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो । उक्त प्रकरणमा उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि […]


उत्पादन बढे पनि घटेन चामल आयात

काठमाडौँ, पुुस २१ गते । यस वर्ष धानको उत्पादन बढे पनि चामलको आयात भने कम हुुन सकेको छैन । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष मुुलुकभर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत आवको तुलनामा चार प्रतिशतले बढी हो । धानको उत्पादन बढ्दा पनि धान र […]


विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौँ : कुलमान घिसिङ

काठमाडौँ, पुस २१ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउने बताएका छन् । आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका भएको हाई भोल्टेज ल्याबको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यकारी निर्देशक घिसिङले विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव रहेको बताए । उनले लामो समयसम्म दरबन्दी बनाउन नसक्दा रोकिएको […]


आत्मनिर्भर अर्थतन्त्रको विकासमा ध्यान केन्द्रित गर्ने बेला आएको छः प्रचण्ड

काठमाडौँ, पुस २० गते। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताउनुभएको छ। नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको सातौं वार्षिक साधारण सभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। ‘विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीको सामना […]


संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्छः गगन थापा

पोखरा, पुस २० गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आकार ठूलो भएको बताएका छन् । शनिबार पोखरामा आयोजित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका सभापतिहरुको प्रशिक्षण कार्यक्रममा उनले संविधान संशोधन गरेर संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्ने र चुस्त मन्त्रालय चलाउनुपर्ने बताएका हुन् । ‘सरकारको साइज ठूलो भयो । यत्रो सरकार चाहिँदैन, यति धेरै […]


निजामती सेवामा थप सुधार आवश्यक छ : अध्यक्ष रेग्मी

काठमाडौँ, पुस १९ गते । लोकसेवा आयोगले राज्य संरचनामा भएको परिवर्तनका सन्दर्भमा नेपालको निजामती सेवामा थप सुधार र पुनर्संरचना आवश्यक देखिएको सुझाव दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा शुक्रबार उहाँले सो सुझाव दिनुभएको हो । आयोगका अध्यक्ष […]


बढ्न थाल्यो अलैँचीको मूल्य

चन्द्र पन्दाक / ताप्लेजुङ, पुस १९ गते। ताप्लेजुङको प्रमुख नगदेबाली अलैँचीको मूल्य पुनः बढ्न थालेको छ। खोल्सीको ‘कालो सुन’ को उपमा पाएको अलैँचीको मूल्य शुक्रबार प्रतिमन (४० किलोग्राम) दुई हजार रुपियाँ बढेको हो। पछिल्लो केही सातासम्म स्थिर रहेको अलैँचीको मूल्य शुक्रबार बढेको स्थानीय व्यवसायीले बताएका छन्। सदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यवसायी कमल बरालका अनुसार अलैँचीको […]


लन्डनमा एकसाथ गुन्जिँदै कन्दरा र स्वप्न सुमन

काठमाडौँ, पुस १८ गते । नेपालको स्थापित सांगीतिक ब्यान्ड ‘कन्दरा’ले जनवरी ४ मा लन्डन ओटुमा दिने सांगीतिक प्रस्तुतिको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रका लागि कन्दरासँगै गायक स्वप्न सुमनले पनि सांगीतिक प्रस्तुति दिँदै हुनुहुन्छ। कन्दराले आफ्नो सांगीतिक यात्राको ३२ औँ वर्षगाँठ विश्व प्रतिष्ठित कन्सर्ट भेन्यु लन्डन ओटुमा उत्सवका रुपमा भव्य कार्यक्रम गर्न लागेको आयोजक […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter